प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठान बीच सहकार्यका लागि सम्झौता सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका बीच २०७७ साल माघ २८ गते प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सभाकक्षमा सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्ण ुराज उप्रेती र प्रशासनिक प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालद्वारा हस्ताक्षरित उक्त सम्झौताअनुसार दुई प्रतिष्ठानहरू नीति अनुसन्धान, सार्वजनिक नीति सम्वाद, क्षमता विकास, अनुसन्धान प्रतिवेदन प्रकाशन, अनुसन्धान गुणस्तर अभिवृद्धि, मानक निर्धारण तथा अनुसन्धान आचार लगायातका विषयमा सहकार्य गर्न सहमत भएका छन् ।