प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

छुवाछुत तथा भेदभाव विरुद्धका जाहेरी, कानूनी परिणाम र सामाजिक प्रभाव सम्बन्धी अध्ययनको लागि स्थलगत सर्वेक्षणको तयारी छलफल

छुवाछुत तथा भेदभाव विरुद्धका जाहेरी, कानूनी परिणाम र सामाजिक प्रभाव सम्बन्धी अध्ययनको लागि स्थलगत सर्वेक्षणको तयारी छलफल

नीति अनुसन्धान प्रतिष्ठानले संविधानको धारा २४ ले प्रत्याभुत गरेको छुवाछूत तथा भेदभाव विरुद्ध मौलिक हकको व्यावहारिक कार्यान्वयनको सन्दर्भमा छुवाछूत तथा भेदभाव विरुद्धका जाहेरी, कानूनी परिणाम र सामाजिक प्रभावको अध्ययन गरिरहेको छ । यस अध्ययनको सिलसिलामा जातीय विभेद भोगी व्यक्तिहरूसँग प्रत्यक्ष अन्तर्वार्ता गरेर गरिने स्थलगत सर्वेक्षणको लागि तयार गरिएको शोध उपकरणमा छलफल र स्थलगत भ्रमणको योजना निर्माणको लागि यस अध्ययनमा सम्मिलित परामर्शदाताहरू र सहयोगीहरूको एक छलफलको आयोजना भयो । छलफलबाट अध्ययनको विशिष्ट उद्देश्य र प्रश्नावलीमा थप स्पष्टता आउनुको स्थलगत भ्रमणको लागि तयारी भएको छ । जातीय विभेदभोगी व्यक्तिले विभेदको विरुद्ध राज्य संयन्त्रको सहयोग लिन आउँदा भोगेको यथार्थ अनुभवको दस्तावेजीकरण र विश्लेषणको आधारमा नीति सिफारिस तयार गर्नु यस अध्ययनको प्रमुख लक्ष्य रहेको छ ।

सहभागी

१. डा. दीपक कुमार खड्का (संयोजक)
२. श्री हिरा विश्वकर्मा (परामर्शदाता)
३. श्री मोहन सिंह सुनार (परामर्शदाता)
४. श्री राजेन्द्र सेन्चुरी (अनुसन्धानकर्ता)
५. श्री दल बहादुर विश्वकर्मा (सहयोगी)
६. श्री मन्जु विश्वकर्मा (सहयोगी)
७. श्री प्रकेश धौलाकोटी (सहयोगी)
८. श्री लालबाबु राम महरा (सहयोगी)
९. श्री दिल बहादुर (सरोजदिलु) विश्वकर्मा (सहयोगी)