डिसेम्बर 5, 2021
नीति अनुसन्धान प्रतिष्ठान र कृषि तथा वन विज्ञान विश्वविद्यालयबिच २०७८ साल मङ्सिर १९ गते दीर्घकालीन सहकार्यका लागि पाँच वर्षसम्म कायम रहने गरी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो।
समझदारी अनुसार नीति सान्दर्भिक अनुसन्धान, नीति अनुसन्धानमा प्राज्ञिक संवाद, तालिम गोष्ठी लगायतका अनुसन्धान क्षमता विकास, वैज्ञानिक सभा सम्मेलन, नीति प्रक्रियामा जनपहुँच, अनुसन्धान प्रसार, बौद्धिक सम्प्पतिको परस्पर र सार्वजनिक रूपमा उपयोगी हुन सक्ने सहयोग, अनुसन्धान मानक, गुणस्तर, आचारसंहिताको सम्बर्द्धन लगायतका विषयमा सहकार्य हुनेछ । कृषि नीति अनुसन्धान र प्रसार वा सोसँग आवद्ध विषयका शैक्षिक कार्यक्रम, पाठ्यक्रम, अनुसन्धान, प्रयोगात्माक कक्षा, सोधपत्रलगायतका शैक्षिक उद्देश्य रहने कार्यक्रमहरूको आदानप्रदानमा समेत पारस्परिक रूपमा निर्धारण गरिने कार्यविधिको आधारमा विश्वविद्यालय, मातहतका केन्द्रीय विभाग, कलेज तथा अनुसन्धान केन्द्र तहहरूमा सहकार्य गर्न दुई संस्थाहरू सहमत भएका छन् ।
उक्त हस्ताक्षर समारोह पूर्व विश्वविद्यालयको सभाहलमा प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारीहरूबिच विविध विषयमा छलफल भएको थियो । सो छलफलमा विश्वविद्यालयलाई थप प्रभावकारी बनाउने बारेमा प्रतिष्ठानका कार्यकारी अध्यक्षले दिएका केही सुझावहरू निम्नानुसार थिए:
विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीले प्रतिष्ठानले दिएका उक्त सुझावहरू कार्यान्वयन गर्दै लाने र विश्वविद्यालयलाई एउटा विशिष्ट संस्थाको रूपमा विकास गर्ने प्रतिवद्धता जनाउदै यो उद्देश्य पूरा गर्नका लागि विश्वविद्यालय भित्र र बाहिरका व्यक्तिहरूको पनि साथ र सहयोग चाहिने धारणा राख्नुभयो ।
विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. कल्याणी मिश्र त्रिपाठी, रजिस्ट्रार प्रा. डा. शारदा थपलिया, डीन (कृषि) प्रा. जयप्रकाश दत्त, डीन (पशुविज्ञान, भेटेरिनरी तथा मत्स्य) प्रा. डा. होम बस्नेत, पोस्ट-ग्र्याजुएट निर्देशक प्रा. डा. भूमिनन्द देवकोटा, अनुसन्धान निर्देशक प्रा. डा. अर्जुन कुमार श्रेष्ठ, सेवा आयोग सदस्य प्रा. पुष्कर बहादुर पाल र परीक्षा प्रमुख प्रा. सुनिल राईको उपस्थिति रहेको थियो भने नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती, अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खडका, वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपाने र कार्यालय प्रवन्धक श्री लक्ष्मण प्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।