नीति अनुसन्धान प्रतिष्ठान र वैदेशिक मामिला प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान र वैदेशिक मामिला प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान (PRI) र वैदेशिक मामिला प्रतिष्ठान (IFA) ले २०७७ आश्विन ४ गते  आपसी हितका क्षेत्रमा सहकार्य सुनिश्चित गर्न एक समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेका छन्। यस समझदारी पत्रमार्फत दुवै थिङ्क ट्याङ्कहरूले अनुसन्धान र प्रकाशन, विशेषज्ञता तथा स्रोत साधनको आदान–प्रदान, कार्यशाला/सेमिनार आयोजना, र अन्य शैक्षिक संस्था तथा निकायसँग बहुपक्षीय सहकार्यमा संलग्न हुन सक्ने व्यवस्था भएको छ।

उक्त अवसरमा दुवै संस्थाले दक्षिण एसिया र चीनका प्रमुख थिङ्क ट्याङ्कहरूमा संयुक्त अध्ययन गर्ने प्रारम्भिक विचारहरू विचार विमर्श  गरेका छन्। साथै, व्यापार सहजिकरणमा देखिएका चुनौतीहरूको अध्ययन गर्ने सम्भावित क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

नीति अनुसन्धान प्रतिष्ठान (PRI) तर्फ डा. विष्णु राज उप्रेती (कार्यकारी अध्यक्ष), डा. दीपक कुमार खड्का (अनुसन्धान विभाग प्रमुख), श्री पुरुषोत्तम तिवारी (कार्यालय प्रमुख), डा. मुकुन्द कट्टेल (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख), र डा. अनुज तिवारी (सह–अनुसन्धान फेलो) उपस्थित थिए। IFA तर्फ श्री राजेश श्रेष्ठ (कार्यकारी निर्देशक), डा. रूपक सापकोटा (उप–कार्यकारी निर्देशक), श्री माधवजी श्रेष्ठ (वरिष्ठ स्रोत व्यक्ति), र श्री मातृका पौड्याल (स्रोत व्यक्ति/प्रवक्ता) उपस्थित थिए।