नीति अनुसन्धान प्रतिष्ठान बोर्डका सदस्यहरू र प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ताहरूबिच अन्तरक्रिया

An interaction between the Board Members and the Research Staff of the Policy Research Institute was held

नीति अनुसन्धान प्रतिष्ठान सञ्चालक समिति (बोर्ड) का सदस्यहरू र प्रतिष्ठानका विभागीय प्रमुखहरू एवं केन्द्र प्रमुखहरू बिच प्रतिष्ठानमा भइरहेका नीति अध्ययन अनुसन्धान कार्यक्रमहरूको प्रगति सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रम भयो । यस कार्यक्रममा प्रतिष्ठानले हाल सञ्चालन गरिरहेका अध्ययन अनुसन्धान कार्यहरूको प्रगति अवस्था, सफल कार्यसम्पन्नताको लागि योजना र मार्गचित्र, जिम्मेवारीको बाँडफाट, परामर्शदाताहरूको कार्यसंयोजन, वित्तीय अवस्था र आगामी वर्षको अनुसन्धान कार्यक्रमको लागि पूर्वतयारी सम्बन्धमा जानकारीको प्रस्तुति र त्यसमा बोर्ड सदस्यहरूले टिप्पणी, सुझाव र निर्देशनहरू दिनुभयो । यस अन्तर्क्रियाले प्रतिष्ठानका अनुसन्धानकर्ताहरूमा ऊर्जा, कार्यक्रममा स्पष्टता र बोर्ड सदस्यहरू र प्रतिष्ठानका अधिकारीहरूबिच घनिष्ठता थपेको छ ।

उपस्थिति
१. प्रा. डा. अरबिन्द कुमार केशरी
२. डा. श्यामु थापा मगर
३. डा. इन्द्र कुमारी अधिकारी
४. श्री लक्ष्मण प्रसाद भट्टराई
५. डा. हरि शर्मा न्यौपाने
६. डा. मुक्ति राम रिजाल
७. डा. खगनाथ अधिकारी
८. डा. कल्पना खनाल
९. डा. दीपक कुमार खड्का