अनुसन्धान अवधारणा कार्यशाला सम्पन्न
२१ असोज, २०८३
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने २० वटा अनुसन्धान परियोजनाहरूको अवधारणापत्र सम्बन्धित नीति सरोकारवाला मन्त्रालय तथा निकायका प्रतिनिधिसमक्ष प्रस्तुत गरी पृष्ठपोषण लिने उद्देश्यले असोज १९ र २१ गते दुई दिने अवधारणापत्र प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानको नीति संवाद हलमा आयोजित उक्त कार्यक्रमबाट सम्बन्धित क्षेत्रका विद्यमान नीति, अभ्यास र प्राथमिकतासँग थप सान्दर्भिक बनाउने तथा अनुसन्धानका निष्कर्षलाई नीतिनिर्माण प्रक्रियामा उपयोगी बनाउन सरोकारवालाको पृष्ठपोषण लिइएको थियो ।
दुई सत्रमा विभाजित उक्त कार्यक्रममा पहिलो सत्रमा उद्योग, व्यापार, रोजगारी, सामाजिक क्षेत्र, प्रविधि तथा योजनासम्बन्धी आठ वटा अनुसन्धानका अवधारणापत्र प्रस्तुत गरिएका थिए । यस अन्तर्गत आन्तरिक व्यापार तथा आपूर्ति शृङ्खला, औद्योगिक क्षेत्रको प्रभावकारिता, इन्धन सङ्कट तथा मूल्यवृद्धिको बहुआयामिक प्रभाव, कृत्रिम बुद्धिमत्तामार्फत सेवा प्रवाह सुधार, आवधिक योजनाको समीक्षा, सार्वजनिक तथा निजी संस्थामा लैङ्गिक समानताको संस्थागतकरण, वैदेशिक रोजगारी तथा विद्यालयको खाद्य वातावरणजस्ता विषय समेटिएका थिए । दोस्रो सत्रमा जलवायु परिवर्तन, कृषि, सार्वजनिक वित्त, सुशासन तथा पर्यटनसम्बन्धी १२ वटा अनुसन्धानका अवधारणापत्र प्रस्तुत गरिएका थिए । यस सत्रमा जलवायु उत्थानशील पूर्वाधार तथा विपद् वित्तीयकरण, कार्बन बजार, हिमनदीजन्य जोखिम, कृषि उत्पादनमा जलवायु परिवर्तनको असर, कृषि अनुदान, कृषि उपजको व्यापार संरक्षण तथा कर, हरित अर्थतन्त्र, लगानी-उत्पादकत्व-रोजगारीबिचको सम्बन्ध, डिजिटल अर्थतन्त्र, तीन तहका सरकारको करसम्बन्धी अभ्यास, सङ्घीय नेपालमा सेवा प्रवाह तथा मानव स्रोत व्यवस्थापन र दिगो पर्यटनमार्फत स्थानीय अर्थतन्त्र प्रवर्द्धनजस्ता विषयहरू रहेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अनुसन्धाताहरूले प्रस्तुत गर्नुभएको अनुसन्धान अवधारणा-पत्रमा नीति सरोकारवाला मन्त्रालय तथा निकायका प्रतिनिधिका साथै प्रतिष्ठानको अनुसन्धान विभाग प्रमुख र विषय सम्बद्ध अनुसन्धाताहरूले प्रस्तुतकर्तालाई अनुसन्धान अवधारणा-पत्रमा थप सुधारका लागि सुझाव तथा पृष्ठपोषण प्रदान गर्नुभएको थियो । सरोकारवाला मन्त्रालय तथा निकायबाट लिखित पृष्ठपोषण पनि प्राप्त भइरहेको छ ।
अनुसन्धान परियोजनाहरू:
१. आन्तरिक व्यापार र आपूर्ति शृङ्खला: ग्रामीण र सहरी बजारको अन्तरसम्बन्ध
२. नेपालमा औद्योगिक क्षेत्रको प्रभावकारिताको मूल्याङ्कन र नीतिगत सिफारिसहरू
३. नेपालमा इन्धन सङ्कट: सम्भावित कारणहरूको पहिचान र सङ्कट न्यूनीकरणका उपायहरू
४. नेपालको सार्वजनिक सेवा प्रवाहमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग
५. आवधिक योजनाहरूमा शिक्षा क्षेत्र: एक समीक्षात्मक अध्ययन
६. प्रतिनिधित्वभन्दा पर: नेपालका सार्वजनिक तथा निजी संस्थामा लैङ्गिक समताको संस्थागतकरण
७. वैदेशिक रोजगार: परिवर्तनशील परिदृश्य र नेपालको स्थिति
८. नेपालमा विद्यालयको खाद्य वातावरण: सुरक्षित, स्वस्थ र दिगो खानपानका लागि ढाँचा विकास
९. जलवायु-उत्थानशील पूर्वाधार र विपद् वित्तपोषण: नेपालको सन्दर्भ
१०. विश्वव्यापी कार्बन बजार र जलवायु वित्तपोषण: नेपालका लागि अवसरहरूको मूल्याङ्कन
११. हिमालयमा हिमनदी: सम्भावित खतराहरू र न्यूनीकरणका उपायहरू
१२. जलवायु परिवर्तन र यसको कृषि उत्पादनमा प्रभाव
१३. नेपालमा कृषि अनुदानको मूल्याङ्कन
१४. कृषिजन्य उत्पादनमा व्यापार संरक्षण तथा करसम्बन्धी नीतिहरूको प्रभाव
१५. लगानी, उत्पादकत्व र रोजगारीबीचको अन्तरसम्बन्ध
१६. सङ्घीय नेपालमा मानव स्रोत व्यवस्थापन: एक अध्ययन
१७. हरित अर्थतन्त्र निर्माण र विद्युतीय सवारी साधन प्रवर्द्धनसम्बन्धी नीतिगत अध्ययन
१८. नेपालमा आर्थिक कारोबारको औपचारिकीकरण र डिजिटलाइजेसन
१९. नेपालमा तीन तहका सरकारको कर सम्बन्धी अभ्यास: समस्या, चुनौती र अवसरहरू
२०. दिगो पर्यटनमार्फत स्थानीय अर्थतन्त्रको विकास
उपस्थिति:
आमन्त्रित सहभागीहरू:
१. नारद गौतम (सहसचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग)
२. मञ्जु कुमारी जैसी ढकाल (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
३. विष्णु हरि देवकोटा (उपसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
४. अन्जु ढुङ्गाना (उपसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय)
५. डा. गणेश प्रसाद खनाल (शाखा अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
६. गङ्गा राम भण्डारी (शाखा अधिकृत, अर्थ मन्त्रालय)
नीति अनुसन्धान प्रतिष्ठान:
१. लक्ष्मण प्रसाद भट्टराई (कार्यकारी निर्देशक)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता / अनुसन्धान विभाग प्रमुख)
३. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता / सूज्ञाव्यवि प्रमुख)
४. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
८. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
९. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
१०. डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
११. डा. प्रदिप पन्थी (अनुसन्धानकर्ता)
१२. अशोक पाण्डे (अनुसन्धानकर्ता)
१३. डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
१४. डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
१५. रीजा मानन्धर (सह-अनुसन्धानकर्ता)
१६. गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
१७. डा. महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
१८. दिपेन्द्र प्रसाद पन्त (सह-अनुसन्धानकर्ता)
१९. प्राञ्जल रिजाल (विश्लेषक)
२०. डा. देजिना थापा (विश्लेषक)
२१. सुधिर श्रेष्ठ (विश्लेषक)
२२. सोनिया बस्याल (विश्लेषक)
२३. पर्वत भट्टराई (वरिष्ठ सहायक)
२४. मणिश चन्द्र राई (वरिष्ठ सहायक)
२५. गिता न्यौपाने (वरिष्ठ सहायक)
२६. सृष्टिका न्यौपाने (अनुसन्धान इन्टर्न)
२७. सन्दु सुबेदी (अनुसन्धान इन्टर्न)
२८. सुसन तामाङ (अनुसन्धान इन्टर्न)
२९. सुलक्षा भण्डारी (अनुसन्धान इन्टर्न)