कृषि तथा पशुपन्छी विकासमन्त्री माननीय घनश्याम भुसालसँग भेटघाटकृषि तथा पशुपन्छी विकासमन्त्री माननीय घनश्याम भुसालसँग भेटघाट

Policy Research Institute Delegates Met with the Hon. Minister for Agriculture and Livestock Development, Mr. Ghanashyam BhusalPolicy Research Institute Delegates Met with the Hon. Minister for Agriculture and Livestock Development, Mr. Ghanashyam Bhusal

नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय घनश्याम भुसालबीच २०७७ साल साउन १ गते सिंहदरबारस्थित मन्त्रीज्यूको बैठकक्षमा भेटघाट भयो ।
भेटघाटमा सो मन्त्रालय र नीति अनुसन्धान प्रतिष्ठानका बीच कृषि नीतिनिर्माणका सम्बन्धमा सम्भावित सहयोगको बारेमा छलफल भएको थियो । मौजुदा कृषिनीति तथा योजनामा प्रमाणका आधारमा सुधारका लागि सहकार्य गर्न दुवै पक्षबाट सहमति जनाइएको थियो । बैठकमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, अनुसन्धान विभाग प्रमुख डा. दीपककुमार खड्का, कार्यालय प्रबन्धक पुरुषोत्तम तिवारी र सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. मुकुन्द कट्टेल सहभागी हुनुहुन्थ्यो ।