नीति प्रयोगशालाको अभ्यास विषयमा प्रस्तुति र छलफल
२०८३ भदौ ८
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कार्यालयका मुख्य सचिवज्यू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालय, राष्ट्रिय योजना आयोग, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीको उपस्थितिमा नीति प्रयोगशालाको अभ्यास विषयमा प्रस्तुति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चालन भइरहेको नीति प्रयोगशालाको सबलीकरण सम्बन्धमा छलफल भयो।
कार्यक्रमको प्रारम्भमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्काले “नीति प्रयोगशाला: वैश्विक स्थिति र नेपालको सन्दर्भमा यसको प्रयोग” विषयक प्रस्तुतीकरण दिनुभएको थियो। प्रस्तुतिमा नीति नवप्रवर्तन प्रयोगशालाको क्रमविकास, वैश्विक अभ्यास, नेपालमा प्रयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चालित नीति प्रयोगशालाको अवस्थाबारेमा परिचयात्मक तथा समीक्षात्मक सामग्री प्रस्तुत भएको थियो।
त्यसपछि मुख्य सचिवले नीति निर्माण प्रक्रिया, नीति अनुसन्धान र नीति प्रयोगशालाका सम्बन्धमा केन्द्रित छलफलको सञ्चालन गर्नुभएको थियो। छलफलमा सहभागीहरूले देशको आएको राजनीतिक परिवर्तनको सन्दर्भमा राष्ट्रिय नीति निर्माण, कार्यान्वयन र मूल्याङ्कनका लागि नवप्रवर्तनकारी विधि र प्रविधिको प्रयोग र चुस्त समन्वयको आवश्यकता र प्रयासहरूको बारेमा बोल्नुभएको थियो। सम्माननीय प्रधानमन्त्रीको नीति, प्रशासन तथा सुशासन सल्लाहकार श्री सुदीप ढकालले १२ चरणको नीति प्रक्रियाको मोडेल प्रस्तुत गर्नु हुँदै त्यसका सात चरणहरूमा नीति अनुसन्धान प्रतिष्ठानको भूमिका हुने विचार व्यक्त गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चालन भइरहेको नीति प्रयोगशालाको सम्बन्धमा राष्ट्रिय नीति मस्यौदाको अन्तिम अनुमोदन गर्ने हालको कार्यलाई निरन्तरता दिँदै मस्यौदा लेखन एवं अध्ययन अनुसन्धान परामर्श र मस्यौदा परिमार्जनका चरणहरूमा सम्बन्धित मन्त्रालय, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय योजना आयोग, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान लगायतका निकायहरूको भूमिका समन्वय गर्नुपर्ने आवश्यकतामा आम सहमति र प्रतिबद्धता व्यक्त भए। मुख्य सचिव श्री गोविन्द बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुहुँदै राष्ट्रिय नीतिको मस्यौदाको अनुमोदन पूर्व हुने अध्ययन अनुसन्धानमा नीति अनुसन्धान प्रतिष्ठानको भूमिका हुने र अन्तिम अनुमोदनको लागि आवश्यक सूक्ष्म अध्ययनमा नीति प्रयोगशाला निर्देशक समितिको कार्यभार हुने गरी नीति अनुसन्धान प्रयोगशालाको निरन्तरता गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।
उपस्थिति:
१. श्री गोविन्द बहादुर कार्की (मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
२. श्री विरेन्द्र कुमार यादव (सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
३. श्री पुष्कर सापकोटा (सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
४. श्री केशवराज सुवेदी (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
५. श्री प्रद्युम्न प्रसाद उपाध्याय (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
६. श्री नवराज ढकाल (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
७. श्री गोपालप्रसाद अर्याल (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
८. श्री रामजी दनाई (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
९. श्री कविन्द्र नेपाल (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
१०. श्री मञ्जु कुमारी जैसी ढकाल (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
११. श्री अम्बिका राई (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
१२. श्री मेघनाथ रिजाल (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
१३. श्री मोतीलाल भुसाल (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
१४. श्री सुदीप ढकाल (नीति, प्रशासन तथा सुशासन सल्लाहकार, सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालय)
१५. डा. पुकार मल्ल (सदस्य, राष्ट्रिय योजना आयोग)
१६. श्री रविलाल पन्थ (सचिव, राष्ट्रिय योजना आयोग)
१७. श्री पाराश्वर ढुङ्गाना (सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय)
१८. श्री घनश्याम उपाध्याय (सचिव, अर्थ मन्त्रालय)
१९. श्री पारस भट्ट (सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय)
२०. श्री लक्ष्मी कुमारी खड्का (सचिव, राष्ट्रिय तथ्याङ्क कार्यालय)
२१. श्री उदय राना मगर (नि सचिव, सूचना तथा सञ्चार मन्त्रालय)
२२. श्री वसन्तराज सिग्देल (नि कार्यकारी निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान)
२३. श्री लक्ष्मण प्रसाद भट्टराई (कार्यकारी निर्देशक, नीति अनुसन्धान प्रतिष्ठान)
२४. डा. दीपक कुमार खड्का (अनुसन्धान विभाग प्रमुख, नीति अनुसन्धान प्रतिष्ठान)