केन्द्र २: शासन र संघीय मामिला नीति केन्द्र
नेपाल सरकारका लागि आवश्यक सुसूचित, सूविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उदेश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवा प्रवाह झेत्रका मौजूदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उदेश्य रहेको छ । यस केन्द्रलाई निम्नानुसारका चार एकाइहरूमा विभाजन गरिएको छ:
२.१ शासकीय प्रबन्ध एकाइ:
यस एकाइले राज्य सञ्चालनका मामिलामा नागरिकको बृहत् सहभागिता, विधिको शासन, उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहिताको प्रत्याभूतिका लागि निर्माण हुने संरचना र प्रक्रियालाई समेटी सार्वजनिक नीति अनुसन्धान कार्य गर्दछ। यस एकाइले उत्तरदायी, समावेशी, सहभागितामूलक र पारदर्शी किसिमले व्यवस्थापन हुने सार्वजनिक मामिला एवम् शासकीय सिद्धान्त, मूल्य र मान्यताको समेत प्रतिनिधित्व गर्दछ। यस एकाइका क्रियाकलापहरू नेपालमा प्रभावकारी लोकतान्त्रिक शासनव्यवस्था सुधारको लागि आवश्यक नीतिनिर्माणमा सुसूचित गर्न प्रमाणहरू जुटाउने कार्यमा केन्द्रित रहन्छन्।
२.२ सङ्घीय मामिला एकाइ:
यस एकाइका अध्ययनहरू नेपालको संविधानको प्रावधानअनुरुपका सङ्घीय प्रशासनसँग सम्बन्धित नीतिहरूमा केन्द्रित रहन्छन्। नागरिकको हितका लागि विभिन्न तहका सरकारहरूबीचको अधिकार बाँडफाँट, तिनको प्रभावकारी अभ्यास र परिणामसँग सम्बन्धित भई गरिने यस उपसमूहका क्रियाकलापहरूले सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूबीच सहयोग र सम्बन्ध स्थापित गरी सङ्घीय प्रशासनको सुदृढीकरणका लागि प्रमाणमा आधारित अनुसन्धान सामाग्रीहरू सिर्जना गर्दछन् ।
२.३ सार्वजनिक सेवा प्रवाह एकाइ:
सरकारले नागरिकहरूलाई सिधा आफ्नै सम्यन्त्रमार्फत वा सार्वजनिक निकाय वा वित्तीय प्रणालीहरुमार्फत सार्वजनिक सेवाहरु प्रदान गर्दछ। यस्ता सेवाहरूमा स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार, सामाजिक सेवा आदि पर्छन्। यस एकाइका क्रियाकलापहरू सम्बन्धित विषयको अध्ययन, समीक्षा र विश्लेषणमार्फत थप प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि प्रमाण जुटाउने कार्यमा केन्द्रित रहेका छन्।
२.४ सार्वजनिक संस्था एकाइ
सरकारको लगानी, स्वामित्व, उत्तरदायित्व र आमजनताको अपनत्व तथा सरोकार रहने केन्द्रिय, प्रादेशिक, तथा स्थानीय तहअन्तर्गत रहने सार्वजनिक संस्थाहरू - जस्तै संसद्, न्यायपालिका, निजामती सेवा, सरकारले लगानी गरेका विश्वविद्यालयहरू, सार्वजनिक अस्पतालहरू लगायतका संस्थाहरूको स्थापना, सञ्चालन, सुशासन, संरक्षण, सेवाको गुणस्तर र सेवा प्रवाह आदि विषयमा यस एकाइअन्तर्गत नीतिगत अध्ययन तथा अनुसन्धान हुन्छ।
डा. मुक्ति राम रिजाल, वरिष्ठ अनुसन्धानकर्ता
अशोक पाण्डे, अनुसन्धानकर्ता
S.No. |
Title of Project |
Name of Collaborator (if any) |
Name of PI/Co-PI |
Year of Completion |
Project |
Publication Type |
१. | Policymaking on Governance and Service Delivery in Nepal | Leela Mani Paudyal | 2021 | Download | Perspective Paper | |
२. | Study on electoral system reform | Nepal Law Campus, Tribhuvan University | Ongoing | Research Report | ||
३. | Assessment of services delivered by district administration offices and district police office | Nepal Law Campus, Tribhuvan University |
Ongoing | Research Report | ||
४. | नेपालमा विधुतीय मतदान प्रणालीको प्रयोग | Madhu Prasad Regmi (PI) Deshbandhu Adhikari (Co-PI) | 2021 | Download | Research Report |