वि.सं:
नेपाल संवत: ११४५ कौलागा त्रयोदशी - २८
१७ पुष, २०८१
नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसंघका अधिकारीहरू बिच उद्योग, वाणिज्य र अन्य सम्बद्ध क्षेत्रहरूमा नीति अनुसन्धानमा सहयोग र सहकार्य तथा ज्ञान व्यवस्थापनमा आपसी सहयोगको लागि दोस्रो छलफल भएको छ। यस अघि २०८१ जेठ २२ गते पाँचौँ पूर्वाधार सम्मेलनको तयारीको सन्दर्भमा पनि परिसंघका अधिकारीहरूसँग छलफल भएको थियो र २०८१ भदौ २३-२४ गते आयोजना भएको पूर्वाधार सम्मेलनको ज्ञान साझेदारको रूपमा नीति अनुसन्धान प्रतिष्ठानको आबद्धता रहेको थियो। आजको छलफलमा परिसंघ र प्रतिष्ठानको सहकार्यलाई अधिक सहज र विस्तारित बनाउन औपचारिक समझदारी कायम गर्न सहमति बनेको छ।
उपस्थिति
नेपाल उद्योग परिसंघ
१. वीरेन्द्र राज पाण्डे (वरिष्ठ उपाध्यक्ष)
२. डा. घनश्याम ओझा (महानिर्देशक)
३. रवि कुमार प्रजापति (निर्देशक)
४. चेतमान स्याङतान (अनुसन्धान कार्यकारी)
नीति अनुसन्धान प्रतिष्ठान
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. डा. दीपक कुमार खड्का (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
३. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)