प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पुन्हि - १५

सूचना तथा ज्ञान व्यवस्थापन विभाग

प्रतिष्ठानका सूचना तथा ज्ञानका सामग्रीलाई सूचना तथा व्यवस्थापन विभागले ज्ञान सामग्रीको रूपमा अन्तिम रूप दिई तिनीहरूको संग्रह गर्ने र सम्बन्धित सबै सम्म प्रसार गर्दछ । धेरैजसो ज्ञान सामग्रीहरू अनुसन्धान विभागबाट प्राप्त हुन्छन् भने सार्वजनिक चासोका विषयमा वहुसरोकारवालाहरूको सहभागितामा आयोजना हुने सार्वजनिक नीति संवादहरू, उच्च तहका वहालवाला र पूर्व सरकारी कर्मचारीहरू, प्राज्ञ, अनुसन्धानकर्ता लगायतका विचार र सोचपत्रहरू ज्ञान सामग्रीका अन्य स्रोतहरू हुन्।

विभागले ज्ञान सामग्रीहरू डिजिटलछापा दुवै स्वरूपमा विकास गरी डिजिटल सामग्रीहरू डिजिटल असेट म्यानेजमन्ट प्रणालीमा संग्रह गर्दछ भने छापा सामग्रीहरू विभाग अन्तर्गत रहेको सार्वजनिक नीति स्रोत केन्द्रमा संग्रहित हुन्छन्। यस विभागले नीति अनुसन्धान प्रक्रियामा आवश्यक विविध क्षेत्रका विज्ञहरू समावेस गरी विज्ञसूची तयार पार्ने र अद्यावधिक गर्ने कार्य पनि गर्दछ।

सूचना तथा ज्ञान व्यवस्थापन विभाग अन्तर्गत वरिष्ठ अनुसन्धान कर्ता, अनुसन्धानकर्ता र अन्य कर्मचारीहरू कार्यरत छन्।