राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ को समीक्षा/द्रुत अध्ययन प्रतिवेदन सार्वजनिकीकरण तथा छलफल कार्यक्रम सम्पन्न

None

जनस्वास्थ्य प्रयोगशाला टेकु सभाहल, काठमाण्डौं

नीति अनुसन्धान प्रतिष्ठान, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा र कोशिश संस्थाको समन्वयमा २०८३ जेठ ५ गते जनस्वास्थ्य प्रयोगशाला टेकुको सभाहलमा “राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ को समीक्षा/द्रुत अध्ययन प्रतिवेदन सार्वजनिकीकरण तथा छलफल कार्यक्रम” आयोजना भयो । कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, स्वास्थ्य क्षेत्रका विज्ञहरू, मानसिक स्वास्थ्यका सरोकारवालाहरू तथा अन्य सहभागी महानुभावहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नीति अनुसन्धान प्रतिष्ठानका विश्लेषक श्री प्राञ्जल रिजाल र अनुसन्धान प्रशिक्षार्थी श्री कुसुम ढुङ्गानाले गर्नुभएको थियो ।

कार्यक्रमको सुरुआतमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मणप्रसाद भट्टराईले स्वागत मन्तव्य तथा औपचारिक शुभारम्भ गर्नुभएको थियो । मन्तव्यपश्चात् कोशिश संस्थाका श्री मातृका प्रसाद देवकोटाले कार्यक्रमको उद्देश्य तथा विषयवस्तुमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रमको मुख्य सत्रअन्तर्गत “मानसिक स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ को कार्यान्वयन अवस्था” सम्बन्धी अध्ययन प्रतिवेदन प्रतिष्ठानका अनुसन्धानकर्ता श्री अशोक पाण्डे र श्री रवीन्द्र रावलले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिमा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजनाको कार्यान्वयन अवस्था, सेवाप्रवाहमा देखिएका चुनौतीहरू, संस्थागत समन्वय, सेवा पहुँच तथा नीतिगत सुधारका आवश्यक पक्षहरूबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो ।

त्यसपश्चात् कार्यक्रममा डा. पोमावती थापाले रणनीतिको हालसम्मको प्रगतिसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, नीति कार्यान्वयनको अवस्था, आगामी प्राथमिकताहरू तथा बहुपक्षीय सहकार्यको आवश्यकताबारे जानकारी गराउँदै आगामी रणनीतिक दिशाबारे स्पष्ट पार्नुभएको थियो ।

खुला छलफल सत्रमा सहभागीहरूले मानसिक स्वास्थ्य नीति तथा सेवाको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय सुदृढ गर्नुपर्ने, समुदायस्तरमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने, पर्याप्त जनशक्ति तथा स्रोतसाधन सुनिश्चित गर्नुपर्ने, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा मानसिक स्वास्थ्यलाई समग्र सार्वजनिक स्वास्थ्य प्रणालीसँग एकीकृत रूपमा अगाडि बढाउनुपर्ने सुझावहरू प्रस्तुत गर्नुभएको थियो । साथै, मानसिक स्वास्थ्यसम्बन्धी तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्दै प्रमाणमा आधारित नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी महानुभावहरूको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव तथा सहयोगका लागि आयोजक संस्थाहरूका तर्फबाट हार्दिक आभार व्यक्त गरिएको थियो । मानसिक स्वास्थ्य नीति तथा सेवाको प्रभावकारी कार्यान्वयनमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो ।

कार्यक्रममा सहभागी विषय विज्ञ तथा सरोकारवालाहरू

१. डा. पोमावती थापा
२. डा. मदनकुमार उपाध्याय
३. डा. सरोजप्रसाद ओझा
४. डा. माधव पी. लम्साल
५. डा. सगुन बी. पन्त
६. डा. रेनु अधिकारी
७. प्रो. खागी पुन
८. डा. पशुपति महत
९. डा. जास्मिन मा
१०. डा. केदार मरहट्ठा
११. डा. निमानन्द रिजाल
१२. झरना सेढाई
१३. आरती बगाले
१४. कुस्मता महत
१५. प्रतिभा चालिसे
१६. शाजिया प्रविन
१७. आसिया खातुन
१८. दीपिका साह
१९. रञ्जय महतो
२०. सङ्गीता घिमिरे
२१. सुष्मा न्यौपाने
२२. कुञ्जना पाण्डे
२३. सगुन के.सी.
२४. डा. कमल गौतम
२५. कञ्चन एच. विश्वकर्मा
२६. विद्या महर्जन
२७. प्रा. शोभालक्ष्मी बज्राचार्य
२८. टिका रायमाझी
२९. स्वस्तिका थपलिया
३०. डा. विनिता ढुङ्गेल
३१. अनिल के.सी.
३२. अभिलाषा गुरुङ
३३. हिरा कु. निरौला
३४. भवानी शर्मा
३५. मनिषा महर्जन
३६. प्रतिभा खनाल
३७. डा. समीर पुडासैनी
३८. इन्द्रकुमार श्रेष्ठ
३९. सागर सुवेदी
४०. रबिन्द्र रावल

नीति अनुसन्धान प्रतिष्ठानबाट सहभागीहरू

१. श्री लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रबन्धक
२. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
३. अशोक पाण्डे, अनुसन्धानकर्ता
४. डा. देजिना थापा, विश्लेषक
५. प्राञ्जल रिजाल, विश्लेषक
६. मणिश चन्द्र राई, वरिष्ठ सहायक
७. सुलक्षा भण्डारी, अनुसन्धान इन्टर्न
८. सृष्टिका न्यौपाने, अनुसन्धान इन्टर्न
९. कुसुम ढुङ्गाना, अनुसन्धान इन्टर्न

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।