नीति अनुसन्धान प्रतिष्ठानद्वारा नेपालमा जलवायु-उत्थानशील नीतिका लागि 'परिदृश्य योजना' (Scenario Planning) सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न

None

२०८३ असोज १२
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानले आफ्ना अनुसन्धानकर्ताहरूका लागि २०८३ असोज १२ गते "नेपालमा जलवायु-उत्थानशील नीति तथा निर्णय प्रक्रियाका लागि परिदृश्य योजना" विषयक एक विशेष प्रशिक्षण कार्यशाला आयोजना गर्‍यो । यो पहल प्रतिष्ठान र Nepali Academics in America (NACA) बिच भएको समझदारीपत्र अन्तर्गत स्थापित निरन्तर साझेदारीको एक हिस्सा हो र यस साझेदारी अन्तर्गत NACA का सदस्यहरूले प्रतिष्ठानमा समय-समयमा नीति प्रवचन तथा शोधविधि कार्यशालाहरू सञ्चालन गर्दै आएका छन् ।

यस कार्यशालाको सहजीकरण अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटी स्थित 'सेन्टर फर सस्टेनेबल टुरिजम' (दिगो पर्यटन केन्द्र) का निर्देशक प्रा. डा. ज्ञान न्यौपानेले गर्नुभएको थियो । प्रा. न्यौपाने 'नेपाली एकेडेमिक्स इन अमेरिका' (NACA) का संस्थापक सदस्य, पूर्वअध्यक्ष र वर्तमान सल्लाहकार पनि हुनुहुन्छ । प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यशालामा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनालले सहजकर्ताको परिचय दिँदै कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नुभएको थियो । कार्यशाला तीन सत्रमा सञ्चालन गरिएको थियो:

क) विषय परिचय सत्र: यस सत्रमा परिदृश्य योजनाको परिचय, भविष्यमुखी सोच, परिदृश्य योजनाका परिभाषा, प्रक्रिया र नतिजाहरू र वास्तविक उदाहरणहरू प्रा. न्यौपानेले प्रस्तुतीकरण दिनुभयो ।

ख) अभ्यास सत्र: परिचय सत्रपश्चात् सहभागीहरू सम्मिलित छलफल मार्फत जलवायु-उत्थानशीलताका कारकहरूको पहिचान, महत्त्वपूर्ण चरहरूको छनोट, सम्भावित भविष्यका परिदृश्यहरूको पहिचान र कार्यान्वयनयोग्य सिफारिसहरू तयार गर्न विद्यमान नीतिहरूको समीक्षा भएको थियो ।

ग) सहभागीहरूको प्रतिक्रिया सत्र: मुख्य सिकाइ र भविष्यको नीति अनुसन्धानमा परिदृश्य योजनाको सम्भावित प्रयोगहरूको बारेमा अन्तिममा सहभागीहरूद्वारा विचार-विमर्श भयो ।

प्रा. न्यौपानेलाई उहाँको महत्त्वपूर्ण प्रस्तुतिकरण अनुसन्धानकर्ताहरूको सहभागिताका लागि प्रतिष्ठानका धन्यवादसहित प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्काले कार्यशालाको समापन गर्नुभएको थियो ।

कार्याशालाका सहभागीहरू:

१. लक्ष्मण प्रसाद भट्टराई (कार्यकारी निर्देशक)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
८. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
९. डा. झम कुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
१०. दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
११. रीजा मानन्धर (सहअनुसन्धानकर्ता)
१२. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१३. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१४. मनिता कुसी (सहअनुसन्धानकर्ता)
१५. डा. देजिना थापा (विश्लेषक)
१६. सोनिया बस्याल (विश्लेषक)
१७. प्रान्जल रिजाल (विश्लेषक)
१८. सुधीर श्रेष्ठ (विश्लेषक)
१९. गीता न्यौपाने (वरिष्ठ सहायक)
२०. सुलक्षा भण्डारी (प्रशिक्षार्थी)
२१. सन्दु सुवेदी (प्रशिक्षार्थी)
२२. डा. सन्दिप जोशी

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।