प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा आमै - ३०

काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्टस् का विद्यार्थीहरूसँग नीति अन्तरक्रिया सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानले काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सको विकास अध्ययन विभागका विद्यार्थीहरूसँग नीतिगत अन्तरक्रिया गरेको छ। नीति अनुसन्धान प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष र काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्टस् का फ्याकल्टी डा विष्णुराज उप्रेतीका साथमा १८ जना विद्यार्थीको टोलीमा अन्तरक्रियामा सहभागी भए। यस अन्तर्क्रियाको उद्देश्य सार्वजनिक नीतिको अवधारणा, नीति अनुसन्धानका चुनौतीहरू र प्रभाव, अनुसन्धान सहकार्यका सम्भावना, र विशिष्ट नीति मुद्दाको अद्यावधिक अवस्थाबारे विद्यार्थीको बुझाइलाई समृद्ध बनाउनु थियो।

कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्माले विद्यार्थी टोलीलाई स्वागत गर्दै विकास नीतिका समसामयिक चुनौती, नीतिनिर्माणका सैद्धान्तिक प्रारूप र अभ्यास गरिने वास्तविक संसार एवं प्राज्ञिक अनुसन्धान र नीति अनुसन्धानको तुलना लगायत विषयमा कुरा गर्नुभयो। त्यसपछि, प्रतिष्ठानका चार वरिष्ठ अनुसन्धानकर्ताहरूले देहायका चार विषयहरूमा प्रस्तुतीकरण दिनुभयो:

डा हरि शर्मा न्यौपाने – नीति अनुसन्धान: विषयवस्तुहरूको पहिचान, प्राथमिकीकरण, सरोकारवाला, चुनौती तथा योगदान

डा मुक्ति रिजाल – सार्वजनिक नीति निर्माण – परिचय, असन्तुलित संस्थागत भूमिका, मुद्दाहरू र विकल्प

डा खगनाथ अधिकारी – सार्वजनिक नीति, प्रतिष्ठान र संस्थागत सहकार्य

डा दीपक कुमार खड्का – दिगो फोहोर व्यवस्थापन: वैश्विक परिदृश्य, भविष्य र नीति र प्रविधिमा नवप्रवर्तन

प्रस्तुति यहाँ उपलब्ध छ:

प्रस्तुतीकरण सत्रपछि विद्यार्थीहरूले सोधेका प्रश्नहरूमा आधारित जीवन्त छलफल भएको थियो। विद्यार्थीहरूले सोधेका प्रश्नहरूमा ई-फोहोरमैला, स्वास्थ्यजन्य फोहोरमैला, नगरपालिकाका असल मोडेलको अनुकरण, नीतिमा राजनीतिक प्रभावलाई सन्तुलन गर्ने काम, नयाँ कानून र नीतिहरू लागू गर्न कर्मचारीतन्त्रको असहयोग, ज्येष्ठ नागरिक हेरचाह सम्बन्धी नीति, लैङ्गिकता, नागरिक समाजको प्रभावकारिता, र प्रतिष्ठानका नीति सिफारिसहरूको प्रभाव जस्ता विषयहरू समावेश थिए। छलफलको अन्त्यमा डा. विष्णुराज उप्रेतीले प्रतिष्ठानलाई धन्यवाद दिँदै छलफलका क्रममा उठेका विभिन्न विषयमा आफ्ना धारणा राख्नुभयो।

उपस्थिति

काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्टस्

१. डा. विष्णुराज उप्रेती
२. अनिता लिम्बु
३. अपेक्षा खतिवडा
४. अश्विन कुमार कार्की
५. विवेक गुरुङ
६. गौरवराज क्षेत्री
७. हर्षिता थापा
८. ईशा कार्की
९. रचना तामाङ
१०. रञ्जिता श्रेष्ठ
११. रेश्मा सुवाल
१२. रुपा गौतम
१३. सामम्याङ आङ्देम्बे
१४. सन्ध्या प्रधान
१५. सर्मिला तामाङ
१६. श्रेया केसी
१७. सुभेच्छा श्रेष्ठ
१८. सुशिला कुमारी पाण्डे
१९. यमुना बस्नेत

नीति अनुसन्धान प्रतिष्ठान

१. प्रा. डा. लेखनाथ शर्मा
२. डा. हरि शर्मा न्यौपाने
३. डा मुक्ति रिजाल
४. डा. खगनाथ अधिकारी
५. डा. दीपक कुमार खड्का
६. विमल चन्द्र शर्मा

यस कार्यक्रमका फोटोहरुका लागि कृपया यहाँ क्लिक गर्नुहोला