प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

व्यापार सहजीकरणको आधुनिकीकरणसम्बन्धी अध्ययन परियोजनामा हस्ताक्षर

व्यापार सहजीकरणको आधुनिकीकरणसम्बन्धी अध्ययन परियोजनामा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका बीच व्यापार सहजीकरणको आधुनिकीकरणसम्बन्धी अध्ययनका लागि २०७७ साल फागुन १८ गते एक परियोजनामा हस्ताक्षर सम्पन्न भएको छ ।


नेपालको व्यापार अवस्थाको विश्लेषण गरी निर्यात प्रवद्र्धनबाट कसरी निरन्तर बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यात प्रवद्र्धन तथा सहजीकरणका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको भूमिका पहिचान गर्ने उद्देश्य यस अध्ययनको छ । यसरी नै नेपाली उत्पादन निर्यातको लागि सम्भावित वैदेशिक बजार प्रवेश गर्ने रणनीति पहिचान गर्ने, क्षेत्रीय, द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको विस्तृत अध्ययनमार्फत नेपालले निर्यात गर्नसक्ने बजार पहिचान गर्ने र व्यापार सहजीकरणमा कूटनीतिक नियोगहरूमा देखिएको दरार पहिचान गर्ने यस अध्ययनका खास उद्देश्यहरू रहेका छन् ।


प्रतिष्ठानका अध्यक्ष डा. विष्णु राज उप्रेती र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले दुवै संस्थाका अन्य पदाधिकारीसमेतको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।