चिकित्सा शिक्षा आयोगको चिकित्सा छात्रवृत्ति कार्यक्रमको प्रभावकारिता तथा दिगोपनाको मूल्याङ्कनसम्बन्धी अध्ययनको प्रारम्भिक नतिजामाथि छलफल तथा नीति संवाद कार्यक्रम सम्पन्न
नीति अनुसन्धान प्रतिष्ठानद्वारा सञ्चालित “चिकित्सा शिक्षा आयोगको चिकित्सा छात्रवृत्ति कार्यक्रमको प्रभावकारिता तथा दिगोपनाको मूल्याङ्कन” अध्ययन अन्तर्गत प्रारम्भिक नतिजा प्रसार तथा नीति संवाद कार्यक्रम २०८३ साल असार १० गते प्रतिष्ठानको सभाहलमा सम्पन्न भयो । उक्त अध्ययनले नेपालको स्वास्थ्यक्षेत्रको जनशक्ति सुदृढीकरणमा चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति कार्यक्रमले पारेको प्रभाव तथा यसको दीर्घकालीन दिगोपनाको मूल्याङ्कन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा स्वास्थ्य, चिकित्सा शिक्षा, नीति निर्माण, विषय विज्ञ तथा सम्बन्धित क्षेत्रका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका विश्लेषक श्री प्राञ्जल रिजाल र प्रशिक्षार्थी श्री कुसुम ढुंगानाले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै अध्ययनको सान्दर्भिकता तथा नीतिगत महत्त्वमाथि प्रकाश पार्नुभयो । त्यसपछि अनुसन्धान टोलीका सदस्यहरू श्री अशोक पाण्डे र डा. देजिना थापाले अध्ययनको पृष्ठभूमि, उद्देश्य, अनुसन्धान विधि, प्रमुख निष्कर्ष तथा प्रारम्भिक सिफारिसहरू प्रस्तुत गर्नुभयो । प्रस्तुतिमा चिकित्सा छात्रवृत्ति कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच, स्वास्थ्य जनशक्ति उत्पादन तथा दुर्गम क्षेत्रमा चिकित्सकको उपलब्धतामा पुर्याएको योगदानका साथै कार्यक्रमको कार्यान्वयनसँग सम्बन्धित चुनौतीहरूबारे चर्चा गरिएको थियो । साथै कार्यक्रमको प्रभावकारिता र दिगोपनालाई थप सुदृढ बनाउन आवश्यक नीतिगत तथा कार्यक्रमगत सुधारका प्रारम्भिक सिफारिसहरू प्रस्तुत गरिएका थिए ।
प्रस्तुतीकरणपश्चात् आयोजित अन्तरक्रियात्मक छलफल सत्रमा सहभागी सरोकारवालाहरूले अध्ययनका निष्कर्ष तथा सिफारिसहरूमाथि आफ्ना धारणा, अनुभव तथा सुझावहरू प्रस्तुत गर्नुभयो । छलफलका क्रममा छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा बन्धनको व्यवस्थापन, स्वास्थ्य जनशक्ति वितरण, तथा कार्यक्रमको दीर्घकालीन दिगोपनासँग सम्बन्धित विभिन्न विषयहरूमा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका थिए ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आफ्नो मन्तव्य राख्दै छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य जनशक्ति व्यवस्थापन र भावी नीतिगत सुधारका सम्बन्धमा सुझावहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले धन्यवाद ज्ञापन गर्दै सहभागी महानुभावहरूबाट प्राप्त सुझाव तथा प्रतिक्रियाहरू अध्ययनको अन्तिम प्रतिवेदन तथा नीतिगत सिफारिसहरूलाई थप परिष्कृत र प्रभावकारी बनाउन समावेश गरिने जानकारी दिनुभयो । कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय, विचार, अनुभव तथा सुझाव प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमका आमन्त्रित सहभागीहरू
१. प्रा.डा. श्रीकृष्ण गिरी, उपाध्यक्ष, चिकित्सा शिक्षा आयोग
२. प्रा.डा. सुजन मरहठ्ठा, पूर्वनिर्देशक, चिकित्सा शिक्षा आयोग
३. वसन्त प्रसाद कोइराला, सदस्य सचिव, चिकित्सा शिक्षा आयोग
४. प्रा.डा. केदार बराल, प्राध्यापक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
५. प्रा.डा. बालकृष्ण आचार्य, प्राध्यापक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
६. प्रा.डा. रमेशकान्त अधिकारी, विज्ञ
७. प्रा.डा. रोशनी तुईतुई, क्याम्पस प्रमुख, वीर अस्पताल नर्सिङ क्याम्पस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
८. डा. नस्तु शर्मा, कार्यकारी निर्देशक, मनमोहन अस्पताल
९. नुजन शर्मा, रजिस्ट्रार, नेपाल नर्सिङ काउन्सिल
१०. प्रेम कुमारी शर्मा, शाखा अधिकृत, शिक्षा तथा खेलकुद मन्त्रालय
११. डा. धर्म प्रसाद खनाल, क्याम्पस प्रमुख, एम.एम.आई.एच.एस.
१२. सह.प्रा. राजेन्द्र श्रेष्ठ, सहायक डीन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल
१३. प्रा.डा. दिलिप शर्मा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल
१४. प्रा.डा. रतिन्द्र नाथ श्रेष्ठ, क्याम्पस प्रमुख, के.एम.सी., काठमाडौँ विश्वविद्यालय
१५. प्रा.डा. सरोज प्रसाद ओझा, के.एम.सी., काठमाडौँ विश्वविद्यालय
१६. सह.प्रा. सुष्मा न्यौपाने, के.एम.सी., काठमाडौँ विश्वविद्यालय
१७. सह.प्रा. निर्मल सापकोटा, के.एम.सी., काठमाडौँ विश्वविद्यालय
१८. सुदेश रेग्मी, कार्यक्रम निर्देशक, ए.एम.डी.ए. नेपाल
१९. नारायण पोखरेल, उप-सचिव, चिकित्सा शिक्षा आयोग
२०. लक्ष्मी कुमारी खड्का, उप-सचिव, चिकित्सा शिक्षा आयोग
२१. सुदर्शन पौडेल, संयोजक, जनस्वास्थ्य शिक्षालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२२. कीर्ति सागर बराल, एच.आर.एच. अफिसर, विश्व स्वास्थ्य संगठन
२३. उषा तण्डुकार, कार्यवाहक रजिस्ट्रार, नेपाल फार्मेसी काउन्सिल
२४. डा. दीपक पौडेल, वरिष्ठ स्वास्थ्य प्रणाली सल्लाहकार, युनिसेफ
अध्ययन टोलीका सदस्य
१. डा. राजेन्द्रकुमार बी. सी., परामर्शदाता
२. डा. जीवन घिमिरे, परामर्शदाता
३. राज कुमार संग्रौला, परामर्शदाता
४. सुनिल पौडेल, गणक
५. कञ्चन गौतम, गणक
६. विष्णु प्रसाद पराजुली, गणक
७. सुमित मोक्तान, गणक
८. मान बहादुर घर्तिमगर, गणक
प्रतिष्ठानका सहभागीहरू
१. लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रबन्धक
२. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
३. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
४. डा. मुक्ति राम रिजाल, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
६. अशोक पाण्डे, अनुसन्धानकर्ता
७. डा. गिरी राज शर्मा, अनुसन्धानकर्ता
८. डा. निरन्जन देवकोटा, अनुसन्धानकर्ता
९. डा. सुवास अधिकारी, अनुसन्धानकर्ता
१०. डा. प्रदिप पन्थी, अनुसन्धानकर्ता
११. डा. महेश्वर गिरि, सहअनुसन्धानकर्ता
१२. गोपाल आचार्य, सहअनुसन्धानकर्ता
१३. डा. देजिना थापा, विश्लेषक
१४. प्राञ्जल रिजाल, विश्लेषक
१५. सुधीर श्रेष्ठ, विश्लेषक
१६. कुसुम ढुङ्गाना, प्रशिक्षार्थी
१७. सुलक्षा भण्डारी, प्रशिक्षार्थी
१८. सृष्टिका न्यौपाने, प्रशिक्षार्थी
१९. सन्दु सुवेदी, प्रशिक्षार्थी
२०. राजु अधिकारी