national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२

दायित्व नेपालका फेलोहरूबाट नीतिसम्बद्ध अनुसन्धानहरूको प्रारम्भिक नतिजा प्रस्तुति

दायित्व नेपालका फेलोहरूबाट नीतिसम्बद्ध अनुसन्धानहरूको प्रारम्भिक नतिजा प्रस्तुति

दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप २०२५ कार्यक्रम अन्तर्गत सार्वजनिक नीतिसम्बद्ध अनुसन्धान कार्यमा संलग्न रहनुभएका फेलोहरूले नीति अनुसन्धान प्रतिष्ठानमा उपस्थित भई अनुसन्धानबाट प्राप्त नतिजाहरूको प्रस्तुतीकरण गर्नुभयो ।

यस वर्ष फेलोसिप गर्नुभएका ६ दायित्व फेलोहरू क्रमश: अनुष्का पन्त, आस्था पोखरेल, साएजा अर्याल, सृस्टि गौतम, सुपुन दाहाल र सुसिल खनालले निम्नानुसारका विषयमा प्रस्तुति दिनुभएको थियो ।

-> उद्यममुखी आर्थिक वृद्धिका लागि नेपालमा बौद्धिक सम्पत्ति कानुनको सुदृढीकरण
-> नेपालमा रोजगारमुखी आर्थिक वृद्धिका लागि अलैँची मूल्य शृंखलाको सुदृढीकरण
-> नेपालको निजामती सेवामा प्रशासनिक सुधार आयोगहरूको प्रभावकारिताको विश्लेषण
-> न्यूनतम विकसित देशबाट स्तरोन्नतिको नेपालमा पर्ने आर्थिक प्रभावको विश्लेषण
-> बर्दिया, नेपालमा तरकारी कृषकहरूका लागि स्थानीय बजार प्रणालीको सुदृढीकरण
-> नेपालमा रोजगार सिर्जना र स्थानीय आर्थिक विकासका लागि युवाद्वारा सञ्चालन गरिएका उद्यमहरूको द्रूतीकरण

उहाँहरूले सम्बन्धित विषयमा स्थलगत सर्वेक्षण, केन्द्रित समूह छलफल, मुख्य सूचनादातासँगको अन्तर्वार्ता, विभिन्न प्रकाशनहरूको समीक्षा र द्वित्तीयक तथ्याङ्कको विश्लेषणका आधारमा आफ्ना अनुसन्धान नतिजाहरू तयार गर्नुभएको थियो ।

प्रस्तुतिहरूमाथि प्रतिष्ठानका अध्येताहरू लक्ष्मण भट्टराई, डा. हरि शर्मा न्यौपाने, डा. मोहन कुमार शर्मा, डा. दीपक कुमार खड्का, डा. खगनाथ अधिकारी, डा. कल्पना खनाल, अशोक पाण्डे, डा. निरञ्जन देवकोटा, डा. प्रदीप पन्थी, दिपेन्द्र प्रसाद पन्त, सोनिया बस्याल र सुधीर श्रेष्ठले आफ्ना विज्ञता र अनुभवका आधारमा टिप्पणी गर्नुभएको थियो ।

सरकारी तवरभन्दा बाहिरबाट हुने नीति अनुसन्धानहरूका सिफारिसहरू पनि व्यावहारिक, प्रमाणमा आधारित र सान्दर्भिक हुन सकून् र राष्ट्रको नीति प्रक्रियामा योगदान गरून् भन्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका अध्येताहरूले सार्वजनिक नीतिसम्बन्धी अनुसन्धानमा युवाहरूको संलग्नता गराउने दायित्वको प्रयास प्रशंसनीय भएको समेत बताउनु भयो ।

दायित्वको तर्फबाट उपस्थिति

१. रक्षा सिलवाल (वरिष्ठ प्रशासकीय संयोजक)
२. अदिति उपाध्याय (संयोजक)
३. सौर्या पण्डित (इन्टर्न)
४. अनुष्का पन्त (इन्टर्न)
५. आस्था पोखरेल (इन्टर्न)
६. साएजा अर्याल (इन्टर्न)
७. सृस्टि गौतम (इन्टर्न)
८. सुपुन दाहाल (इन्टर्न)
९. सुशील खनाल (इन्टर्न)

नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट उपस्थिति

१. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
२. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
७. अशोक पाण्डे (अनुसन्धानकर्ता)
८. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
९. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१०. दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
११. सोनिया बस्याल (विश्लेषक)
१२. सुधीर श्रेष्ठ (विश्लेषक)
१३. पर्वत भट्टराई (वरिष्ठ सहायक)
१४. जुना श्रेष्ठ (इन्टर्न)
१५. बलिहांग लिम्बू (इन्टर्न)
१६. सतिस सापकोटा (इन्टर्न)