national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७

नेपालमा बीउ बिजन क्षेत्रका समस्या र तिनको सम्बोधनका उपायहरू विषयक सार्वजनिक नीति संवाद सम्पन्न ।

नेपालमा बीउ बिजन क्षेत्रका समस्या र तिनको सम्बोधनका उपायहरू विषयक सार्वजनिक नीति संवाद सम्पन्न ।

नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय बीउ बिजन नीति २०५६ को समीक्षा गरिरहेको छ । यस अध्ययनमा सो नीति जारी भए यता बनेका बीउ बिजनसम्बन्धी ऐन, नियमावली, राष्ट्रिय दीर्घकालीन सोच, निर्देशिका, कार्यविधि र मापदण्डहरूसहित बीउ बिजन सम्बन्धी सम्पूर्ण नीतिहरूको समीक्षा, लक्षित जनसङ्ख्या र सरोकारवालाले भोगिरहेका समस्या र अपेक्षाबारे सर्वेक्षण र विज्ञ तथा नीतिनिर्माताहरूको विचारको अध्ययन गरिनेछ । यसै सिलसिलामा बीउ बिजनका सरोकारवाला सङ्गठित किसान र व्यापारी, गैर सरकारी संस्था र उच्च तहका कर्मचारीहरूसँग नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा बीउ बिजन क्षेत्रका समस्या र तिनको सम्बोधनका उपायहरू विषयक सार्वजनिक नीति संवाद कार्यक्रम आयोजना गरेका छ ।

विभिन्न क्षेत्रका २४ जना प्रतिनिधि सहभागी हुनुभएको यस कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराईले सहभागीहरूको स्वागत गर्नु भएको थियो । प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपानेले अनुसन्धान परियोजनाको परिचय दिनुभएको थियो भने कार्यक्रमको सुरूमा  प्रतिष्ठानका परामर्शदाता श्री युवराज पाण्डेले नेपालमा बीउ बिजन क्षेत्रका अवस्थाबारे छोटो प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा सहभागीहरूबाट उन्नत बीउ बिजनको लागि अनुसन्धान तथा विकास; बीउ बिजन उत्पादन, उद्यम तथा व्यापार; रैथाने बीउ बिजनको संरक्षण र उपयोग; आयात, निर्यात, माग र आपूर्तिको अवस्था; र बीउ बिजन नीतिको परिमार्जन र अद्यावधिकरण आदि विषयमा सुझावहरू प्राप्त भए । संवाद कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले गर्नुभएको थियो । प्रतिष्ठानले छिट्टै बीउ बिजन उत्पादक, व्यापारी र प्रयोगकर्ता किसानको सर्वेक्षण गरी नीति समीक्षा अध्ययन सम्पन्न गर्नेछ ।

उपस्थिति

आमन्त्रित अतिथिहरू
१. प्रा. डा. कन्हैया प्रसाद सिंह (डीन, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिवि)
२. डा. रामकृष्ण श्रेष्ठ (सहसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
३. डा. हरि बहादुर के.सी (महानिर्देशक, योजना अनुगमन तथा व्यवस्थापन महाशाखा,  कृषि विभाग)
४. डा. कृष्ण कुमार मिश्र (सदस्य, राष्ट्रिय बीउ बिजन समिति)
५. डा. तारा बहादुर घिमिरे (परामर्शदाता, नेपाल बीउ बिजन तथा मलखाद परियोजना, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र)
६. श्री उज्ज्वला शाह श्रेष्ठ (बाली विकास अधिकृत, बाली विकास शाखा, कृषि विभाग)
७.श्री कला बुढा मगर (बाली विकास अधिकृत, कृषि सुचना तथा प्रशिक्षण केन्द्र)
८. श्री कृष्ण कुमार खड्का (विभागीय प्रबन्धक, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड)
९. श्री तोया गौतम (सचिव, फरवार्ड नेपाल)
१०. श्री दीनेश प्रसाद सापकोटा (वरिष्ठ बा. वि. अ., तरकारी बाली विकास केन्द्र)
११. श्री दीपेश न्यौपाने (व. का. अ., लिबर्ड)
१२. श्री नारायण भण्डारी (केन्द्रीय सचिव, नेपाल बीउ व्यवसायी संघ)
१३. श्री पूण्य प्रसाद उपाध्याय (महाशाखा प्रमुख, कृषि सामग्री कम्पनी लिमिटेड)
१४. श्री प्रकाश कुमार सन्जेल (प्रमुख, कृषि सूचना तथा प्रशिक्षण केन्द्र)
१५. श्री बेनु प्रसाद प्रसाईं (प्रमुख, बीउ बिजन गुण नियन्त्रण शाखा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
१६. श्री मधु शर्मा ओझा (कृषि अधिकृत, कृषि सामग्री कम्पनी लिमिटेड)
१७. श्री रामहरि शर्मा (सचिव, राष्ट्रिय कृषक समूह महासंघ)
१८. श्री रिती सिंह (वरिष्ठ अधिकृत, बागवानी विकास शाखा, कृषि विभाग)
१९. श्री वसन्त चन्द्र मरहट्टा (अध्यक्ष, नेपाल बीउ व्यवसायी संघ)
१९. श्री विकाश खरेल (वाग. वि. अ., राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र)
२०. श्री विनोद कुमार भट्टराई (परियोजना निर्देशक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना)
२१. श्री विष्णु प्रसाद पोख्रेल (नि प्रबन्ध निर्देशक, कृषि सामग्री कम्पनी)
२२. श्री शारदा निरौला (सदस्य, राष्ट्रिय बीउ बिजन समिति)
२३. श्री सरिता मानन्धर (वैज्ञानिक, राष्ट्रिय बीउ विज्ञान प्रविधि अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्)

नीति अनुसन्धान प्रतिष्ठान
१. श्री लक्ष्मण प्रसाद भट्टराई
२. डा. दीपक कुमार खड्का
३.डा. हरि शर्मा न्यौपाने
४.डा. मुक्ति राम रिजाल
५. श्री बिमल चन्द्र शर्मा
६. श्री कुशल थपलिया
७. श्री ज्योती लुइँटेल
८. श्री डेमिज महर्जन
९. श्री रक्षा अर्याल
१०. श्री सन्जोग सिंह कडायत
११. श्री सोनिया बस्याल