प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

जनप्रशासन क्याम्पसका विद्यार्थीहरूसँग नीति अनुसन्धान प्रतिष्ठानमा सार्वजनिक नीति र अनुसन्धान विषयमा अन्तर्क्रिया सम्पन्न

जनप्रशासन क्याम्पसका विद्यार्थीहरूसँग नीति अनुसन्धान प्रतिष्ठानमा सार्वजनिक नीति र अनुसन्धान विषयमा अन्तर्क्रिया सम्पन्न

त्रिवि जनप्रशासन क्याम्पसको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले जनप्रशासन स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि सार्वजनिक नीति र अनुसन्धान विषयमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्माले स्वागत मन्त्तव्य दिनुभएको थियो भने जनप्रशासन क्याम्पसका उपप्रध्यापक जानकी कुमारी शर्माले कार्यक्रमबाट गरिएको उपलब्धिको अपेक्षाबारे संक्षिप्त मन्तव्य राख्नुभएको थियो । त्यसपछिको मूल कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा दीपक कुमार खड्काले “नीति अनुसन्धान प्रतिष्ठानले कसरी नीति अनुसन्धानबाट सिर्जित भरपर्दो ज्ञान मार्फत् सरकारलाई मद्दत गर्दछ” भन्ने विषयमा र प्रतिष्ठानका सह-अनुसन्धानकर्ता डा‍ झम कुमार विश्वकर्माले “नेपालमा नीति निर्माण: परिदृष्य र नीति प्रक्रियाको पुन:प्रारूपीकरण” विषयमा प्रस्तुति दिनुभएको भयो । प्रस्तुतिको दौरानमा विद्यार्थीहरूको केही विषयमा राय लिन मतगणना पनि गरिएको थियो । प्रस्तुतिपछि विद्यार्थीहरूले राखेका विविध जिज्ञासामा प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले जवाफ दिनुभएको थियो । विद्यार्थीहरूले नीति अनुसन्धान प्रतिष्ठानको भूमिका र योगदान, नीति सिफारिसहरूको कार्यान्वयनको अवस्था, राजनीतिक दलहरूको भूमिका, नीति निर्माणमा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता, नीति र कार्यान्वयनको खाडल, प्रतिष्ठानको आगामी योजना आदि विषयहरूमा जिज्ञासाहरू राखेका थिए । विद्यार्थीका जिज्ञासाका उत्तर डा झम कुमार विश्वकर्मा, डा दीपक कुमार खड्का, डा हरि शर्मा न्यौपाने र प्रा डा लेखनाथ शर्माले दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा समापन मन्तव्य दिनुहुँदै गर्नु हुँदै प्रा डा लेखनाथ शर्माले प्राज्ञिक अनुसन्धान र नीति अनुसन्धानको भेद, नीति अनुसन्धानको प्रयोजन र प्रभावका विभिन्न आयाम, नीति निर्माणका कारक, जनप्रशासन शिक्षाको सान्दर्भिकता लगायत विषयमा विचार राख्नुभएको थियो । अन्तर्क्रिया कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा हरि शर्मा न्यौपानेले गर्नु भएको थियो । विद्यार्थीहरूले यस कार्यक्रमबाट निकै लाभान्वित भएको बताए ।

उपस्थिति

जन प्रशासन क्याम्पस
१. जानकी कुमारी शर्मा (उपप्राध्यापक)
२. अनिता बराम (विद्यार्थी)
३. उमेश कुमार शाही (विद्यार्थी)
४. उर्मिला कार्की (विद्यार्थी)
५. केशव जङ्ग खड्का (विद्यार्थी)
६. खेमराज ढकाल (विद्यार्थी)
७. गणेश प्रसाद भट्ट (विद्यार्थी)
८. गोकुल पौडेल (विद्यार्थी)
९. चित्र राज नौन्याल (विद्यार्थी)
१०. जानुका दाहाल (विद्यार्थी)
११. टेक बहादुर साउद (विद्यार्थी)
१२. तारा अधिकारी (विद्यार्थी)
१३. दिपक बहादुर धाउक (विद्यार्थी)
१४. प्रतिमा गुरागाईं (विद्यार्थी)
१५. प्रदिप प्रसाद दुवाडी (विद्यार्थी)
१६. प्रशान्त खनाल (विद्यार्थी)
१७. बसन्त पुरी (विद्यार्थी)
१८. बालकृष्ण लामा (विद्यार्थी)
१९. मनोज घिमिरे (विद्यार्थी)
२०. मिना जोशी (विद्यार्थी)
२१. मिलन केसी (विद्यार्थी)
२२. राजेश यादव (विद्यार्थी)
२३. लक्ष्मी खड्का (विद्यार्थी)
२४. विजय खरेल (विद्यार्थी)
२५. सन्दीप भट्ट (विद्यार्थी)
२६. सरस्वती संज्याल (विद्यार्थी)
२७. सुजाता न्यौपाने तिमल्सेना (विद्यार्थी)

नीति अनुसन्धान प्रतिष्ठान
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. मुक्ति रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. झम कुमार विश्वकर्मा (अनुसन्धानकर्ता)
७. डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
८. अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
९. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
१०. अस्मिता रिजाल (इन्टर्न)
११. कुशल थपलिया (इन्टर्न)
१२. ज्योति लुइँटेल (इन्टर्न)
१३. डेमिज महर्जन (इन्टर्न)
१४. दिजा बस्ताकोटी (इन्टर्न)
१५. प्राञ्जल रिजाल (इन्टर्न)
१६. रक्षा अर्याल (परामर्शदाता)
१७. सोनिया बस्याल (इन्टर्न)

कार्यक्रमको फोटोहरुका लागि यहाँ क्लिक गर्नु होला