“लागु औषध नियन्त्रणसम्बन्धी मौजुदा नीतिगत, कानूनी र सामाजिक समस्या र समाधानका उपायहरू” विषयक सार्वजनिक नीति संवाद सम्पन्न

Government of Nepal

२०८३ भदौ २

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लागु औषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ को समीक्षाको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा नीति अनुसन्धान प्रतिष्ठान, गृह मन्त्रालय, राष्ट्रिय योजना आयोग, र नेपाल प्रहरी लागु औषध नियन्त्रण ब्युरोको प्रतिनिधिहरूसहितको एक अध्ययन टोली बनाई अध्ययन आरम्भ गरेको छ । यस अध्ययनको सिलसिलामा २०८३ भदौ २ गते नीति अनुसन्धान प्रतिष्ठानमा विभिन्न मन्त्रालयहरू, नेपाल प्रहरी, आयोगहरू, स्थानीय तहका प्रतिनिधि, चिकित्साशास्त्रका उच्च शैक्षिक संस्थाहरू र गैरसरकारी सङ्घ संस्थाहरूका प्रतिनिधि लगायत अन्य सरोकारवाला तथा विज्ञहरूको सहभागितामा एक सार्वजनिक नीति संवादको आयोजना गर्‍यो ।

कार्यक्रमको औपचारिक सुरुआत गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद भट्टराईले सहभागीहरूलाई स्वागत गर्नुभयो भने मन्तव्यपश्चात् प्रतिष्ठानका विश्लेषक डा. देजिना थापाले “लागु औषध नियन्त्रणसम्बन्धी मौजुदा नीतिगत, कानुनी र सामाजिक समस्या एवम् अन्तर्राष्ट्रिय अनुभवका सिकाइ” विषयक एक परिचयात्मक प्रस्तुतिकरण गर्नुभयो । प्रस्तुतिकरणको सत्र लगत्तै प्रतिष्ठानका सह-अनुसन्धानकर्ता गोपाल आचार्यले सहजीकरण गर्नुभएको छलफलमा सहभागीहरूले लागु औषध नियन्त्रणका मौजुदा नीतिगत, कानुनी र सामाजिक समस्या, र सम्बन्धित नीति तथा कार्यक्रमहरूको सुधारको लागि मौखिक र लिखित सुझावहरू राख्नुभएको थियो ।

सहभागीहरूले लागु औषध ओसारपसारलाई अन्तर्राष्ट्रिय सन्धिहरू र मौजुदा कानुनको आधारमा रोकथाम गर्न पर्याप्त जनशक्ति र स्रोत उपलब्ध गराइदिनुपर्ने, लागु औषध कुलतलाई वैज्ञानिक प्रमाणहरू र अन्तर्राष्ट्रिय अनुभवले देखाएको जस्तै प्रमुख स्वास्थ्य समस्याको शृङ्खलाको रूपमा सम्बोधन गर्ने नीति र संरचनालाई अवलम्बन गर्नुपर्ने, लागु औषध सेवन रोकथामका लागि सङ्कटशील समूह अनुसारका विधि र कार्यक्रम हुनुपर्ने, प्रवेशद्वार पदार्थ (gateway substance) सेवन नियन्त्रण गर्ने, आवधिक सर्वेक्षण र प्रहरी तथा स्वास्थ्य तथ्याङ्कको बृहत् विश्लेषणको आधारमा नियन्त्रण विधिको वैज्ञानिकीकरण, पुन:स्थापना र सामाजिकीकरणमा सरकारको योगदान हुनुपर्ने, जीवनभर स्वस्थ जीवनशैलीको प्रवर्धन गरिनुपर्ने लगायतका विषयमा राय सुझाव दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा अध्ययन टोलीका संयोजक केशवराज सुवेदीले अध्ययन कसरी अघि बढ्नेछ भन्ने व्याख्या गर्नुभयो भने प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्काले अबका नीतिहरू नीति प्रक्रियाको दस्तावेजीकरण गर्ने पृष्ठभूमिपत्रसहित आउनुपर्नेमा जोड दिँदै यस अध्ययनलाई नीति अनुसन्धानको विधि र प्राज्ञिक मापदण्ड अपनाई सम्पन्न गर्न प्रतिष्ठानले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।

उपस्थिति:

आमन्त्रित पदाधिकारी तथा विज्ञ

१. केशवराज सुवेदी (सहसचिव, प्र.म.म.प. कार्यालय)
२. कमल पौडेल (उपसचिव, प्र.म.म.प. कार्यालय)
३. मञ्जु कुमारी जैसी ढकाल (उपसचिव, प्र.म.म.प. कार्यालय)
४. प्रमिला आचार्य (उपसचिव, प्र.म.म.प. कार्यालय)
५. मोतीराम भुसाल (शाखा अधिकृत, प्र.म.म.प. कार्यालय)
६. जीतेन्द्र अधिकारी (उपसचिव, गृह मन्त्रालय)
७. इन्दिरा आचार्य (शाखा अधिकृत, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय)
८. तेजमाला थापामगर (महिला विकास अधिकृत, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय)
९. शम्भुराज रेग्मी (सहसचिव, रक्षा मन्त्रालय)
१०. कमला ज्ञवाली (उपसचिव, शिक्षा तथा खेलकुद मन्त्रालय)
११. मधु अर्याल खनाल (कार्यक्रम निर्देशक, राष्ट्रिय योजना आयोग)
१२. भरतमणि सापकोटा (शाखा अधिकृत, भन्सार विभाग)
१३. डा. टिकाराम पोखरेल (सहसचिव, राष्ट्रिय मानव अधिकार आयोग)
१४. रोशनी देवी कार्की (उपसचिव, राष्ट्रिय महिला आयोग)
१५. डा. आशिष दत्त (प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी अस्पताल)
१६. डा. आशिष थापा (प्रहरी नायव उपरीक्षक, नेपाल सशस्त्र प्रहरी अस्पताल)
१७. जीवन निरौला (प्रहरी नायव उपरीक्षक, लागु औषध नियन्त्रण ब्युरो)
१८. दमन बहादुर चन्द (केन्द्रीय कार्यकारी सदस्य, नेपाल बार एसोसिएसन)
१९. डा. मानबहादुर केसी (प्रमुख चिकित्सा अधिकारी, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र)
२०. गेहनाथ गौतम (नि. प्रशासकीय प्रमुख, राष्ट्रिय युवा परिषद्)
२१. डा. ओम प्रसाद बराल (प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
२२. डा. शान्ति प्रसाद खनाल (उप-प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
२३. डा. सगुन वल्लभ पन्त (उप-प्राध्यापक, चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय)
२४. डा. रचना शर्मा (महासचिव, नेपाल मनोचिकित्सक सङ्घ)
२५. डा. सरोज प्रसाद ओझा (प्राध्यापक, काठमाडौँ मोडेल अस्पताल)
२६. विपिन थापा (मनोविद्, त्रिभुवन विश्वविद्यालय)
२७. दीपा शर्मा (कार्यक्रम संयोजक, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल)
२८. लक्ष्मीराज जोशी (जनस्वास्थ्य निरीक्षक, ललितपुर महानगरपालिका
२९. ज्योत्सना भट्ट (प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, ललितपुर)
३०. नारायण चौहान (नगर प्रहरी निरीक्षक, भक्तपुर नगरपालिका)
३१. डा. कमल गौतम (कार्यकारी निर्देशक, ट्रान्सकल्चरल साइकोसोशियल अर्गनाइजेशन, नेपाल)
३२. विजय बल्ल (कार्यक्रम अधिकृत, रिचमण्ड फेलोशिप नेपाल)
३३. दिनेश चन्द्र अधिकारी (अध्यक्ष, नवउपकार नेपाल सुधार केन्द्र, टोखा)
३४. वसन्त कुँवर (कार्यकारी निर्देशक, नार्कोनन नेपाल)
३५. विशाल भट्टराई (प्रशिक्षक, नार्कोनन नेपाल)
३६. संस्कार बोहोरा (व्यवस्थापकीय निर्देशक, वे अफ लिभिङ ड्रग्स एन्ड अल्कोहल रिह्याबिलिटेसन सेन्टर)

नीति अनुसन्धान प्रतिष्ठान

१. लक्ष्मण प्रसाद भट्टराई (कार्यकारी निर्देशक)
२. डा. दीपक कुमार खड्का (अनुसन्धान विभाग प्रमुख)
३. डा. मोहन कुमार शर्मा (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
४. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. देजिना थापा (विश्लेषक)
६. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
७. डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
८. डा. महेश्वोर गिरी (सहअनुसन्धानकर्ता)
९. प्रान्जल रिजाल (विश्लेषक)
१०. मणिश चन्द्र राई (वरिष्ठ सहायक)
११. सृष्टिका न्यौपाने (प्रशिक्षार्थी)
१२. सुलक्षा भण्डारी (प्रशिक्षार्थी) 

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।