सूचना तथा ज्ञान व्यवस्थापन विभागले अनुसन्धान तथा सार्वजनिक नीति संवादबाट प्राप्त प्रमाणका आधारमा ज्ञान सामग्रीको उत्पादन, अभिलेखीकरण, व्यवस्थापन र प्रसार गर्ने कार्य गर्दछ। उत्पादन गरिएका सामग्रीहरूलाई व्यवस्थित रूपमा भण्डारण गरी नीति निर्माता र आम नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउने र नीतिसम्बन्धी स्रोतहरूमा सहज पहुँच सुनिश्चित गर्न सार्वजनिक नीति स्रोत केन्द्रको स्थापना र सञ्चालन गर्ने पनि यस विभागको कार्य हो।
यसका साथै विभागले राष्ट्रिय विज्ञहरूको डिजिटल सूची तयार गरी अद्यावधिक राख्छ र विभिन्न सरोकारवालाबीच नीति प्राथमिकता निर्धारण तथा समाधान पहिचानका लागि नियमित संवाद, विमर्श, सम्मेलन, सेमिनार तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय गोष्ठीहरू आयोजना गर्दछ। आवश्यकताअनुसार ज्ञान सामग्रीहरू नीति निर्माता, शैक्षिक संस्था, अनुसन्धान केन्द्र, नागरिक समाज तथा सञ्चार माध्यमहरूमा प्रसार गर्ने पनि यस विभागको कार्य हो।