अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौंको नारायणहिटीस्थित प्रतिष्ठानको नीति संवाद कक्षमा ३ वैशाख २०८३ मा नीति अनुसन्धान प्रतिष्ठानले अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीका प्रतिनिधिहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । उक्त कार्यक्रमले नेपालको विकास प्राथमिकताहरू, विशेषगरी आर्थिक रूपान्तरण, सार्वजनिक नीतिका चुनौतीहरू र उदीयमान अवसरहरूमा केन्द्रित रहेर रचनात्मक विचार आदानप्रदान गर्न प्रतिष्ठानका अनुसन्धानकर्ताहरू र अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीका सदस्यहरूलाई एकै ठाउँमा ल्याएको थियो।

कार्यक्रमको सुरुआतमा प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले प्रतिष्ठानको संक्षिप्त परिचय दिनुका साथै नीति अनुसन्धानमा प्रतिष्ठानका अभ्यासहरूबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी अनुसन्धान प्रशिक्षार्थी सुश्री सन्दु सुवेदीले गर्नुभएको थियो।

त्यस पश्चात् प्रस्तुतीकरणको सत्र रहेको थियो र यस सत्रमा प्रतिष्ठानको आर्थिक तथा पूर्वाधार विकास नीति केन्द्रकी प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल र सहअनुसन्धानकर्ता डा. महेश्वर गिरीले संयुक्त रूपमा “नेपालमा स्टार्टअप, एमएसएमई (MSMEs), औद्योगिक दिशा र प्रत्यक्ष वैदेशिक लगानी (FDI): अवसर, चुनौती र आगामी बाटो (Start-Ups, MSMEs, Industrial Direction, and FDI in Nepal: Opportunities, Challenges & Way Forward)” विषयमा प्रस्तुतीकरण दिनुभएको थियो।

प्रस्तुतीकरणपछि अन्तरक्रियात्मक छलफल भएको थियो । अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीका सहभागीहरूले नेपालको विकाससँग सान्दर्भिक विभिन्न समसामयिक सामाजिक-आर्थिक मुद्दाहरूलाई प्रतिबिम्बित गर्दै जनस्वास्थ्य वित्त, हरित औद्योगिक नीति, लगानीको वातावरण, डिजिटल सुशासन, प्राकृतिक स्रोतसाधन र जलवायु परिवर्तन, तथा मानव पुँजी विकासका विषयमा प्रश्नहरू राखेका थिए । खासगरी, छलफलले विकास वित्त, जनस्वास्थ्यका प्राथमिकताहरू, डिजिटल सुशासन, साइबर सुरक्षाका चासोहरू, सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको बढ्दो सम्भावना, प्राकृतिक स्रोत व्यवस्थापन, ऊर्जा रणनीति, वातावरणीय सुरक्षण, औद्योगिक नीति, समष्टिगत आर्थिक (macroeconomic) स्थायित्व, लगानीको वातावरण, मानव पुँजी विकास, र संस्थागत सुधार लगायतका प्रमुख क्षेत्रहरूलाई समेटेको थियो । यस अन्तरक्रियाले नेपालको उत्थानशीलता (resilience) र नवप्रवर्तन-निर्देशित, युवा-लक्षित, रोजगार-केन्द्रित र दिगो विकास मार्गप्रतिको निरन्तर सङ्क्रमणलाई पनि उजागर गरेको थियो । अनुसन्धान र प्रमाणमा आधारित संवादमार्फत नीतिको प्रभावकारिता अभिवृद्धि गर्दै आर्थिक वृद्धिका उद्देश्यहरू र वातावरणीय पक्षहरूबिच सन्तुलन कायम गर्नुपर्ने महत्त्वलाई छलफलले जोड दिएको थियो।

प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा प्रवक्ता डा. खगनाथ अधिकारीले नेपालमा ज्ञान आदानप्रदानलाई सुदृढ गर्न, नीतिगत बहसलाई समृद्ध बनाउन र तथ्यपरक निर्णय प्रक्रियालाई सहयोग पुर्‍याउन यस्ता संवादहरूलाई प्रवर्द्धन गर्ने प्रतिष्ठानको प्रतिबद्धतालाई पुनः स्मरण गर्दै कार्यक्रम समापन गर्नुभयो।

अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीका उपस्थित प्रतिनिधिहरू

१. अस्मोद खकुरेल
२. लक्ष्मण विष्ट
३. क्यास्टर ओनगेट
४. ग्रान्ट जियानग्रासो
५. क्रिस्टल च्यान
६. पल हाइगिस
७. निक्लास बी. हेन्स
८. तेज गोगिल
९. क्याथरिन कुहार
१०. नतलिया लालिन
११. मार्कस बाख

प्रतिष्ठानको तर्फबाट उपस्थिति

१. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. गिरिराज शर्मा (अनुसन्धानकर्ता)
७. अशोक पाण्डे (अनुसन्धानकर्ता)
८. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
९. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१०. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
११. डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
१२. डा. झम कुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
१३. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१४. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१५. दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
१६. रीजा मानन्धर (सह-अनुसन्धानकर्ता)
१७. सोनिया बस्याल (विश्लेषक)
१८. प्राञ्जल रिजाल (विश्लेषक)
१९. डा. देजिना थापा (विश्लेषक)
२०. सुधीर श्रेष्ठ (विश्लेषक)
२१. पर्वत भट्टराई (वरिष्ठ सहायक)
२२. सुलक्षा भण्डारी (प्रशिक्षार्थी)
२३. रोजिन राई (प्रशिक्षार्थी)
२४. सुशन तामाङ (प्रशिक्षार्थी)
२५. सृष्टिका न्यौपाने (प्रशिक्षार्थी)
२६. सन्दु सुवेदी (प्रशिक्षार्थी)

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।