प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

नयाँ इन्टर्नहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

नयाँ इन्टर्नहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानले हालै भर्ना गरिएका नयाँ इन्टर्नहरूलाई स्वागत तथा अभिमुखीकरण गर्नका लागि एक आधा दिवसीय कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा प्रतिष्ठानको अनुसन्धान विभागका प्रमुख डा. हरि शर्मा न्यौपानेले इन्टर्नहरूलाई स्वागत गर्नुभयो र प्रतिष्ठानको प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्रका प्रमुख तथा सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख एवं प्रवक्ता डा. दीपक कुमार खड्काले प्रतिष्ठान, यसको मानव संसाधन, कार्यशैली र अनुसन्धानको गुणस्तरबारे प्रस्तुति दिनु भयो । तत्पश्चात प्रतिष्ठानका केन्द्र प्रमुखहरूले आ-आफ्नो केन्द्रहरूमा भइरहेका अनुसन्धान परियोजनाहरू र इन्टर्नहरूको लागि उनिहरूले योगदान गर्न सक्ने सम्भावित क्षेत्रहरूको रूपरेखा प्रस्तुत गर्नुभयो ।

सहभागिता

इन्टर्नहरू

१. अस्मिता रिजाल
२. उर्मिला कोजु
३. कञ्चन गौतम
४. प्राञ्जल रिजाल
५. लक्ष्मी कँडेल
६. संजोग सिंह कडायत
७. सोनिया बस्याल

अधिकारी तथा अनुसन्धानकर्ताहरू

१. डा. कल्पना खनाल
२. डा. खगनाथ अधिकारी
३. डा. दीपक कुमार खड्का
४. राजेन्द्र सेन्चुरी
५. डा. हरि शर्मा न्यौपाने