राष्ट्रिय हवाई नीति, २०८३ (मस्यौदा) मा सुझाव आह्वान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्मित "राष्ट्रिय हवाई नीति, २०८३" (मस्यौदा) समीक्षा तथा पृष्ठपोषण प्रयोजनार्थ प्रतिष्ठानमा प्राप्त भएको हुँदा यसै सन्देशसाथ संलग्न नीतिको मस्यौदामा थप सुधारका लागि सुझाव तथा पृष्ठपोषण भएमा कृपया २०८३ असार १६ गतेभित्र research@pri.gov.np वा info@pri.gov.np मा प्राप्त हुनेगरी उपलब्ध गराईदिनुहुन अनुरोधसहित सार्वजनिक सूचना जारी गरिएको छ ।
धन्यवाद ।