प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

सम्माननीय प्रधानमन्त्रीज्यूसँग नीति अनुसन्धान प्रतिष्ठानको प्रतिनिधिमण्डलको भेटघाट

सम्माननीय प्रधानमन्त्रीज्यूसँग नीति अनुसन्धान प्रतिष्ठानको प्रतिनिधिमण्डलको भेटघाट

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग मिति २०८१ साल बैशाख १४ गते नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रमुख श्री लक्षमण प्रसाद भट्टराईको संयोजकत्वमा गएको एक प्रतिनिधिमण्डलले भेटघाट गरी प्रतिष्ठानले गरिरहेका कार्यहरू र गतिविधिहरू बारेमा अवगत गरायो । सो प्रतिनिधिमण्डलले प्रतिष्ठानबाट सम्पन्न भएका र जारी रहेका नीति अनुसन्धानबारे छोटकरीमा प्रकाश पार्दै आगामी आर्थिक वर्षमा पनि नेपाल सरकारको लागि आवश्यक पर्ने नीति अनुसन्धान कार्यहरू सञ्चालन गरिने भएको व्यहोरा अवगत गरायो ।

प्रतिनिधिमण्डलले विगत एक वर्षभन्दा बढी समयदेखि कार्यकारी अध्यक्षको पद रिक्त रहेको र यसबाट प्रतिष्ठानको कार्य सम्पादनमा असर परेको हुँदा यथाशीघ्र कार्यकारी अध्यक्षको नियक्तिको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष अनुरोध समेत गरेको थियो ।

सम्माननीय प्रभानमन्त्रीले प्रतिष्ठानले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी प्रमाणमा आधारित अनुसन्धान कार्य गरी नीति सिफारिस गर्न सुझाव दिनुहुँदै नेपाल सरकारबाट कार्यकारी अध्यक्षको नियुक्ति केही दिनभित्रै हुने आश्वासन समेत दिनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानको उपर्युक्त प्रतिनिधिमण्डलमा कार्यालय प्रमुख श्री लक्ष्मण प्रसाद भट्टराई, अनुसन्धान विभाग प्रमुख डा. हरि शर्मा न्यौपाने तथा परराष्ट्र नीति तथा रणनीतिक मामिला केन्द्र प्रमुख डा. खगनाथ अधिकारी संलग्न हुनुहुन्थ्यो ।