logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

महत्त्वपूर्ण सूचना

logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४

शून्य भोकमरी, आर्थिक समृद्धि र मर्यादित जीविकोपार्जनका लागि नेपालको आकाङ्क्षा सम्बन्धमा पछिल्लो प्रमाणमा आधारित अध्ययन प्रतिवेदन सार्वजनिक

शून्य भोकमरी, आर्थिक समृद्धि र मर्यादित जीविकोपार्जनका लागि नेपालको आकाङ्क्षा सम्बन्धमा पछिल्लो प्रमाणमा आधारित अध्ययन प्रतिवेदन सार्वजनिक

होटल हिमालय, ललितपुर

नीति अनुसन्धान प्रतिष्ठानले नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा २०८२ कार्तिक २१ गते प्यानल एक बृहत् समारोह आयोजना गरी अनुसन्धान प्रतिवेदनहरू बिमोचन गरी सो सम्बन्धमा छलफल सम्पन्न गरेको छ ।

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले संयुक्त रुपमा सम्पन्न गरेका ‘Nepal’s Journey towards Zero Hunger: The Triple Challenges of Food Security, Food Self-Sufficiency and Economic Prosperity’  विषयक अनुसन्धान प्रतिवेदन तथा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरेको 'Migration Atlas of Nepal' को बिमोचन र 'Nepal's quest for zero hunger, economic prosperity and decent livelihoods: The way forward' शीर्षकमा केन्द्रित प्यानल छलफल गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. मदन प्रसाद परियार रहनुभएको थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय लगायत विभिन्न मन्त्रालय तथा विषयसम्बद्ध सरकारी संघ-संस्थाहरूबाट पाल्नुभएका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सो कार्यक्रम सञ्चालन भएको थियो ।  

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संयुक्त राष्ट्र संघका पूर्वआवासीय संयोजक, डा. विश्व पराजुली, संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठनका राष्ट्रिय प्रतिनिधि, केन सिमिजु, विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि रियाज लोधी र वेल्थहंगरहिल्फका राष्ट्रिय प्रतिनिधि साकेब नाबीको उपस्थिति रहेको थियो । त्यसैगरी, अन्तर्राष्ट्रिय सहकार्यका लागि जर्मन सहयोग निकाय, वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार तथा विकास केन्द्र, अक्सफाम नेपाल, श्रमिक हितमा कार्य गर्ने ए. डब्लु. ओ इन्टर्नेशनल, अन्तर्राष्ट्रिय आप्रवासन संगठन लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू; अनुसन्धान टोली, मिडिया प्रतिनिधिहरू, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कर्मचारी तथा विषयविज्ञहरूको उपस्थिति रहेको थियो ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शिखा थापा मगरले उपस्थित अतिथिज्यूहरूलाई स्वागत मन्तव्य दिँदै शून्य भोकमरी तथा मर्यादित जीविकोपार्जन सुनिश्चित गर्नका लागि सम्पूर्ण सरोकारवाला निकायको प्रतिबद्धताका साथै प्रमाणमा आधारित नीति र सुसूचित निर्णय पनि आवश्यक हुने हुँदा यी प्रतिवेदनहरूको महत्त्वपूर्ण भूमिका रहने दृढ विश्वास प्रकट गर्नुभयो ।

अनुसन्धान प्रतिवेदन तयार गर्ने समूहको प्रतिनिधित्व गर्दै नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. कृष्ण पहारीले अनुसन्धानको उद्देश्य, पद्धति र मुख्य निष्कर्षहरूको बारेमा सङ्क्षिप्त रुपमा प्रकाश पार्नुभयो । उहाँले प्रतिवेदनले भोकमरी र कुपोषण उन्मूलन गर्ने दिशामा नेपालको प्रगतिमा प्रकाश पार्ने बनाउँदै त्यसबारे विस्तृत विश्लेषण प्रस्तुत गरेको उल्लेख गर्नुभयो। यसले विश्वव्यापी र क्षेत्रीय प्रवृत्तिहरूसँग नेपालको प्रगतिको तुलना गर्नुका साथै भौगोलिक क्षेत्रहरू र विभिन्न सामाजिक समूहहरूबिचको भिन्नतालाई पनि देखाएको दाबी गर्नुभयो।

त्यसैगरी, अधिकांश युवाहरू साधारण जीविकोपार्जनका लागि समेत वैदेशिक रोजगारमा जान बाध्य भइरहेको वर्तमान परिप्रेक्ष्यमा एकै दस्ताबेजमा आप्रवासनको अवस्था र प्रवृत्ति प्रस्तुत गर्न सकेमा समग्र वस्तुस्थितिको जानकारी लिन सजिलो हुनेछ र आगामी बाटोको मार्गदर्शन गर्ने आधार प्रदान गर्नेछ भन्ने अपेक्षाका साथ विकास गरिएको आप्रवासन एट्लसका बारेमा पनि डा. पहारीले प्रस्तुतीकरण गर्नुभयो । अध्ययन समूहका प्रतिनिधि दया श्रेष्ठले नेपालको बसाइँसराइको प्रवृत्ति, विशेष भिन्नता र हालसालैको परिवर्तनलाई प्रकाश पार्दै बसाइँसराइसँग सम्बन्धित के, कसले, कहाँ र किन जस्ता प्रश्नहरूमा छलफल गर्नुभयो ।

प्रस्तुतिपछि कार्यक्रम सभापति, प्रमुख अतिथि तथा विशिष्ट अतिथिज्यूहरूले एकसाथ दुई प्रकाशनहरूको बिमोचन गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि, संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठनका राष्ट्रिय प्रतिनिधि, केन सिमिजुले आफ्नो छोटो मन्तव्य राख्ने क्रममा प्रतिवेदन प्रकाशनका लागि दुवै संस्थालाई बधाई ज्ञापन गर्नुभयो ।उहाँले बसाइँसराइ, सहरीकरण, जनसङ्ख्या वृद्धि, प्रदूषण आदिजस्ता समस्याले सामाजिक, वातावरणीय तथा राजनैतिक आयामबाट कृषि खाद्य प्रणालीमा प्रभाव पारिरहेको हुँदा यी सबै समस्यालाई सम्बोधन गर्ने बहुपक्षीय, बहुविधागत अन्तर्दृष्टि आवश्यक रहेको तर्क प्रस्तुत गर्नुभयो ।

विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि रियाज लोधीले आफ्नो विशेष मन्तव्यमा नेपालको विकासतर्फको यात्राको मुख्य चरणमा तयार भएको यस प्रतिवेदनले द्रुततर गतिमा कार्य गर्नुपर्ने समय आएको सङ्केत गरेको उल्लेख गर्नुभयो । साथै, संयुक्त राष्ट्र संघका पूर्वआवासीय संयोजक, डा. विश्व पराजुलीले खाद्यसम्बन्धी हक नै आधारभूत हक भए तापनि कतिपय मानिसहरू भोकमरीको चपेटामा रहेको सन्दर्भमा खाद्य उपलब्धता मात्र नभई खाद्य सुरक्षाका अन्य पक्षहरू र खाद्य सम्प्रभुतामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने अभिव्यक्ति दिनुभयो ।

प्रमुख अतिथिको रूपमा पाल्नुभएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री, डा. मदन प्रसाद परियारले आफ्नो सारगर्भित मन्तव्यमा विभिन्न खाद्य उपभोग तथा पोषण सूचकहरूको आधारमा हेर्दा नेपालले उल्लेखनीय प्रगति हासिल गरेको देखिएको तर अझै पनि आधारभूत खाद्यान्न (चामल, तरकारी तथा फलफूल) को आयात बढ्दो क्रममा रहेको र नेपालमा रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्न नसक्दा युवाहरू विदेश पलायन हुन बाध्य भएको तथ्यलाई इङ्गित गर्दै दिगो विकास लक्ष्य हासिल गर्न अझै मिहिनेत गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले आफ्नो महत्वपूर्ण समय दिएर कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद प्रदान गर्नुभयो । खाद्य सुरक्षा, सरसफाइ, पोषणलगायत विभिन्न पक्षहरूको रूपान्तरणकारी सुधारका लागि नीति कार्यान्वयनको एकीकृत र सहकार्यात्मक अन्तर्दृष्टि अवलम्बन गर्न जरुरी रहेको र उल्लिखित प्रकाशनहरूले यस कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास प्रकट गर्दै उहाँले औपचारिक कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा भएको प्यानल छलफलका मुख्य विषयवस्तु यसप्रकार रहेका थिए:

-> युवाहरूको हालको प्रवास प्रवृत्ति र त्यसको नेपालको अर्थतन्त्रमा प्रभाव

-> प्रवाससम्बन्धी सरकारी नीति, घरेलु रोजगारी प्रवर्द्धन, घरेलु तथा वैदेशिक प्रवास व्यवस्थापन, र प्रवासीहरूको सामाजिक सुरक्षा

-> शून्य भोकमरी (Zero Hunger) र दिगो विकास लक्ष्य (SDGs) का लागि रणनीतिक वित्तीय व्यवस्थापन र बदलिँदो परिदृश्यमा यसको भूमिका

-> शून्य भोकमरी, खाद्य सुरक्षा, र रोजगार सिर्जनासँग सम्बन्धित दिगो विकास लक्ष्यहरू प्राप्त गर्न संयुक्त राष्ट्रसंघ (UN) र अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका

-> क्षेत्रीय सन्दर्भमा नेपालको प्रवास स्थिति

-> कृषि, खाद्य सुरक्षा, शून्य भोकमरी, र प्रवासका सन्दर्भमा ICIMOD तथा यस्तै अन्य संस्थाहरूको भूमिका

-> ग्रामिण युवाको प्रवास र त्यसको नेपालको कृषिमा प्रभाव

-> नेपालमा खाद्य आत्मनिर्भरता हासिल गर्ने उपायहरू: कसरी?

-> खाद्य तथा पोषण सुरक्षाका लागि विभिन्न सरकारी नीतिहरू

-> हालको युवाप्रवास र रोजगारको सन्दर्भमा युवाहरूको दृष्टिकोण

-> नेपालमा युवाप्रवास व्यवस्थापनका लागि आर्थिक सम्भावनाहरू, शैक्षिक अवसरहरू, र सामाजिक समर्थन प्रणालीहरू

प्यानल छलफलका मुख्य वक्ताहरू

अध्यक्ष: नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, प्रा. डा. लेखनाथ शर्माले नेपालका विश्वविद्यालय र विदेशी विश्वविद्यालयहरूबिच सहकार्यमा आधारित विकास तथा अनुसन्धान परियोजनाहरुको संयोजन र नेतृत्व गर्नुभएको छ ।

प्यानालिस्टहरू

१. डा. अमिना महर्जन
२. डा. जानुका पण्डित
३. डा. कृष्णहरि पुष्कर
४. डा. विश्व पराजुली
५. मानुषी यमी भट्टराई

सञ्चालक: एनडीआरआईका संस्थापक सदस्यहरूमध्ये एक, प्रा. डा. पुन्यप्रसाद रेग्मीले नेपालको र विदेशी अनुसन्धान तथा शिक्षामा करिब चार दशकको अनुभव राख्नुहुन्छ।

कार्यक्रमका अतिथिहरू

प्रमुख अतिथि: माननीय मन्त्री डा. मदन प्रसाद परियार (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

विशिष्ट अतिथि

१. अवनी कट्टेल (सम्पादक, ग्लोबल पाना)
२. अशोक राना (सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल)
३. आदर्श चापागाई (अक्सफाम नेपाल)
४. आदर्श ढुंगेल (संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन)
५. उत्तम नेपाल (अध्ययनकर्ता)
६. केन सिमिजु (राष्ट्रिय प्रतिनिधि, संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन)
७. केशब दत्त जोशी (वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार तथा विकास केन्द्र)
८. कृष्ण योगी (विश्व खाद्य कार्यक्रम)
९. चन्द्र बहादुर थापा (अध्ययनकर्ता)
१०. चेत नारायण पाण्डे (सम्पादक, अर्थ चौतारी)
११. छेमेन तामाङ (नेपाल उद्योग महासंघ)
१२. डा. कृष्णहरि पुष्कर (सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)
१३. डा. डिल्ली राज खनाल (वरिष्ठ विधागत विज्ञ, नीति अनुसन्धान प्रतिष्ठान)
१४. डा. दिनेश अर्याल (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
१५. डा. देवेन्द्र गौचन (वरिष्ठ विधागत विज्ञ, नीति अनुसन्धान प्रतिष्ठान)
१६. डा. बिकास देवकोटा (सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)
१७. डा. विश्व पराजुली (पूर्व आवासीय संयोजक, संयुक्त राष्ट्र संघ)
१८. ढुण्डीराज लामिछाने (राष्ट्रिय तथ्याङ्क कार्यालय)
१९. दयानिधि दवाडी (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
२०. दिपेन्द्र शर्मा (पौरखी नेपाल)
२१. दीपा देवकोटा (नेपाल कृषि अनुसन्धान परिषद्)
२२. नवीन गिरी (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय)
२३. नितिशा प्रधान (विश्व खाद्य कार्यक्रम)
२४. नुजेमा बज्राचार्य (ए. डब्लु. ओ. इन्टर्नेशनल)
२५. पशुपति ढुंगाना (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
২৬. पल्लब रेग्मी (सेभ द चिल्ड्रेन)
२७. पासमा दाहाल झा (अन्तर्राष्ट्रिय सहकार्यका लागि जर्मन सहयोग निकाय)
२८. प्रकृति कार्की (अन्तर्राष्ट्रिय आप्रवासन संगठन)
२९. प्रसन्ना पोखरेल (नेपाल उद्योग महासंघ)
३०. प्रतिष्ठा प्याकुरेल (अन्तर्राष्ट्रिय आप्रवासन संगठन)
३१. पुष्प कुँवर (नेपाल बीमा प्राधिकरण)
३२. पुष्पा श्रेष्ठ (अध्ययनकर्ता)
३३. प्रा. डा. महेन्द्र प्रसाद शर्मा (त्रिभुवन विश्वविद्यालय)
३४. बलराम रिजाल (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
३५. महेश खराल (संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन)
३६. राम कृष्ण रेग्मी (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
३७. राजेश गौतम (राष्ट्रिय योजना आयोग)
३८. रियाज लोधी (राष्ट्रिय प्रतिनिधि, विश्व खाद्य कार्यक्रम)
३९. रोजा रंजित (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान)
४०. लिला राज उपाध्याय (परामर्शदाता)
४१. विश्वास गौचन (इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीज)
४२. सजनी मानन्धर (न्यूएरा)
४३. सबिना खतिवडा (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)
४४. साकेब नाकी (वेल्थहंगरहिल्फ)
४५. सुनिल सिंह (कृषि विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
४६. सुरेन्द्र गौतम (राष्ट्रिय प्रतिनिधि, ए. डब्लु. ओ. इन्टर्नेशनल)
४७. सुशील पाण्डे (बहुपक्षीय संगठनका पूर्वअन्तर्राष्ट्रिय पेसेवरहरू नेपाल)
४८. सम्झना श्रेष्ठ (बहुपक्षीय संगठनका पूर्वअन्तर्राष्ट्रिय पेसेवर नेपाल)
४९. सौरभ कोइराला (अन्तर्राष्ट्रिय सहकार्यका लागि जर्मन सहयोग निकाय)
५०. शिवराम पोखरेल (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय)
५१. श्रीधर थापा (विश्व खाद्य कार्यक्रम)
५२. हेइले अबेरा (विश्व खाद्य कार्यक्रम)

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका तर्फबाट उपस्थिति

१. आष्मा अर्याल (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
२. डा. कृष्ण पहारी (अध्यक्ष)
३. डा. जय कुमार गुरुङ (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
४. डा. दिपेन्द्र रोकाया (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
५. दया श्रेष्ठ (अनुसन्धान सहायक)
६. दीपा लुइँटेल (अनुसन्धान सहायक)
७. प्रविन श्रेष्ठ (अनुसन्धान सहायक)
८. प्रा. डा. पुन्य प्रसाद रेग्मी (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
९. प्रा. डा. तारा निधि भट्टराई (उपाध्यक्ष)
१०. प्रा. डा. माधव पोखरेल (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
११. डा. मंजेश्वरी सिंह (सहसचिव)
१२. मुना थापा (अनुसन्धान सहायक)
१३. राजेन्द्र खत्री (अनुसन्धान सहायक)
१४. राम हरि गैरे (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
१५. डा. रुद्र सुवाल (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
१६. बिनिता शाही (अनुसन्धान सहायक)
१७. डा. नवराज खतिवडा (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
१८. डा. शिखा थापा मगर (कार्यकारी निर्देशक)
१९. डा. शंकर श्रस्था (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
२०. डा. सुनिल बाबु श्रेष्ठ (वरिष्ठ अनुसन्धान विशेषज्ञ)
२१. सार्या थापा मगर (अनुसन्धान सहायक)
२२. श्रेया बजिमय (अनुसन्धान सहायक)

नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट उपस्थिति

१. अशोक पाण्डे (अनुसन्धानकर्ता)
२. आयुष्का के.सी. (इन्टर्न)
३. आशिष भण्डारी (इन्टर्न)
४. गीता न्यौपाने (वरिष्ठ सहायक)
५. कुमारी अलिका (इन्टर्न)
६. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
७. जुना श्रेष्ठ (इन्टर्न)
८. डा. देजिना थापा (विश्लेषक)
९. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
१०. धिरज भट्ट (इन्टर्न)
११. दिपेन्द्र प्रसाद पन्त (सह-अनुसन्धानकर्ता)
१२. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
१३. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
१४. मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
१५. प्राञ्जल रिजाल (विश्लेषक)
१६. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
१७. पर्वत भट्टराई (वरिष्ठ सहायक)
१८. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
१९. विजय कोइराला (इन्टर्न)
२०. रिजा मानन्धर (सह-अनुसन्धानकर्ता)
२१. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
२२. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
२३. सोनिया बस्याल (विश्लेषक)
२४. स्नेही रिजाल (इन्टर्न)
२५. सुविन उलक (ग्राफिक डिजाइनर)