नेपालमा युवा नीतिहरूको कार्यान्वयनको अवस्था र युवाहरूको वर्तमान आवश्यकता, समस्या र अवसरहरूलाई सम्बोधन गर्न आवश्यक नीतिगत उपायहरूको बारेमा नीति अनुसन्धान प्रतिष्ठानमा एक सार्वजनिक नीति संवादको आयोजना भयो । संवाद कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय र अन्य मन्त्रालयहरूका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद्का र विभिन्न सरकारी निकायका पदाधिकारीहरू, युवा सम्बन्धी गैरसरकारी सङ्गठनहरूका प्रतिनिधिहरू, विद्यार्थी प्रतिनिधिहरू र प्राज्ञहरू सहभागी भएका थिए । कार्यक्रम प्रतिष्ठानका नवनियुक्त कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रारम्भ प्राध्यापक शर्माको मन्तव्य र प्रतिष्ठानका अनुसन्धानकर्ता डा. गिरी राज शर्माको सङ्क्षिप्त प्रस्तुतिबाट भएको थियो । संवाद कार्यक्रमलाई प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले नेपाली युवाहरूले भोगिरहेका समस्याहरू, राज्यको युवालक्षित कार्यक्रमहरूमा भएका अपर्याप्तता, वर्तमान युवा जनसाङ्ख्यिक लाभको अवसर, जरुरी नीतिगत पहल र हस्तक्षेप लगायतका विषयमा आफ्ना विचारहरू र सुझावहरू बाँडेका थिए । संवाद कार्यक्रमको समापन मन्तव्यमा कार्यकारी अध्यक्ष प्राध्यापक शर्माले युवा नीति र शिक्षा नीतिको सम्बन्ध र शिक्षा नीतिहरूको सुधारको निम्ति भइरहेका प्रयासहरूको बारेमा एवं नीति अनुसन्धान प्रतिष्ठानले नीतिलक्षित समुदायको आवाज र अध्ययनबाट प्राप्त तथ्य प्रमाणको आधारमा सरकारलाई नीति सिफारिस गर्ने विषयमा बोल्नुभयो । नीति अनुसन्धान प्रतिष्ठानले आजको संवाद तथा अन्य गुणात्मक अध्ययन, युवा मत सर्वेक्षण, र नीति दस्ताबेजहरू र कार्यक्रमहरूको अध्ययनको समष्टिगत निष्कर्षको आधारमा नीति समीक्षा गरी युवा तथा खेलकुद मन्त्रालयले मस्यौदा गरिरहेको नयाँ नीतिलाई पृष्ठपोषण हुने गरी तथा नीति हस्तक्षेपको लागि मार्गचित्र बन्ने गरी प्रतिवेदन तयार गर्नेछ ।
उपस्थिति
आमन्त्रित अतिथिहरू
१. खुशराज दाहाल (सूचना अधिकृत, राष्ट्रिय खेलकुद परिषद्)
२. दिनेश घिमिरे (प्रशासकीय प्रमुख, राष्ट्रिय युवा परिषद्)
३. दुर्गा कँडेल (उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
४. देवीप्रसाद उपाध्याय (उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
५. नविन गड्तौला (शाखा अधिकृत, कानून मन्त्रालय)
६. बसन्त बहादुर बोहरा (उपसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)
७. सम्झना शर्मा (सहसचिव, समन्वय विभाग, राष्ट्रिय मानव अधिकार आयोग)
८. हरिप्रसाद अधिकारी (उपसचिव, युवा तथा खेलकुद मन्त्रालय)
९. जवाहरलाल हमाल (महाशाखा प्रमुख, युवा तथा खेलकूद महाशाखा, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश)
१०. पेसल कुमार पोखरेल (अधिकृत नवौँ तह, श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश)
११. आशिष पन्त (विद्यार्थी, नेपाल ल क्याम्पस)
१२. आस्था सुवेदी (उपाध्यक्ष, युवा)
१३. इच्छा केसी (केन्द्रीय सदस्य, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल)
१४. जानुका रोक्का (सदस्य, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल)
१५. नारायण दत्त देवकोटा (शाखा प्रमुख, युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय)
१६. प्रदिप कुमार जोशी (महासचिव, वी फर चेन्ज)
१७. बिनिता कार्की (सोलुशन म्यापिङ प्रमुख, युएनडीपी)
१८. भबदत्त सापकोटा (उप-प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
१९. लाल शरण चलाउने (आइटि अधिकृत, राधा पौडेल फाउन्डेशन)
२०. विष्णु ढुङ्गेल (सिनेटर, त्रिभुवन विश्वविद्यालय)
२१. शशि शर्मा मजगैयाँ (अध्यक्ष, राष्ट्रिय युवा गैसस महासङ्घ)
२२. सरोज बानियाँ (अध्यक्ष, नेपाल युवा परिषद्)
२३. सार्थक भट्टराई (सदस्य, युवा)
२४. सिद्धि बिनोद अधिकारी (विज्ञ)
नीति अनुसन्धान प्रतिष्ठान
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
३. लक्ष्मण भट्टराई (कार्यालय प्रबन्धक)
४. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
७. डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
८. रीजा मानन्धर (विश्लेषक)
९. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
१०. अस्मिता रिजाल (इन्टर्न)
११. उर्मिला कोजु (इन्टर्न)
१२. ज्योती लुइँटेल (इन्टर्न)
१३.डेमिज महर्जन (इन्टर्न)