logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८

शिक्षाशास्त्र र शिक्षक शिक्षासम्बन्धी नीतिगत बहस सम्पन्न

शिक्षाशास्त्र र शिक्षक शिक्षासम्बन्धी नीतिगत बहस सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल शिक्षाशास्त्री समाजको सहकार्यमा शिक्षाशास्त्र र शिक्षक शिक्षासँग सम्बन्धित सरोकारवालाहरूको सहभागितामा एक सार्वजनिक नीति संवाद कार्यक्रम सम्पन्न भयो । विद्यालय शिक्षा विधेयक संसदबाट पारित हुने क्रममा रहेको सन्दर्भमा शिक्षाशास्त्र र शिक्षक शिक्षाको सम्बन्धमा नेपाल सरकारले लिनुपर्ने सुस्पस्ट नीतिगत अवधारणाबारे छलफल गरी प्राप्त निष्कर्षको आधारमा नेपाल सरकारसमक्ष नीतिगत सुझावहरू प्रस्तुत गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सदस्य, नेपालको शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षाविद्हरू, विभिन्न विश्वविद्यालयका प्राध्यापक, शिक्षक संघहरूका प्रतिनिधि लगायत नेपाल शिक्षाशास्त्री समाजमा आबद्ध भएका विद्वतवर्ग र नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धाताहरूको उपस्थिति रहेको थियो । प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता, डा. मोहन कुमार शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

उपस्थित सहभागीहरूलाई स्वागत गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्ष, प्रा. डा. लेखनाथ शर्माले अन्तर्राष्ट्रिय सन्दर्भमा उपयुक्त मानिएका विविध संरचनागत परिवर्तनहरू नेपालमा समेत अवलम्बन गर्नु उचित हुन्छ वा हुँदैन भन्ने यकिन गर्न सरोकारवालाहरूको राय र पर्याप्त अनुसन्धान दुवै अपरिहार्य रहेकोमा जोड दिनुभयो । प्रतिनिधि सभाका माननीय सदस्य सुमना श्रेष्ठले सभामा पेस हुने विधेयक तथा त्यसउपर हुने छलफल र संशोधनका प्रस्तावहरूबारे सरोकारवाला निकाय तथा विद्वत वर्ग जानकार हुनुपर्ने र सोहीअनुसार उहाँहरूबाट प्राप्त सुझाव मनन गरी आवश्यक पहलकदमी गर्न समिति तत्पर रहेको उल्लेख गर्नुभयो ।

छलफलको प्रारम्भमा प्रा. डा. बासुदेव काफ्लेले शिक्षक शिक्षाको संरचनामा आवश्यक सुधारबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले शिक्षक शिक्षा र शिक्षक तालिम/तयारीबिचको तात्विक भिन्नता के छ, शिक्षक शिक्षा एक विषय मात्र हो या विधा नै हो र शिक्षक शिक्षाले शिक्षा प्रणालीमा कस्तो रूपान्तरण ल्याउन सक्छ भन्ने जस्ता विषयवस्तु उठान गर्नुभएको थियो । त्यसपछि शिक्षाशास्त्र र शिक्षक शिक्षाको औचित्य र अपरिहार्यताबारे छोटो प्रस्तुतीकरण मार्फत प्रा. डा. पेशल खनालले छलफलको मुख्य विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रममा शिक्षाशास्त्रको सान्दर्भिकता तथा विद्यालय शिक्षामा शिक्षक प्रवेशको न्यूनतम योग्यताका बारेमा छलफल गर्दै शिक्षक शिक्षा (बी.एड/एम.एड) को सबलीकरण, विभिन्न विश्वविद्यालयका कार्यक्रमबीच समन्वय र एकरूपता, र विद्यालय शिक्षा र उच्च शिक्षाका नीतिमा समावेश हुनुपर्ने विषयमा सहभागीहरूले आ-आफ्ना राय प्रदान गर्नु भएको थियो ।

सहभागीहरूबाट प्राप्त राय सुझावहरूको मुख्य सार प्रस्तुत गर्दै नेपाल शिक्षाशास्त्री समाजका अध्यक्ष प्रा. डा. तीर्थराज पराजुलीले शिक्षक शिक्षाको गुणस्तर सुनिशिचित गर्न शिक्षक आफैँ पनि जवाफदेही हुनुपर्ने विषयलाई आत्मसात् गर्दै समग्र शिक्षा प्रणालीको सुधारका लागि नीतिगत पहल आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको औपचारिक समापन प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले गर्नुभएको थियो ।

आमन्त्रित सहभागीहरू
१. माननीय सुमना श्रेष्ठ (सांसद, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्रतिनिधि सभा)
२. प्रा. डा. लवदेव अवस्थी (पूर्वअध्यक्ष, भाषा आयोग तथा सहसचिव, नेपाल सरकार)
३. प्रा. डा. विद्यानाथ कोइराला (त्रिभुवन विश्वविद्यालय)
४. प्रा. डा. सुसन आचार्य (त्रिभुवन विश्वविद्यालय)
५. प्रा. डा. चित्र बहादुर बुढाथोकी (त्रिभुवन विश्वविद्यालय)
६. प्रा. डा. भीमसेन देवकोटा (त्रिभुवन विश्वविद्यालय)
७. प्रा. डा. सिद्धिप्रसाद कोइराला (अध्यक्ष, गणित विज्ञान ट्रस्ट नेपाल)
८. डा. बुद्धराज खनिया (सहायक डीन, शिक्षाशास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय)
९. डा. इन्द्रराज उपाध्याय (उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
१०. डा. मिन बहादुर शाही (कार्यकारी निर्देशक, एभरी चाइल्ड काउन्ट्स)
११. डा. विष्णु कार्की (शिक्षाविद्)
१२. लक्ष्मीकिशोर सुवेदी (अध्यक्ष, नेपाल शिक्षक महासंघ)
१३. गुणराज मोक्तान (अध्यक्ष, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल)
१४. साधुराम फुयाल (शिक्षा शाखा प्रमुख, भक्तपुर नगरपालिका)
१५. हेरम्बराज कँडेल (प्रधानाध्यापक, विश्वनिकेतन माध्यमिक विद्यालय)

नेपाल शिक्षाशास्त्री समाजको तर्फबाट सहभागीहरू
१. प्रा. डा. तीर्थराज पराजुली (अध्यक्ष)
२. प्रा. डा. बासुदेव काफ्ले (अध्यक्ष, सल्लाहकार समिति)
३. डा. गङ्गाराम गौतम (सदस्य)
४. डा. प्रेम प्रसाद पौडेल (सदस्य)
५. डा. यशोधरा पन्त (सदस्य)
६. तारा पौडेल (सदस्य)
७. मनोज भण्डारी (सदस्य)

नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट सहभागीहरू
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
३. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
९. अशोक पाण्डे (अनुसन्धानकर्ता)
१०. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
११. डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
१२. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१३. डा. मनिता कुसी (सहअनुसन्धानकर्ता)
१४. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१५. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१६. दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
१७. रिजा मानन्धर (सहअनुसन्धानकर्ता)
१८. सोनिया बस्याल (विश्लेषक)
१९. डा. देजिना थापा (विश्लेषक)
२०. प्राञ्जल रिजाल (विश्लेषक)
२१. सुधिर श्रेष्ठ (विश्लेषक)
२२. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
२३. पर्वत भट्टराई (वरिष्ठ सहायक)
२४. आयुष्का के.सी.(इन्टर्न)
२५. आशिष भण्डारी (इन्टर्न)
२६.बलिहाङ लिम्बु (इन्टर्न)
२७. विजय कोइराला (इन्टर्न)
२८. सतिस सापकोटा (इन्टर्न)
यस कार्यक्रमको फोटोहरूका लागी कृपया यहाँ क्लिक गर्नु होला l