logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

नीति अनुसन्धान प्रतिष्ठानमा श्रम आप्रवासन र विप्रेषणसम्बन्धी नीति प्रवचन सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानमा श्रम आप्रवासन र विप्रेषणसम्बन्धी नीति प्रवचन सम्पन्न

नियमित नीति संवाद र क्षमता अभिवृद्धि पहलअन्तर्गत नीति अनुसन्धान प्रतिष्ठानले “नेपालमा श्रम आप्रवासन निर्णय र त्यसको विप्रेषणमा प्रभाव: नीतिगत कार्यहरूको लागि अन्तर्दृष्टि” शीर्षकमा एक नीति प्रवचन आयोजना गर्‍यो। उक्त सत्रमा उत्तरी एरिजोना विश्वविद्यालयको स्कूल अफ पब्लिक अफेयर्स एण्ड एड्मिनिस्ट्रेसनका प्राध्यापक डा. उदयराज वाग्लेले प्रस्तुति दिनुभयो।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले डा. वाग्लेलाई औपचारिक रूपमा स्वागत गर्दै, प्रभावकारी आप्रवासन नीतिहरू निर्माण गर्न प्रमाणमा आधारित अन्तर्दृष्टिको महत्त्व रहने कुरामा जोड दिनुभयो। प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनालले सत्र सञ्चालन गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय श्रम आप्रवासनका सैद्धान्तिक पक्षहरूको विस्तृत परिदृश्य प्रस्तुत गर्दै डा. वाग्लेले नेपाल जीवनस्तर सर्वेक्षण (तेस्रो र चौथो चरण) को तथ्याङ्कको विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँको अध्ययनमा देशभित्र र अन्तर्राष्ट्रिय रूपमा बसोबास गर्ने अनुपस्थित जनसङ्ख्यालाई आन्तरिक, भारत र दक्षिण एशिया, खाडी तथा अन्य एशियाली मुलुकहरू, र विकसित पश्चिमी देशहरू लगायत विभिन्न समूहमा वर्गीकृत गरी उमेर, शिक्षा, जातीयता, र जग्गाको मूल्यजस्ता चरहरूले आप्रवासन निर्णयमा गर्ने असर र आप्रवासन गन्तव्यको विप्रेषण आम्दानीमा पर्ने प्रभावको विश्लेषण गर्न विभिन्न अर्थशास्त्रीय मोडेलहरू प्रयोग गरिएको छ।

वहाँको अध्ययनका सैद्धान्तिक र नीतिगत निष्कर्षहरू निम्नानुसार छन्:
-व्यक्तिहरू वा परिवारहरूले गन्तव्य छनोट गर्दा लागत र लाभको सावधानीपूर्वक मूल्याङ्कन गर्दै निर्णय लिएका हुन्छन्।
-मानव पूँजी र वित्तीय सम्पत्तिलाई ध्यानमा राख्दा विकसित पश्चिमी मुलुकतर्फको आप्रवासनबाट सबैभन्दा बढी, त्यसपछि खाडी  र अन्त्यमा अन्य एशियाली मुलुकहरूबाट विप्रेषण प्राप्त हुने देखिन्छ।
-यस्ता आप्रवासन प्रवृत्तिहरूमा आमूल परिवर्तन नआएसम्म (जस्तै: आप्रवासन पहुँच, द्विपक्षीय सम्झौता, शिक्षा, आन्तरिक रोजगारी र उद्यमशीलता), ती प्रवृत्तिहरू उल्टिने सम्भावना कम छ।

प्रस्तुति पछि भएको अन्तक्रियात्मक प्रश्नोत्तर सत्रमा प्रतिष्ठानका अनुसन्धानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।  प्रा. डा. लेखनाथ शर्माले सत्रको समापन गर्दै प्रस्तुति र  छलफलको प्रशंसा गर्नुभयो।

अतिथि विज्ञ: डा. उदय राज वाग्ले (प्राध्यापक, नर्दन एरिजोना विश्वविद्यालय)

सहभागीहरू
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष, नीति अनुसन्धान प्रतिष्ठान)
२. गङ्गा राम गौतम (अनुसन्धानकर्ता, ब्रुकिंग्स प्रतिष्ठान)
३. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
४. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
९. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
१०. डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
११. अशोक पाण्डे (अनुसन्धानकर्ता)
१२. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
१३. डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
१४. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
१५. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१६. डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
१७. डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
१८. डा. महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
१९. गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
२०. डा. प्रभातराज दाहाल (सह-अनुसन्धानकर्ता)
२१. रिजा मानन्धर (विश्लेषक)
२२. सोनिया बस्याल (विश्लेषक)
२३. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
२४. पर्वत भट्टराई (वरिष्ठ सहायक)
२५. गिता न्यौपाने (वरिष्ठ सहायक)
२६. मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
२७. आयुष्का के.सी.(इन्टर्न)
२८. आशिष भण्डारी (इन्टर्न)
२९. कुमारी अलिका (इन्टर्न)
३०. धिरज भट्ट (इन्टर्न)
३१. जुना श्रेष्ठ (इन्टर्न)
३२. बलिहाङ लिम्बु (इन्टर्न)
३३. विजय कोइराला (इन्टर्न)
३४. स्नेही रिजाल (इन्टर्न)
३५. सतिस सापकोटा (इन्टर्न)