वि.सं:
नेपाल संवत: ११४६ कछलागा द्वितीया - १७
१६ चैत, २०७७
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मस्यौदा गरेको राष्ट्रिय कृषिनीति २०७७ माथि छलफल गर्न प्रतिष्ठानले २०७७ साल चैत १७ गते अनलाइन छलफलको आयोजना ग¥यो । मन्त्रालयले प्रतिष्ठानलाई सो मस्यौदामा समीक्षा गरिदिन अनुरोध गरेबमोजिम आयोजित छलफलमा कृषकका पेसागत समूह, कृषिविज्ञ, अनुसन्धानकर्ता तथा मन्त्रालयका अधिकारीको सक्रिय उपस्थिति रहेको थियो ।
मन्त्रालयले उपयुक्त समयमा मस्यौदा गरी ल्याएको नीतिप्रति उपस्थित विज्ञहरूले खुसी व्यक्त गर्दै छलफलका लागि आमन्त्रण गरेकोमा आभारसमेत व्यक्त गर्नुभएको थियो । उहाँहरूले नीतिमा सुधार गर्नुपर्ने धेरै विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो । प्राप्त सुझावहरू सङ्कलन गरी र आफ्ना दृष्टिकोणसमेत समावेश गरी प्रतिष्ठानले मन्त्रालयलाई सुझाव दिनेछ ।