विपद् संवेदनशील शासकीय मार्गचित्रबारे सार्वजनिक नीति संवाद सम्पन्न

None

२०८३ असोज ८
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी, काठमाडौँ

विपद् संवेदनशील शासकीय मार्गचित्र निर्माणका सन्दर्भमा मुख्य सरोकारवाला निकाय तथा विषयविज्ञहरूको धारणा, सुझाव तथा पृष्ठपोषण सङ्कलन गर्ने अभिप्रायले नीति अनुसन्धान प्रतिष्ठानले एक सार्वजनिक नीति संवाद सम्पन्न गरेको छ । प्रतिष्ठानको शासकीय प्रबन्ध, सङ्घीयता तथा सामाजिक मामिला नीति अनुसन्धान केन्द्रको आयोजनामा प्रतिष्ठानको कार्यालय, नारायणहिटीमा आयोजित यस संवादमा विपद्पश्चात् मात्र वास्तविक रूपमा राज्य सक्रिय हुने विद्यमान अभ्यासबाट अघि बढ्दै पूर्वतयारी, जोखिम व्यवस्थापन र जोखिम-सचेत शासन प्रणाली विकास गर्ने विषयमा केन्द्रित छलफल भएको थियो । कार्यक्रममा सुरक्षित, सुशासित, सक्षम, समावेशी र जोखिम-सचेत शासन प्रणाली कसरी निर्माण गर्ने भन्ने मूल प्रश्नलाई केन्द्रमा राखी सहभागीहरूले विपद् व्यवस्थापनलाई शासकीय प्रणालीको अभिन्न पक्षका रूपमा विकास गर्नुपर्ने विषयमा विचार व्यक्त गरेका थिए ।

संवादमा कुनै पनि विपद् आउनुअघि नै जोखिम पहिचान तथा व्यवस्थापन गर्ने पूर्वानुमानमुखी शासन (Anticipatory Governance) तर्फ कसरी अघि बढ्ने, विपद्लाई प्रशासनिक व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा रूपान्तरणकारी सुधार ल्याउने अवसरका रूपमा कसरी उपयोग गर्ने, तथा विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबिच सङ्घीयताको मर्मअनुरूप प्रभावकारी समन्वय र सहकार्य कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल भएको थियो । नीतिगत छलफलबाट आगामी २०-२५ वर्षको आवश्यकतालाई सम्बोधन गर्न कानुनी तथा संस्थागत संरचना, तीन तहका सरकारबिचको भूमिका, विपद्का समयको सुशासन, जवाफदेही, पारदर्शिता र सार्वजनिक सहभागिता तथा दक्ष र व्यावसायिक जनशक्ति विकास एवम् सामुदायिक सहभागिताका क्षेत्रमा गर्नुपर्ने परिवर्तनबारे सघन मन्थन गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले विपद् व्यवस्थापनलाई विपद्पछिको प्रतिक्रियात्मक कार्यमा मात्र सीमित नराखी जोखिम न्यूनीकरण, पूर्वतयारी, संस्थागत क्षमता विकास र अन्तरसरकारी सहकार्यसँग जोड्दै दीर्घकालीन रूपमा विपद्-संवेदनशील शासन प्रणाली विकास गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए । कानुनी तथा संस्थागत सुधारसँगै तीन तहका सरकारको भूमिका स्पष्ट बनाउने, विपद्अघिको पूर्वतयारी र सचेतना अभिवृद्धिलाई प्राथमिकता दिने, विपद्का समयमा सुशासन र जवाफदेही सुदृढ गर्ने तथा समुदायको सहभागिता र नागरिक स्वामित्वलाई संस्थागत गर्ने विषयलाई आगामी २०-२५ वर्षको शासकीय रूपान्तरणको महत्त्वपूर्ण पक्ष बनाई विपद् संवेदनशील विकासलाई अबको प्राथमिकतामा राखिनुपर्ने विषयमा सुझावहरू प्राप्त भएको थियो ।

सहभागी विज्ञ तथा सरोकारवालाहरू:

१. दीपक कोइराला (महासेनानी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय)
२. शीतल बानियाँ (महासेनानी, नेपाली सेना)
३. दिपेशजंग शाह (उपरथी, नेपाली सेना, जंगी अड्डा)
४. हिमालय कुमार श्रेष्ठ (प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरी)
५. कृष्ण ढकाल (सशस्त्र प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल)
६. डा. शैलेन्द्र दुवाल श्रेष्ठ (सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल एपीएफ अस्पताल)
७. हेरम्ब शर्मा (प्रहरी उपरीक्षक, नेपाल प्रहरी)
८. निर बहादुर बानियाँ (प्रहरी निरीक्षक, नेपाल प्रहरी)
९. सागर राई (सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बल नेपाल)
१०. अर्चना श्रेष्ठ (महानिर्देशक, नेपाल मौसम विज्ञान विभाग)
११. राजेन्द्र प्याकुरेल (कार्यकारी निर्देशक, गाउँपालिका राष्ट्रिय महासंघ)
१२. भरत कुमार भट्टराई (कार्यकारी निर्देशक, जिल्ला समन्वय समिति महासंघ)
१३. गणेश त्रिपाठी (उपमहानिर्देशक, खानी तथा भूगर्भ विभाग)
१४. ध्रुव तिमिल्सिना (निर्देशक, राष्ट्रिय बीमा प्राधिकरण)
१५. गोमा देवी चेम्जोङ्ग (उपसचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण)
१६. विश्वासराज न्यौपाने (उपसचिव, गृह मन्त्रालय)
१७. श्याम सुन्दर यादव (उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालय)
१८. लोकनाथ घिमिरे (उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालय)
१९. टेक प्रसाद पुलामी (उपसचिव, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति)
२०. ज्ञानेन्द्र महतो (कानुन अधिकृत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय)
२१. डा. राम थापा क्षेत्री (मेडिकल अधिकृत, स्वास्थ्य बीमा बोर्ड)
२२. डा. चिरन्जीवी भट्टराई (प्राध्यापक, नेपाल खुला विश्वविद्यालय)
२३. डा. कृष्ण पहाडी (निर्देशक, नेपाल विश्वविद्यालय, अन्तरविधागत अनुसन्धान केन्द्र)
२४. डा. लोकरन्जन भट्ट (प्रमुख वैज्ञानिक अधिकृत, नास्ट)
२५. श्रवण श्रेष्ठ (वरिष्ठ अनुसन्धानकर्ता, इसीमोड)
२६. समय गैरे (वैज्ञानिक, एनएपीआरईसी/नेपाल कृषि अनुसन्धान परिषद्)
२७. डा. सन्दीप जोशी (प्रशिक्षार्थी अनुसन्धानकर्ता)
२८. सूर्योदय बहादुर शाही (एआई फेलो, एन्कोडा)

नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट सहभागीहरू:

१. लक्ष्मण प्रसाद भट्टराई (कार्यकारी निर्देशक)
२. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
४. अशोक पाण्डे (अनुसन्धानकर्ता)
५. डा. मनिता कुसी (सहअनुसन्धानकर्ता)
६. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
७. प्राञ्जल रिजाल (विश्लेषक)
८. कृष्ण प्रसाद बि.क. (सह-व्यवस्थापक)
९. पर्वत भट्टराई (वरिष्ठ सहायक)
१०. गीता न्यौपाने (वरिष्ठ सहायक)
११. मनिष चन्द्र राई (वरिष्ठ सहायक)
१२. सुसन तमाङ (अनुसन्धान इन्टर्न)

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।