माध्यमिक शिक्षा परीक्षा प्रणालीमा भएका परिवर्तन र नतिजाको प्रवृत्तिलाई विद्यालय शिक्षाको समग्र अवस्था र प्रणालीको सन्दर्भमा कसरी व्याख्या गर्न सकिन्छ र विद्यालय शिक्षा र माध्यमिक शिक्षा परीक्षाको नतिजा सुधारको लागि के के उपाय अवलम्बन गर्न सकिन्छ भन्ने सवाल वरिपरि छलफल गर्न नीति अनुसन्धान प्रतिष्ठानले सरोकारवालाहरूसँग एक सार्वजनिक नीति संवाद कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा विद्यालय पाठ्यक्रम, परीक्षा र शिक्षक आपूर्तिसँग सम्बन्धित नियामक निकायहरू, राजनीतिक दलहरूका प्रतिनिधिहरू, सामुदायिक विद्यालयका शिक्षकहरू, संस्थागत विद्यालय सङ्गठनका प्रतिनिधिहरू, स्थानीय तहका अधिकारीहरू र शिक्षाविद्हरू गरी ३० जनाको सहभागिता थियो।
माध्यमिक शिक्षा परीक्षाका पूर्ववर्ती प्रवेशिका परीक्षाहरूमा उत्तीर्णदर सरदर ४३.5 प्रतिशत रहेकोले अहिलेका उत्तीर्णदर पनि धेरै फरक नभएको तर वार्षिक नतिजाहरू उतारचढावपूर्ण भएकोले उतारचढावको कारक निर्धारण गर्न नसकिने अवस्था रहेको कुरा छलफलमा चर्चा भयो। सार्वजनिक विद्यालयका माध्यमिक शिक्षा परीक्षाका न्यून उत्तीर्णदर समग्र शिक्षण सिकाइको कमजोरीकै प्रतिबिम्ब भएको र त्यसको लागि शिक्षकमा गरिने न्यून लगानी, सामाजिक राजनीतिक कारणहरू, नीतिका उद्देश्य र अभ्यासमा अन्तर लगायतका बहुकारकहरू जिम्मेवार रहेकोले यिनै कारणहरूमा सुधार गरी समग्र विद्यालय शिक्षा प्रणालीको सुधार आवश्यक रहेको विचारहरू सहभागीहरूले व्यक्त गरे। त्यस्तै, पाठ्यक्रम पुरातन किसिमले कन्टेन्टको मात्रा अत्यधिक भएको र अधिसंज्ञान (metacognition) कम भएको, कन्टेन्ट-आधारित शिक्षण र ग्रिड प्रणालीमा आधारित परीक्षण भइ तालमेल नभएको, व्यक्तिगत आवश्यकतामा आधारित शिक्षक तालिमको अभाव आदि समस्याहरू पनि उठाइए। अभिभावकको न्यून सहभागिताका पुराना समस्यादेखि वर्तमान संविधानले तोकेको स्थानीय तहको जिम्मेवारीको कार्यान्वयनमा समस्यासम्म पनि छलफल भए। त्यस्तै, संस्थागत विद्यालयहरूको तुलनात्मक अधिक सफलताले शिक्षामा नवउदारवाद सफल भएको र समाजवादोन्मुखता ओझेलमा परेको कोणले हेर्नुपर्ने विचार पनि अभिव्यक्त भयो। माध्यमिक शिक्षा परीक्षालाई यसको लागत, लाभ र विद्यार्थी अनुत्तीर्ण गर्दाको नोक्सानी समेत विश्लेषण गरी यसको औचित्यमा पुनर्विचार गर्नुपर्ने विचार पनि व्यक्त भए। माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिकाहरूमा अनुसन्धान गरे अझ गहिरो परिदृश्य र प्रमाण भेटिने भएकोले त्यसमा पनि चासो व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रारम्भमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्माले सहभागीहरूलाई स्वागत गर्दै शिक्षाविद जोन हाटीले व्यापक अनुसन्धानमा आधारित गरेर विकास गरेको प्रभावकारी शिक्षण र सिकाइ नमुनाको सन्दर्भका साथ कार्यक्रमको उद्देश्य बताउनुभयो भने प्रतिष्ठानका अनुसन्धानकर्ता डा गिरिराज शर्माले माध्यमिक शिक्षा परीक्षाको तथ्याङ्क र नीति संवादको सवालहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका विश्लेषक श्री गोपाल आचार्यले गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्षले यस संवादबाट आएका सूचनाको समीक्षा गरिने र आवश्यकता भएमा उपत्यका बाहिरका सरोकारवालाहरूको भर्च्युअल माध्यममा भएपनि सहभागिता हुने गरी पूरक संवाद गर्न प्रयास गरिने र संश्लेषित प्रतिवेदन तथा नीति सिफारिस नेपाल सरकारलाई बुझाइने बताउनुभयो।
सहभागीहरू
१. डा. महाश्रम शर्मा (अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड)
२. मधुप्रसाद रेग्मी (अध्यक्ष, शिक्षक सेवा आयोग)
३. इम नारायण श्रेष्ठ (महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र)
४. प्रा. वासुदेव काफ्ले (प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
५. डा खगेन्द्र प्रसाई (डीन, नेपाल खुला विश्वविद्यालय)
६. दुर्गा कँडेल (उप सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय)
७. सुवोध कुमार डाँगी (उपाध्यक्ष, नेशनल (प्याब्सन)
८. पारसमणि दाहाल (महासचिव, नेशनल प्याब्सन)
९. मेदिन लामिछाने (प्रिन्सिपल, युलेन्स स्कूल)
१०. डीके ढुंगाना (अध्यक्ष, प्याब्सन केन्द्रीय समिति)
११. प्रकाश सुवेदी (प्रधानाध्यापक, शिवपुरी मा. वि.)
१२. नवराज रिजाल (शिक्षा अधिकृत, ललितपुर महानगरपालिका)
१३. नैन सिंह महर (केन्द्रिय सदस्य, नेपाली कांग्रेस)
१४. डा. राजेश गिरी (शिक्षा विभाग प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी)
१५. यसोदा सुवेदी (स्थायी समिति सदस्य, (ने. क. पा. एमाले)
१६. केशर बहादुर खुलाल (प्रिन्सिपल, बुढानीलकण्ठ स्कूल)
१७. बाबुराम गौतम (शिक्षा प्रमुख, टोखा नगरपालिका)
१८. रामाशीष यादव (प्रधानाध्यापक, श्री रत्न राज्य मा. वि.)
१९. रिम्सा महर्जन (शिक्षक, विश्व राष्ट्रिय मा. वि.)
२०. विश्वास रेग्मी (स्कूल लिडर, विश्व राष्ट्रिय मा. वि.)
२१. अनामिका आचार्य (प्रधानाध्यापक, कालिकाशरण मा. वि.)
२२. जनार्दन रिजाल (शिक्षा निर्देशक, दक्षिणकाली नगरपालिका)
२३. सुजन राज खनाल (शिक्षा निर्देशक, चन्द्रागिरी नगरपालिका)
२४. पुष्पराज ढकाल (उपसचिव, कागेश्वरी मनोहरा नगरपालिका)
२५. ललित विक्रम सिंह (उपसचिव, बुढानीलकण्ठ नगरपालिका)
२६. शारदा पौडेल (प्रधानाध्यापक, दरबार हाई स्कूल)
२७. सरला प्रधान (प्रधानाध्यापक, कीर्तिपुर मा. वि.)
२८. सुदिप कैनी (सम्वाददाता, कान्तिपुर दैनिक)
नीति अनुसन्धान प्रतिष्ठान
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
३. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
८. डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
९. अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
१०. गोपाल आचार्य (विश्लेषक)
११. रीजा मानन्धर (विश्लेषक)
१२. अस्बिन पोखरेल (वरिष्ठ सहायक)
१३. विमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
१४. अस्मिता रिजाल (इन्टर्न)
१५. दीजा बस्ताकोटी (इन्टर्न)
१६. ज्योति लुइँटेल (इन्टर्न)
१७. कुशल थपलिया (इन्टर्न)
१८. कञ्चन गौतम (इन्टर्न)
१९. प्राञ्जल रिजाल (इन्टर्न)
२०. सोनिया बस्याल (इन्टर्न)
२१. जेनिस महर्जन (इन्टर्न)