प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

नीति अनुसन्धान प्रतिष्ठान र सङ्घीय संसद सचिवालय बिच विधेयक, कानून, संसदीय अभ्यास लगायतका विषयमा अध्ययन अनुसन्धान सहकार्य तथा बौद्धिक स्रोतहरूको आदानप्रदानको लागि समझदारीपत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान र सङ्घीय संसद सचिवालय बिच विधेयक, कानून, संसदीय अभ्यास लगायतका विषयमा अध्ययन अनुसन्धान सहकार्य तथा बौद्धिक स्रोतहरूको आदानप्रदानको लागि समझदारीपत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान र सङ्घीय संसद सचिवालय बिच विधेयक, कानून, संसदीय अभ्यास लगायतका विषयमा अध्ययन अनुसन्धान, नीतिगत विषयहरूमा द्रुत अध्ययन र परामर्श, नीति संवाद, अनुसन्धान क्षमता विकास, सूचना, तथ्याङ्क, पुस्तकालय र बौद्धिक स्रोतहरूको आदानप्रदान, नीति अनुसन्धानमा संसद्को अनुभव र ज्ञानको संयोजन, नीति नवप्रवर्तन, तथा नीति तथा कानून निर्माण सम्बन्धी विषयमा संसदीय समितिहरूसँग सहकार्यको लागि सङ्घीय संसद सचिवालयमा दुवै पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा सङ्घीय संसद सचिवालयका सह-सचिव बबिता मिश्र र उपसचिव श्री विकास बोहरा तथा नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण भट्टराई र अनुसन्धान विभाग प्रमुख डा. हरि शर्मा न्यौपानेले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर पछि भएको सङ्क्षिप्त छलफलमा सङ्घीय संसद सचिवालयका सचिव श्री सुदर्शन खड्काले यस वर्ष गर्न सकिने नीति अध्ययन, नीति संवाद र सांसद भेटघाट बारेमा सुझाव राख्नुभयो । सचिवालय र प्रतिष्ठानले थप छलफल गरी छिट्टै सहकार्यका कार्यक्रमहरू तय गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा उपस्थिति
१. सङ्घीय संसद सचिवालय
२. श्री सुदर्शन खड्का
३. श्री बबिता मिश्र
४. श्री विकास बोहरा

नीति अनुसन्धान प्रतिष्ठान
१. श्री लक्ष्मण भट्टराई
२. डा. हरि शर्मा न्यौपाने
३. डा. दीपक कुमार खड्का
४. श्री गोपाल आचार्य