नीति अनुसन्धान प्रतिष्ठान,
पुस ३, २०८२
नारायणहिटी, काठमाडौँ
नीति अनुसन्धान प्रतिष्ठान र चीनको शांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिजबिच २०८२ पुस ३ गते नीति अनुसन्धान प्रतिष्ठानको सभा हलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा शांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिजका अध्यक्ष प्रा. छेन दोंगसियाओको नेतृत्वमा आएको प्रतिनिधि मण्डल र काठमाडौँ स्थित चिनियाँ राजदूतावासका प्रतिनिधिका साथै प्रतिष्ठानका अनुसन्धाता र कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको औपचारिक सुरुवात गर्दै नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले आफ्नो मन्तव्यमा चिनियाँ टोलीलाई प्रतिष्ठानमा स्वागत गर्दै वदलिँदो परिस्थितिमा नेपाल र चीनका थिंक ट्याङ्कहरूबिचको अन्तरनिकाय ज्ञान हस्तान्तरण र आपसी सिकाइको लागि सहकार्यको सान्दर्भिकता अझ बढ्दै गएको र विश्वका विभिन्न थिंक ट्याङ्कहरूबिच सम्पर्क र समन्वय हुनु निकै महत्त्वपूर्ण रहेको विषयमा जोड दिनुभयो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानको परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रका अनुसन्धानकर्ता डा. हरि प्रकाश चन्दले गर्नुभएको थियो ।
कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रका प्रमुख डा. खगनाथ अधिकारीले प्रतिष्ठानबारे परिचयात्मक प्रस्तुति दिनुभयो । उहाँको प्रस्तुतिमा नीति अनुसन्धान प्रतिष्ठान र चिनियाँ थिंक ट्याङ्कहरूबिचको सम्भावित सहकार्यका विषयहरू, नेपालको परराष्ट्र नीति, र नेपाल-चीन सम्बन्धका विविध आयामहरूको विषयमा प्रस्तुति दिनुभयो ।
प्रस्तुतिपश्चात् शांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिजका अध्यक्ष प्रा. छेन दोंगसियाओले नीति अनुसन्धान प्रतिष्ठानमा भएको अन्तरक्रिया निकै महत्त्वपूर्ण र आगामी दिनहरूमा शांघाई इन्स्टिच्युटको प्रतिष्ठानसँग सहकार्य हुन आवश्यक रहेको बताउनु भयो । साथै, उहाँले नेपालमा भर्खरै भएको राजनीतिक परिवर्तन पछि भूराजनीतिक प्रभावले नेपाल-चीन सम्बन्धमा कस्तो असर पार्न सक्ला भनेर जिज्ञासा समेत राख्नुभयो ।
कार्यक्रमको छलफल सत्रमा राज्य व्यवस्थामा युवा लगायत सबैको बढ्दो सहभागिता र राज्य संचानलमा सहभागी निर्वाचित प्रतिनिधिहरू र कर्मचारीवर्गलाई सुशासन तथा जवाफदेहीताको आयाम अझ सबल बनाउने किसिमका नीतिगत अभ्यास स्थापित गरिनुपर्नेमा जोड दिइएको थियो । साथै, सो कार्यक्रममा दुवै पक्षले अनुसन्धान संस्थाहरूलाई थप प्रभावकारी बनाउने कुरामा जोड दिनुभएको थियो । छलफलपश्चात् कार्यक्रमको औपचारिक समापन गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले शांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिजका अध्यक्ष प्रा. छेन दोंगसियाओलाई मायाको चिनो प्रदान गर्नुभयो ।
उपस्थिति
सांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिज
प्रा. छेन दोंगसियाओ (अध्यक्ष, शांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिज – SIIS)
प्रा. लिउ जोङयी (वरिष्ठ अनुसन्धान फेलो तथा निर्देशक, दक्षिण एशिया अध्ययन केन्द्र, SIIS)
प्रा. ये यू (वरिष्ठ अनुसन्धान फेलो तथा उपनिर्देशक, विश्व अर्थतन्त्र अध्ययन संस्थान, SIIS)
डा. तान छेनयी (अनुसन्धान फेलो, दक्षिण एशिया अध्ययन केन्द्र, SIIS)
डा. झाङ सियाओयिन (अनुसन्धान फेलो, दक्षिण एशिया अध्ययन केन्द्र, SIIS)
ली छेङजे (अट्याची, काठमाडौंस्थित चिनियाँ राजदूतावास)
नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. गिरिराज शर्मा (अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. मनिता कुसी (सहअनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
रीजा मानन्धर (सहअनुसन्धानकर्ता)
डा. देजिना थापा (विश्लेषक)
सीता न्यौपाने गैरे (लेखा अधिकृत)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
सञ्जु कुमारी सरबरिया (वरिष्ठ सहायक)
पर्वत भट्टराई (वरिष्ठ सहायक)