logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८

परिचय

नीति अनुसन्धान प्रतिष्ठान २०७५ असोज १० गते स्थापना भएको विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) हो नीति अनुसन्धान प्रतिष्ठानले नीति अनुसन्धान प्रतिष्ठान (गठन) आदेशको दफा मार्फत बृहत् कार्यादेश कार्यक्षेत्र प्राप्त गरेको प्रतिष्ठानले आफ्ना अध्ययनका मुद्दा विषयवस्तुका लागि संविधानका निर्देशक सिद्धान्तहरू (धारा ५०) राज्यका नीतिहरू (धारा ५१) लाई आत्मसात् गरेको धारा ५१ प्रत्यक्ष रूपमा नीति अनुसन्धान प्रतिष्ठानको कार्यादेशसँग सम्बन्धित रहेको

राष्ट्रले अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनुपर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना र कार्यक्रमको अनुसन्धान गर्ने, नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति एवम् परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य नीति अनुसन्धान प्रतिष्ठानले गर्दछ

मुलुकमा आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनुपर्ने नीति र उपायहरूका सम्बन्धमा र निजामती वा सार्वजनिक सेवालाई थप प्रभावकारी, जबाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन त्यस्तो सेवामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने र नेपाल सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनुपर्ने नीतिको मस्यौदा गरी कारबाहीको लागि सम्बन्धित मन्त्रालय पठाउने प्रतिष्ठानका अन्य कार्यहरू हुन्

प्रतिष्ठानले सार्वजनिक नीतिहरूको समीक्षा गरी प्रभावकारी नदेखिएका नीतिहरूको सुधारका लागि वा नयाँ नीति तर्जुमाका लागि आवश्यक प्रमाणहरू जुटाउने कार्य गर्ने भएकाले प्रतिष्ठानले गर्ने अनुसन्धान अन्य अनुसन्धानहरूभन्दा फरक छन्

प्रतिष्ठानका अनुसन्धानले राष्ट्रको नीति परिवर्तन र नवप्रवर्तनमा योगदान गर्दछन् प्रतिष्ठानले विश्वविद्यालय, नीति अध्ययन गर्ने संस्थाहरू र अन्य समान उद्देश्य भएका सार्वजनिक प्राज्ञिक संस्थाहरू समेतको सहकार्यमा अनुसन्धान गर्दछ भने सरकारका मन्त्रालयहरू, विभागहरू र अनुसन्धान परिषद्हरूसँगको निकट सम्बन्धमा रहेर "विकास र परिवर्तनका लागि अनुसन्धान" भन्ने नारा अङ्गीकार गरी कार्य गर्दछ