प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

बिमस्टेकको भावी कार्यदिशाबारे सार्वजनिक नीति संवाद कार्यक्रमको आयोजना

बिमस्टेकको भावी कार्यदिशाबारे सार्वजनिक नीति संवाद कार्यक्रमको आयोजना

नीति अनुसन्धान प्रतिष्ठानले बिमस्टेकको भविष्यको कार्यदिशाबारे सार्वजनिक नीति संवाद आयोजना गरेको थियो। संवादको उद्देश्य बिमस्टेक प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपालका मनोनित व्यक्तिलाई बिमस्टेकलाई अझ सक्रिय, प्रभावकारी र दक्ष क्षेत्रीय संगठन कसरी बनाउने भन्ने बारे जानकारी दिनु थियो।


बिमस्टेकले बैंकक घोषणा, बिमस्टेक चार्टर, बैंकक भिजन २०३०, बिमस्टेकका गतिविधि र यसको संरचनालाई ध्यानमा राखी आफ्नो भावी दिशाका लागि उपायहरूको सुझाव दिन ईपीजी गठन गरेको छ । नेपाल सरकारले पूर्व परराष्ट्र सचिव, श्रीलङ्काको लागि पूर्व राजदूत तथा संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको पूर्व स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई ईपीजी सदस्यमा मनोनित गरेको छ ।


कार्यक्रममा माननीय परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी हुनु भई उद्घाटन मन्तव्य दिनुभएको थियो । मा. मन्त्रीले सदस्य राष्ट्रको सामाजिक–आर्थिक विकासमा बिमस्टेकको महत्व र सान्दर्भिकता एवं त्यस्ता प्रयासमा छलफल र अनुसन्धानको महत्वमाथि प्रकाश पार्नुभयो । वहाँले यस्तो सान्दर्भिक विषयमा संवाद आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद पनि दिनुभयो ।
सहभागीहरूमा बिमस्टेक फोकल बिन्दुका सरकारी प्रतिनिधिहरू, क्षेत्रगत विज्ञहरु, पूर्व तथा सेवारत कूटनीतिज्ञहरू, शिक्षाविद्हरू र निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बिमस्टेकको कार्यसूची र सवालहरूमा आधारित पृष्ठपोषण दिनुकासाथै सदस्य मुलुकको रूपमा नेपालले कसरी योगदान गर्न र लाभ लिन सक्दछ भन्ने बारे सुझावहरू दिएका थिए ।


परराष्ट्र मन्त्रालयको अनुरोधमा उक्त संवादको आयोजना गरिएको हो ।

सहभागीहरू
अतिथिहरू
१. माननीय श्री एन.पी. साउद (मन्त्री, परराष्ट्र मन्त्रालय)
२. श्री मधुरमण आचार्य (पूर्व सचिव/पूर्व राजदूत)
३. श्री दुर्गाप्रसाद भट्टरार्इ (पूर्व सचिव/पूर्व राजदूत)
४. श्री दीपक धिताल (पूर्व राजदूत)
५. श्री दिनेश कुमार घिमिरे (पूर्व सचिव)
६. श्री पुरूषोत्तम ओझा (पूर्व सचिव)
७. श्री भरतराज पौड्याल (पूर्व सचिव)
८. श्री केशव आचार्य (आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय)
९. श्री रवि शङ्कर सैंजु (पूर्व सहसचिव)
१०. श्री धन बहादुर ओली (सहसचिव, परराष्ट्र मन्त्रालय)
११. श्री रीता धिताल (सहसचिव, परराष्ट्र मन्त्रालय)
१२. श्री भिमार्जुन अधिकारी (सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)
१३. श्री स्किम श्रेष्ठ (सहसचिव, गृह मन्त्रालय)
१४. डा. राजेन्द्र प्रसाद मिश्र (सहसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
१५. श्री कृष्ण प्रसाद सापकोटा (सहसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
१६. श्री वन्दना के.सी. (उपसचिव, गृह मन्त्रालय)
१७. श्री सरोज कुमार पोखरेल (उपसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
१८. श्री मुक्तिराम आचार्य (उपसचिव, अर्थ मन्त्रालय)
१९. श्री सावित्रा ओली (उपसचिव, परराष्ट्र मन्त्रालय)
२०. डा. चक्र पाणि आचार्य (उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय)
२१. श्री गौरी शङ्कर पाण्डे (उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
२२. श्री विश्वास भट्ट (शाखा अधिकृत, परराष्ट्र मन्त्रालय)
२३. श्री राजु महर्जन (सि.डि.इ., ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय)
२४. श्री गोकर्ण राज अवस्थी (महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घ)
२५. डा. पारस खरेल (कार्यकारी निर्देशक, SAWTEE)
२६. डा. रूद्र सुवाल (पूर्व उपमहानिर्देशक)
२७. प्रा. डा. अर्जुन कुमार बराल (कार्यकारी निर्देशक, आर्थिक विकास तथा प्रशासन केन्द्र)
२८. डा. निश्चल नाथ पाण्डे (निर्देशक, CSAS)
२९. श्री मन्जित ढकाल (निर्देशक, Climate Analytics)
३०. श्री वीरेन्द्र बहादुर बुढा (कामु निर्देशक, नेपाल राष्ट्र बैङ्क)
३१. श्री राजेन्द्र सिंह (उपनिर्देशक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र)
३२. श्री विश्व पराजुली (पूर्व मुलुक प्रतिनिधि, UNDP/FAO)
३३. प्रा. डिल्ली राज उप्रेती (सदस्य, IPRAD)

नीति अनुसन्धान प्रतिष्ठान
१. डा. पुष्प राज राजकर्णिकार (बोर्ड सदस्य)
२. डा. श्यामु थापा मगर (बोर्ड सदस्य)
३. डा. इन्द्र अधिकारी (बोर्ड सदस्य)
४. श्री लक्ष्मण प्रसाद भट्टरार्इ
५. डा. मुक्तिराम रिजाल
६. डा. खग नाथ अधिकारी
७. डा. हरि शर्मा न्यौपाने
८. डा. दीपक कुमार खड्का
९. डा. कल्पना खनाल
१०. डा. झम कुमार विश्वकर्मा
११. श्री राजेन्द्र सेन्चुरी