November 26, 2021
मिति: २०७८ मंसिर १० गते
संवादको उद्देश्य: लोकतान्त्रिक प्रणाली सुदृढीकरणका लागि राजनीतिक दलहरू थप संस्थागत हुनुपर्ने आवाज उठिरहेको हालको सन्दर्भमा लोकतन्त्रको सुदृढीकरणका लागि नेपालले के कस्ता समाधानका उपायहरू अवलम्वन गर्नु पर्दछ सो बारे सुझाव लिने ।
कार्यक्रम सञ्चालन विधि: नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई प्रतिष्ठानकै शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्र प्रमुख डा. मुक्ति राम रिजालले सहजीकरण गर्नुभएको थियो। राजनीतिक दल सम्बन्धी ऐन तथा कानुनका जानकार, राजनीतिक विज्ञ, विश्लेषक तथा अनुसन्धानकर्ताहरूसँग भर्चुल विधि मार्फत कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा राजनीतिशास्त्री तथा विश्लेषक डा. सुचेता प्याकुरेल, विश्लेषकहरू निशु थिङ, कर्ण नेपाली, हरि शर्मा, भीम भुर्तेल, शेखर नेउपाने, वामदेव सुवेदी, यज्ञ भट्टराई, पिंकी गुरुङ, नेपाल ल क्याम्पसका तेजमान श्रेष्ठ, राष्ट्रिय सभा सांसद विमला राई पौडेल, नेपाल सरकारका पूर्वसचिव मानबहादुर विश्वकर्माले आफ्नो विचार राख्नु भएको थियो।
संवाद कार्यक्रममा उठेका सान्दर्भिक र प्रमुख सवाल तथा सुझावहरू: