logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व दशमी - १०

अनुसन्धान विभाग

प्रतिष्ठानको अनुसन्धान विभागको काम नीति अनुसन्धान गर्ने हो । विभागले सार्वजनिक नीतिहरूको समीक्षा गरी प्रभावकारी नदेखिएका नीतिहरूको सुधारका लागि वा नयाँ नीति तर्जुमाका लागि आवश्यक प्रमाणहरू जुटाउने कार्य गर्ने भएकाले प्रतिष्ठानले गर्ने अनुसन्धान अन्य अनुसन्धानहरू भन्दा फरक छन्। प्रतिष्ठानका अनुसन्धानले राष्ट्रको नीति परिवर्तन र नवप्रवर्तनमा योगदान गर्दछन्।

विभागले विश्वविद्यालय, नीति अध्ययन गर्ने संस्थाहरू र अन्य समान उद्देश्य भएका सार्वजनिक प्राज्ञिक संस्थाहरू समेतको सहकार्यमा अनुसन्धान गर्दछ भने सरकारका मन्त्रालयहरू, विभागहरू र अनुसन्धान परिषद्हरूसँगको निकट सम्बन्धमा रहेर “विकास र परिवर्तनका लागि अनुसन्धान” भन्ने नारा अङ्गीकार गरी कार्य गर्दछ। यसरी गरिएका अनुसन्धानबाट प्रतिष्ठानले बुलेटिन, नीति संक्षेप, सोचपत्र, प्रतिवेदन र पुस्तकका रूपमा ज्ञान सामग्रीहरू प्रकाशित गर्दैआएको छ ।

प्रतिष्ठानका अनुसन्धान परियोजनाहरूले नीतिसँग सम्बन्धित सार्वजनिक चासोका विषयहरूलाई पाँच विषयगत समूह र १८ उपसमूहमा विभाजन गरी सोही अनुसारका अनुसन्धान केन्द्र र इकाईहरू मार्फत अध्ययन अनुसन्धान गर्दछ । अनुसन्धान विभागमा विषयगत विधामा विशिष्ट ज्ञान र विज्ञता भएका वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धानकर्ता, सह-अनुसन्धानकर्ता र विश्लेषकहरू रहने व्यवस्था छ।