नीति अनुसन्धान प्रतिष्ठान र चीनको चाइनीज एकेडेमी अफ सोसियल साइन्सेज (CASS) अन्तर्गतको नेशनल इन्स्टिच्युट अफ इन्टरनेशनल स्ट्राटेजिज (NIIS) का प्रतिनिधिहरू बिच अन्तरक्रिया सम्पन्न
२०८३ जेष्ठ ४ गते नीति अनुसन्धान प्रतिष्ठान र चीनको चाइनीज एकेडेमी अफ सोसियल साइन्सेज (CASS) अन्तर्गतको नेशनल इन्स्टिच्युट अफ इन्टरनेशनल स्ट्राटेजिज (NIIS) का प्रतिनिधिहरूबिच प्रतिष्ठानको सभाहलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल-चीन सम्बन्धका बहुआयामिक सम्बन्धको चर्चा गरिएको थियो । चिनियाँ प्राज्ञहरूले चीन नेपालसँग सधैँ बलियो सम्बन्ध कायम राख्न र सहकार्य गरिरहन इच्छुक रहेको उल्लेख गरेका थिए ।
प्रतिष्ठानका अनुसन्धानकर्ता डा. हरिप्रकाश चन्दले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको औपचारिक शुभारम्भ प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख श्री लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्यका साथ गर्नुभएको थियो । प्रतिष्ठानको तर्फबाट परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रका प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले नेपालको नयाँ सरकारका परराष्ट्र सम्बन्धका प्राथमिकता तथा नेपाल चीन सम्बन्ध विषयमा प्रस्तुति दिनुभएको थियो । त्यस्तै, CASS को तर्फबाट डा. ली चफेइ (Li Zhifei) ले चीनको परराष्ट्र सम्बन्धका मुख्य मुख्य अभियानहरू (Initiatives) को बारेमा प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा सहभागीहरूले सहकार्यका सम्भावित नवीन क्षेत्रहरूबारे जिज्ञासा राख्नु भएको थियो । सोही सन्दर्भमा आर्थिक, सामाजिक तथा जलविद्युतलगायतका नवीन उर्जा तथा शैक्षिक सिकाइका सम्बन्धमा लिन सकिने पहलकदमीका विषयमा पनि विचार आदान प्रदान भएको थियो ।
कार्यक्रमको अनौपचारिक अन्तरक्रिया, प्रश्नोतर तथा छलफल सत्रमा उठेका जिज्ञासाहरूलाई सम्बोधन गर्ने क्रममा चीनको नेशनल इनिष्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजिजका तर्फबाट प्राध्यापक डा. छेन सीन (Chen Xin) ले नेपालसँगको व्यापार-व्यवसाय तथा रणनीतिक साझेदारी थप सुदृढ पार्ने सम्भावना तथा इच्छाशक्ति रहँदारहँदै पनि विभिन्न कठिनाइका कारण उक्त प्रयासहरूले लक्षित प्रगति हासिल गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले सहभागीहरूलाई प्रतिष्ठानको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
चाइनीज एकेडेमी अफ सोसीयल साइन्सेज विश्वविद्यालयको तर्फबाट उपस्थिति
१. प्रा. डा. छेन सीन
२. प्रा. डा. ली चफेइ
३. प्रा. डा. स्यान्न्याग थो
४. सहप्राध्यापक डा. याङ सियाओपिंग
५. सहप्राध्यापक डा. सुन सीहुइ
परराष्ट्र मन्त्रालयको तर्फबाट उपस्थिति
१. अस्मिता भट्टराई, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय
२. सुरेन्द्र तामाङ, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय
३. सुमी शर्मा, अनुसन्धान अधिकृत, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान
नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट उपस्थिति
१. लक्ष्मण प्रसाद भट्टराई, निमित्त कार्यालय प्रमुख
२. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
३. डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
४. डा. कल्पना खनाल, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. हरि शर्मा न्यौपाने, वरिष्ठ अनुसन्धानकर्ता
६. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
७. डा. गिरिराज शर्मा, अनुसन्धानकर्ता
८. डा. हरि प्रकाश चन्द, अनुसन्धानकर्ता
९. डा. सुवास अधिकारी, अनुसन्धानकर्ता
१०. डा. प्रदीप पन्थी, अनुसन्धानकर्ता
११. डा. झम कुमार विश्वकर्मा, सहअनुसन्धानकर्ता
१२. डा. महेश्वर गिरी, सहअनुसन्धानकर्ता
१३. गोपाल आचार्य, सहअनुसन्धानकर्ता
१४. प्राञ्जल रिजाल, विश्लेषक
१५. मनिष चन्द्र राई, वरिष्ठ सहायक
१६. सुसन तामाङ, प्रशिक्षार्थी
१७. सृष्टिका न्यौपाने, प्रशिक्षार्थी
१८. सन्दु सुवेदी, प्रशिक्षार्थी
१९. सुलक्षा भण्डारी, प्रशिक्षार्थी
२०. राजु अधिकारी, प्रशिक्षार्थी