June 4, 2025
२०८२ जेठ २१
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठान (नीअप्र) र बेलायतस्थित नेपाली पेशागत विज्ञहरूको संस्था सोसाइटी अफ नेपालिज प्रोफेशनल्स-यूके (एसओएनपी-यूके) बिच नीति अनुसन्धान, क्षमता विकास र ज्ञान आदान प्रदानमा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नीति अनुसन्धान प्रतिष्ठान कार्यालयमा आयोजित एक समारोहमा प्रतिष्ठानका कार्यालय प्रमुख लक्ष्मणप्रसाद भट्टराई र एसओएनपी-यूके का अध्यक्ष गजेन्द्र कटुवालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा र अनुसन्धान फेलोहरूको उपस्थिति रहेको थियो।
समारोहमा अध्यक्ष कटुवालले एसओएनपी-यूके को उद्देश्य, दक्षता क्षेत्र र चालु गतिविधिबारे जानकारी दिँदै नेपालमा प्रभावकारी सहकार्यको सम्भावनाबारे बोल्नुभयो। त्यस्तै, प्रा. डा. शर्माले नेपालको सार्वजनिक नीतिहरू निर्माणमा अन्तर्राष्ट्रिय अनुभव र पेशागत विज्ञताको महत्त्वपूर्ण भूमिका हुने कुरामा जोड दिनुभयो। प्रतिष्ठानका अनुसन्धान फेलोहरूले सहकार्यका सम्भावित प्रारम्भिक तथा दीर्घकालीन गतिविधिबारे आफ्नो धारणा प्रस्तुत गर्नुभयो।
समझदारीपत्रमा निम्नानुसार सहयोगको रूपरेखा समावेश छ:
यो समझदारीपत्र प्रारम्भमा चार वर्षका लागि मान्य हुनेछ र कुनै पक्षले पूर्व-लिखित सूचना नदिएसम्म स्वतः थप चार वर्षका लागि नवीकरण हुनेछ।
नेपाल र बेलायतमा रहेका पेशेवरहरूलाई जोड्दै यो सहकार्यले व्यापक नीति अनुसन्धान संस्कृति विकास गर्ने लक्ष्य लिएको छ।