नेपालको सौम्य शक्तिसम्बन्धी रणनीति विषयक सार्वजनिक नीति संवाद सम्पन्न
नीति अनुसन्धान प्रतिष्ठानले आफ्नो नीति संवाद कक्षमा २०८३ वैशाख ३१ गते नेपालको सौम्य शक्ति (सफ्ट पावर) का स्रोतहरूको पहिचान, प्रवर्द्धन र उपयोगका सन्दर्भमा ब्रान्ड फाइनान्स (Brand Finance) ले निर्धारण गरेका आठ वटा आधार स्तम्भहरूको सेरोफेरोमा रहेर एक बहुआयामिक नीति संवाद सम्पन्न गर्यो । उक्त नीति संवाद नेपाल सरकारका सरोकारवाला मन्त्रालयहरू, नीति अनुसन्धान प्रतिष्ठान, सम्बन्धित विषय विज्ञहरू तथा विश्वविद्यालयका प्राज्ञहरूको रोहवरमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका हकमा लागू हुनसक्ने सौम्य शक्तिका स्रोतहरूको पहिचान, प्रवर्द्धन र उपयोगमा नेपालले खेल्नुपर्ने भूमिकाकाका बारेमा विमर्श भएको थियो । कार्यक्रमले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि, सामाजिक-आर्थिक विकास तथा कूटनीतिक प्रभाव विस्तारका लागि आवश्यक रणनीतिहरू पहिचान गर्ने प्रयास गरेको थियो ।
प्रतिष्ठानका अनुसन्धानकर्ता डा. हरि प्रकाश चन्दले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्यसहित कार्यक्रमको औपचारिक सुरुआत गर्दै नीति अनुसन्धानको भूमिका, उद्देश्य र महत्त्व विषयमा छोटो मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी, प्रतिष्ठानका परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रका प्रमुख एवम् वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले कार्यक्रमको विषय र पृष्ठभूमिबारे जानकारी प्रस्तुत गर्नुभएको थियो । उहाँले ब्रान्ड फाइनान्सले निर्धारण गरेका तथा ग्लोबल सफ्ट पावर इन्डेक्सले सूचीकृत गरेका प्रमुख आठ स्तम्भहरू (१. व्यवसाय तथा व्यापार, २. सुशासन, ३. अन्तर्राष्ट्रिय सम्बन्ध, ४. संस्कृति तथा सम्पदा, ५. मिडिया तथा सञ्चार, ६. शिक्षा तथा विज्ञान प्रविधि, ७. मानव तथा मूल्यमान्यताहरू, ८. दिगो भविष्य) मा आधारित रहेर अध्ययनको विषयवस्तु बारे चर्चा गर्नुभएको थियो । उहाँले नेपालको सौम्य शक्तिलाई सुशासन, नवप्रवर्तन, शिक्षा, व्यवसाय तथा कूटनीतिक प्रभावजस्ता आधुनिक आयामहरूसँग जोडेर हेर्नुपर्ने र सोहीअनुसार सौम्य शक्तिलाई विकास गर्न प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसपश्चात् कार्यक्रममा सहभागी विषय विज्ञ र सरोकारवालाहरूले सौम्य शक्ति निकै उपयोगी रणनीति हुनसक्ने विश्वास व्यक्त गर्दै यो नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय प्रभाव, प्रतिष्ठा तथा परराष्ट्र नीति जस्ता उद्देश्यहरूलाई हासिल गर्न सार्थक सिद्ध हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अन्तर्संवादले नेपालको सौम्य शक्ति रणनीति थप प्रभावकारी रूपमा अघि बढाउन तथा ब्रान्ड फाइनान्सका आठ वटै स्तम्भहरूलाई समन्वित र सुदृढ पार्न सबै सरोकारवालाहरूले यथाशक्य पहल गर्नुपर्नेमा जोड दिएको थियो ।
कार्यक्रमको अन्त्यमा, यस प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मण प्रसाद भट्टराईले कार्यक्रम समय सान्दर्भिक र अर्थपूर्ण भएको बताउँदै अतिथि एवम् सम्पूर्ण सहभागीहरूलाई धन्यवाद र कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका सहभागीहरू:
१. डा. भीष्म के. भुषाल, सहसचिव, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रा.डा. खड्ग के. सी., त्रिभुवन विश्वविद्यालय
३. सह-प्राध्यापक, डा. रमेश पौडेल, त्रिभुवन विश्वविद्यालय
४. मे. ज. हिमालय थापा, सल्लाहकार, नीति अनुसन्धान प्रतिष्ठान
५. श्री कमल देव भट्ट, सम्पादक, अन्नपूर्ण एक्सप्रेस
६. डा. दिनेश भट्टराई, सल्लाहकार, नीति अनुसन्धान प्रतिष्ठान
७. डा. विनोद खण्ड तिमिल्सिना, सप्तगण्डकी
८. सन्दिप चन्द, उपसचिव, पुरातत्त्व विभाग
९. राजन कँडेल, अधिकृत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. श्री अर्जुन अधिकारी, उपसचिव, परराष्ट्र मन्त्रालय
११. प्रा.डा. रमेश प्रसाद सापकोटा, त्रिभुवन विश्वविद्यालय
१२. श्री राजन कडेंल, पुरातत्त्व विभाग
१३. श्री शान्ति लामा, अधिकृत, सूचना तथा प्रसारण विभाग
१४. श्री लीलानाथ पोख्रेल, उपसचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
१५. श्री दुर्गा प्रसाद भट्टराई, सल्लाहकार, नीति अनुसन्धान प्रतिष्ठान
१६. सह-प्राध्यापक, लोकनाथ दुलाल, त्रिभुवन विश्वविद्यालय
१७. श्री सुजन बिडाँरी, उपसचिव, परराष्ट्र मन्त्रालय
१८. श्री नर्वदा घिमिरे, अधिकृत, राष्ट्रिय योजना
१९. श्री अस्मी पौडेल
२०. श्री कुञ्जना पाण्डे
नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट उपस्थिति
१. लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रबन्धक
२. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
३. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
४. डा. मुक्ति राम रिजाल, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
६. डा. कल्पना खनाल, वरिष्ठ अनुसन्धानकर्ता
७. अशोक पाण्डे, अनुसन्धानकर्ता
८. डा. गिरी राज शर्मा, अनुसन्धानकर्ता
९. डा. निरन्जन देवकोटा, अनुसन्धानकर्ता
१०. डा. हरि प्रकाश चन्द, अनुसन्धानकर्ता
११. डा. सुवास अधिकारी, अनुसन्धानकर्ता
१२. डा. झम कुमार विश्वकर्मा, सह-अनुसन्धानकर्ता
१३. गोपाल आचार्य, सहअनुसन्धानकर्ता
१४. रिजा मानन्धर, सहअनुसन्धानकर्ता
१५. दिपेन्द्र प्रसाद पन्त, सहअनुसन्धानकर्ता
१६. डा. देजिना थापा, विश्लेषक
१७. सोनिया बस्याल, विश्लेषक
१८. प्राञ्जल रिजाल, विश्लेषक
१९. सुधीर श्रेष्ठ, विश्लेषक
२०. सञ्जु कुमारी सरबरिया, वरिष्ठ सहायक
२१. गीता न्यौपाने, वरिष्ठ सहायक
२२. पर्वत भट्टराई, वरिष्ठ सहायक
२३. मनिष चन्द्र राई, वरिष्ठ सहायक
२४. सुविन उलक, ग्राफिक डिजाइनर
२५. सुसन तामाङ, प्रशिक्षार्थी
२६. कुसुम ढुङ्गाना, प्रशिक्षार्थी
२७. सुलक्षा भण्डारी, प्रशिक्षार्थी
२८. सृष्टिका न्यौपाने, प्रशिक्षार्थी
२९. रोजिन राई, प्रशिक्षार्थी
३०. सन्दु सुवेदी, प्रशिक्षार्थी