प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठानको मासिक कर्मचारी बैठक सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानको मासिक कर्मचारी बैठक सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठान (PRI) को सातौं मासिक कर्मचारी बैठक २०७२ असार ३०  गते सम्पन्न भएको छ। केही समयदेखि स्थगित हुँदै आएको मासिक बैठकलाई यस बैठकमार्फत पुनः नियमित गरिएको हो।

बैठकमा कर्मचारी तथा व्यवस्थापनबीच अनुभव, विचार र जानकारी आदान–प्रदानमार्फत संस्थागत एकता, आपसी सम्बन्ध र स्वामित्वबोध मजबुत पार्ने उद्देश्य राखिएको थियो। साथै, अघिल्लो महिनाका गतिविधिहरूको समीक्षा गर्दै आगामी महिनाका प्राथमिकताबारे छलफल गरिएको छ।

बैठकमा सहभागी सबै कर्मचारीले आफ्ना विचार व्यक्त गर्ने अवसर पाए भने बैठकले दैनिक कार्य, व्यक्तिगत शिष्टाचार तथा कर्मचारीलाई प्रदान गरिने सुविधा सम्बन्धी केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।