logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

महत्त्वपूर्ण सूचना

logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५

दूरदृष्टी, ध्येय, लक्ष्य र मूल मान्यताहरू

दूरदृष्टि

ध्येय

लक्ष्य

राष्ट्रिय समृद्धिको लागि प्रभावकारी र उत्तरदायी सार्वजनिक नीति तर्जुमाको लागि योगदान पुर्याउने नीति अनुसन्धान प्रतिष्ठानलाई प्रमाणमा आधारित (सुसूचित) नीति निर्माणमा अब्बल संस्थाको रूपमा स्थापित गर्ने सार्वजनिक नीतिका लागि विश्वसनीय, तथ्यमा आधारित तथा परिवर्तनकारी ज्ञान सृजना गर्ने

मूल मान्यताहरू

Standards Black White Stock Illustrations – 433 Standards Black White Stock  Illustrations, Vectors & Clipart - Dreamstime

9+ Thousand Diversity Inclusion Logo Royalty-Free Images, Stock Photos &  Pictures | Shutterstock

9,000+ Integrity Logo Stock Illustrations, Royalty-Free Vector Graphics &  Clip Art - iStock

गुणस्तरीयता

विविधता

सत्यनिष्ठा

प्रतिष्ठानको लागि गुणस्तरीयता भनेको उत्कृष्टता, सृजनशीलता र नवीनताको योग हो । नीति अनुसन्धान प्रतिष्ठानको यो मूल मान्यता प्रतिष्ठानका कर्मचारी तथा शोधकर्ताहरूले तयार गरेका शोधकार्यहरू एवम् प्रतिष्ठान आफैँले तयार पारेका सामाग्रीहरू र प्रदान गरेका सेवाहरूमा प्रतिबिम्बित हुनेछ । विविधताले फरक सिद्धान्त, ज्ञान, अनुभव, संस्कृति, जातीयता, लिङ्ग, धर्म र शारीरिक क्षमतालाई सम्मान प्रदान गर्छ र समावेशी कार्य वातावरणलाई जनाउँदछ । यो मूल्यलाई नीति अनुसन्धान प्रतिष्ठान इमानदारिताका साथ योग्यतामा आधारित प्रणालीमार्फत लागू गर्न प्रयत्नशील रहने छ । नीति अनुसन्धान प्रतिष्ठानलाई सत्यनिष्ठाले आपसी सम्मान र सहयोग, इमानदारिता र सत्यता जस्ता आधारभूत नैतिक सिद्धान्तहरूप्रति प्रतिबद्ध गराउँदछ । व्यावसायिकता, समूहगत कार्य, द्वन्द्व व्यवस्थापन, कृपावाद तथा स्वार्थको टकरावलाई रोक्ने कुराहरू निष्ठाका सीमा भित्रै रहने छन् जसलाई नीति अनुसन्धान प्रतिष्ठानले दृढतापूर्वक पालना गर्नेछ ।

Target icon set objective ambition goal vector symbol business mission sign  opportunity pictogram purpose or aim line icon sales focus symbol in black  filled and outlined style | Premium Vector

Magnifying Glass Search Vector Art PNG Images | Free Download On Pngtree

Page 7 | Employee engagement logo Photos - Download Free High-Quality  Pictures | Freepik

वस्तुपरकता

पारदर्शिता

सहभागिता

कुनै सामग्री, विचार र विषयवस्तुलाई प्रमाणहरूको कसीमा राखेर आलोचनात्मक ढङ्गले हेर्ने संस्कृतिको निर्माण गरी वस्तुपरकता सुनिश्चित गरिने छ । व्यक्तिगत पूर्वाग्रह तथा भावनात्मक अनुभूतिलाई कुनै स्थान दिइने छैन । नीति अनुसन्धान प्रतिष्ठानका क्रियाकलापहरू पारदर्शी हुनेछन् । यसले आफ्ना कामहरू र तिनका नतिजाहरूबारे आम जनतालाई सुसूचित गराउने छ र नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी उपयोगी सूचना खोज्न र प्राप्त गर्न प्रोत्साहित गर्नेछ । नीति अनुसन्धान प्रतिष्ठानका कार्यलाई विभिन्न उपाय र विचारहरूमार्फत थप गहन बनाउन सम्बन्धित सरोकारवालाहरूको सहभागितालाई निरन्तर रूपमा बढाइने छ । जतिसक्दो धेरै क्षेत्रका सुझाव सङ्कलन गर्न बहुसरोकारवालाहरूको सहभागिता आवश्यक पर्दछ । यसले नीति अनुसन्धान प्रतिष्ठानलाई अनुसन्धान अध्ययनमा रहेका कुनै पनि विषयवस्तु वा मुद्दाको बारेमा पूर्ण जानकारी लिन सघाउँछ ।

icon-careers-values-accountability - Unified Healthcare Group

जबाफदेहिता

जवाफदेहिताले नीति अनुसन्धान प्रतिष्ठानलाई आफ्ना सबै क्रियाकलापहरूप्रति जिम्मेवार बनाउँछ । आफ्ना कर्मचारीहरूलाई उनीहरूका कामप्रति जवाफदेही बनाउँछ । नीति अनुसन्धान प्रतिष्ठानले आफ्ना स्रोत-साधनहरूको प्रयोग विवेकशील, मितव्ययी र प्रभावकारी ढङ्गले गर्न सम्भव भएसम्म आवश्यक सबै उपायहरू अपनाउने छ ।