May 22, 2025
२०८२ जेठ ८
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले “विषय क्षेत्रगत सार्वजनिक नीतिको तर्जुमा र परिवर्तनको सिद्धान्तको प्रयोग” सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिमका सहजकर्ता डा. तीर्थराज ढकाल नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ जसको नीति निर्माण, अनुगमन तथा मूल्याङ्कनमा लामो अनुभव रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवम् विभिन्न मन्त्रालयमा नीति तथा योजना निर्माणमा प्रत्यक्ष संलग्न प्रतिनिधिहरूलगायत नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता, विश्लेषक तथा इन्टर्नहरूको सहभागिता रहेको थियो । स्वागत मन्तव्यमा, प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले नीति निर्माणको क्षेत्रमा कार्यरत पदाधिकारी तथा अनुसन्धान र समीक्षामार्फत नीति निर्माणमा सहयोग गर्ने अनुसन्धानकर्ता सबैले सार्वजनिक नीति तर्जुमाको प्रक्रिया र विधिहरूको प्रयोगमा दक्षता हासिल गर्नु अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।
प्रशिक्षणका मुख्य विषयवस्तुहरू यस प्रकार रहेका थिए:
नेपाल सरकारले स्वीकृत गर्ने राष्ट्रिय नीतिको ढाँचामा छलफल गर्दै डा. ढकालले नतिजामूलक नीति तथा योजना निर्माणमा प्रयोग हुने मुख्य विधिहरू: सरोकारवालाहरूको विश्लेषण, समस्या/कारण-असर विश्लेषण, साधन-साध्य विश्लेषण तथा लजिकल मोडल र नतिजा खाकाको बारेमा आधारभूत जानकारी दिनुभयो । डा. ढकालले नतिजा शृङ्खलाको विभिन्न चरणहरू (लगानी, प्रक्रिया, प्रतिफल, असर र प्रभाव) मा जोखिमको अवस्था र व्यवस्थापकीय नियन्त्रणको महत्त्व तथा कार्यान्वयन नतिजा र विकास नतिजाको अन्तर बुझ्नुपर्ने औँल्याउनुभयो । यसरी समस्या वा वस्तुस्थितिलाई गहिराइबाट केलाउन सकेमा मात्रै सिद्धान्तत: तथा व्यावहारिक रूपमा स्पष्ट नीतिगत दस्तावेजको खाका तयार हुने उहाँको तर्क रहेको थियो ।
डा. ढकालले व्याख्या गर्नुभयो नीति निर्माण गर्दा मुख्य समस्याको पहिचान गरी अन्तर्निहित कारणहरू र त्यसबाट पर्न सक्ने प्रभावहरूको पर्याप्त विश्लेषण र उपलब्ध विकल्पको छनौट गर्नुपर्छ । त्यसको आधारमा के, कसरी र किन जस्ता प्रश्नको जवाफ खोज्दै जाँदा उद्देश्य, रणनीतिहरू र सम्भाव्य हस्तक्षेप पहिचान हुन्छन् । यस क्रममा परिवर्तनको सिद्धान्त र लगफ्रेम निर्माण गर्नाले लगानीको बिन्दुदेखि प्रभाव सम्मको मार्गचित्र स्पष्ट हुन्छ र नीतिको प्रभावकारिता मूल्याङ्कन गर्ने आधार पनि सिर्जना हुन्छ ।
प्रस्तुतिको क्रममा उहाँले नेपालको शिक्षा नीति, जनसंख्या नीति, वाणिज्य नीति, जलश्रोत नीति आदिको उदाहरण दिँदै अभ्यास र छलफल गराउनुभएको थियो । प्रशिक्षणबाट प्राप्त अवधारणागत स्पष्टताले नीति निर्माण, समीक्षा र अनुसन्धानका आगामी क्रियाकलापमा उल्लेखनीय सहयोग पुर्याउने विश्वास लिँदै प्रा. डा. लेखनाथ शर्माले डा. ढकाललाई विशेष धन्यवाद व्यक्त गरी कार्यक्रमको समापन गर्नुभयो ।
नोट लेखन: सोनिया बस्याल
तस्वीर: बिमल चन्द्र शर्मा
सहजकर्ता: डा. तीर्थराज ढकाल (पूर्व सचिव)
आमन्त्रित सहभागीहरू:
शिवदेवी दाहाल (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
यमलाल भुसाल (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
गोविन्द प्रसाद गौतम (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
अम्बिका राई (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
सृजना शर्मा (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
प्रमिला आचार्य (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
गणेश घिमिरे (शाखा अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
इन्द्र कुमारी थपलिया (उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय)
टीकाराम भुसाल (उपसचिव, अर्थ मन्त्रालय)
जगदिश पराजुली (उपसचिव, युवा तथा खेलकुद मन्त्रालय)
जया प्रकाश बस्नेत (शाखा अधिकृत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
डा. पुष्पराज पौडेल (शाखा प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)
दिपाशिखा वाग्ले (शाखा अधिकृत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय)
आयुषा खनाल (शाखा अधिकृत, परराष्ट्र मन्त्रालय)
नीति अनुसन्धान प्रतिष्ठान:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
डा. प्रभातराज दाहाल (सह-अनुसन्धानकर्ता)
रीजा मानन्धर (विश्लेषक)
सोनिया बस्याल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
कृष्ण प्रसाद बि.क. (सह-प्रबन्धक)
मचाभाइ महर्जन (लेखा अधिकृत)
संजु कुमारी सरबरिया (वरिष्ठ सहायक)
सुविन उलक (ग्राफिक डिजाइनर)
पर्वत भट्टराई (वरिष्ठ सहायक)
गिता न्यौपाने (वरिष्ठ सहायक)
मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
आयुष्का के.सी.(इन्टर्न)
आशिष भण्डारी (इन्टर्न)
कुमारी अलिका (इन्टर्न)
धिरज भट्ट (इन्टर्न)
जुना श्रेष्ठ (इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)
विजय कोइराला (इन्टर्न)
स्नेही रिजाल (इन्टर्न)
सतिस सापकोटा (इन्टर्न)