प्रदेश तहको कानून निर्माण प्रभावकारिता विषयमा बागमती प्रदेश, हेटौँडा विचार विमर्श कार्यक्रम सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठानले हालै बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश विधायिकाको वर्तमान अवस्थाबारे बृहत् छलफल आयोजना गरेको थियो। संस्थानले प्रदेश सभा र सोसँग सम्बन्धित कम-कारबाहीमा विद्यमान कठिनाइ र चुनौतीहरूका बारेमा छलफल गरेको थियो। सरोकारवालाहरूको बृहत्तर समूहसँग बृहत्तर छलफल आयोजना गर्दै प्रदेशको विधायीकी कार्यहरूमा देखिएका नीतिगत चुनौतीहरूलाई पार गर्न समाधानहरूको बारेमा अन्तर्क्रिया गरिएको थियो।प्रतिष्ठानले प्रादेश सभाको विधायीकी कार्य सम्बन्धी अध्ययन गर्न नेपालका सातै प्रदेशमा आयोजना गरेको शृङ्खलाबद्ध कार्यक्रममध्ये यो छलफल सत्रको पहिलो कार्यक्रम थियो। प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा मुक्तिराम रिजालले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै अध्ययनको मुख्य उद्देश्य र विषयवस्तुहरूबारे प्रकाश पर्दै छलफलको प्रारम्भ गर्नुभएको थियो। छलफलको सञ्चालन संविधानसभाका पूर्व सदस्य कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो भने संस्थानका सह-अनुसन्धानकर्ता अशोक पाण्डे र पुरुषोत्तम नेपालले टिप्पणी उठाउनु भएको थिए। कार्यक्रमको व्यवस्थापनमा संस्थानका रिसर्च इन्टर्न कञ्चन गौतमले सहजकर्ताको भूमिकामा काम गर्नु भएको थियो।

छलफलका क्रममा माननीय सभामुख र सांसदहरूले प्रदेशको विधायिकी शक्तिलाई सुदृढ गर्न सरकार, नागरिक समाज र विशेषज्ञहरू बिचको सहकार्यको महत्त्वमा जोड दिनुभएको थियो। साथै, प्रदेश सभाका प्रतिनिधिहरूले बागमती प्रदेशसभाले हासिल गरेका उल्लेखनीय विधायिकी उपलब्धिहरूबारे चर्चा गर्नु भएको थियो। त्यस्तै, सभाको स्वायत्तता अभिवृद्धि गर्न, सरकारद्वारा स्रोतको विनियोजनमा सुधार गर्न र प्रदेश सरकारप्रति उत्तरदायी समर्पित सेवा समूह स्थापना गर्न बारे सुझावहरू  आएका थिए।यो सँगै सभाको स्वायत्तता, श्रोत विनियोजन र विशेष गरी अन्तर-सरकारी समन्वय र व्यवस्थापिका सञ्चालनका सम्बन्धमा प्रश्नहरू पनि उजागर भएको थियो।

विभिन्न मन्त्रालयका सचिवहरूले मन्त्रिपरिषद् हेरफेरका कारण कानुनमा स्पष्टता आउन नसकेको भनी गुनासो पनि गर्नुभएको थियो । साथै, उहाँहरूले अन्तर सरकारी सहकार्य सुधारका लागि गरिएका प्रयासका बारेमा पनि जानकारी दिनुभएको थियो ।र नागरिक समाजले सङ्घीय-प्रान्तीय द्वन्द्व, प्रदेश कानूनप्रति जनचेतनाको कमी, सङ्घीय प्रणालीमा प्रशासनसँग सम्बन्धित चुनौतीहरू जस्ता प्रदेशसभाले सामना गर्नुपर्ने चुनौतीहरू बारे जानकारी गराउनु भएको थियो।

उपस्थित अतिथिहरू (बागमती प्रदेश)
१. मा. सभामुख श्री भुवन कुमार पाठक, बागमती प्रदेश सभा
२. मा. मधुसूदन पौडेल, मुख्य सचेतक,नेकपा एमाले
३. मा. एकालाल श्रेष्ठ, नेकपा, एमाले
४. मा. लक्ष्मीदेवी श्रेष्ठ, नेपाली काँग्रेस,
५. मा. गीता गुरुङ, नेपाली काँग्रेस कृषि स्वास्थ्य समिति
६. मा. प्रेम बहादुर पुलामी, माओवादी
७. मा. ठाकुर प्रसाद ढकाल, नेकपा, माओवादी

कर्मचारीहरू
१. पूर्णबहादुर दर्जी
२. रिपेश दाहाल
३. गंगा लामिछाने
४. कृष्णहरि खड्का
५. मनुका घिमिरे
६. सुन्दर बास्कोटा
७. उमेश थापा
८. हिमा न्यौपाने

सचिवज्यूहरू
१. निश्चलराज पाण्डे, सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशराज दाहाल, सचिव आर्थिक मामिला तथा योजना मन्त्रालय
३. हरिशरण पुडासैनी, सचिव, संस्कृति तथा पर्यटन मन्त्रालय
४. राजेन्द्रकुमार केसी, सचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
५. पूर्णबहादुर दर्जी, प्रदेश सभा कार्यालयको सचिव, बागमति प्रदेश
६. ध्रुव गैँडा, सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
७. इन्द्रदेव भट्ट, सचिव खानेपानी, ऊर्जा तथा  सिंचाइ मन्त्रालय
८. नरबहादुर थापा, उपाध्यक्ष, प्रदेश योजना आयोग,
९. राजेन्द्र कोइराला, सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
१०. सुजन भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्रालय
११. ज्ञान बहादुर
१२. खुपीराम अधिकारी
१३. हरि उपाध्याय, प्रमुख लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालय
१४. रिपेश दाहालजी, प्रदेश सभा सचिवालय

नागरिक समूहसँग छलफल
१. गंगा लामिछाने
२. अस्मी लामिछाने
३. डा. रामचन्द्र सापकोटा
४. सबिना तामाङ
५. राम बिस्ट​​​​​​​
६. सुरेश श्रेष्ठ
७. किशोर दाहाल
​​​​​​​८. आरती पाठक