मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको शैक्षिक कार्यक्रम प्रारम्भ भएको सन्दर्भमा प्राज्ञिक अन्तर्क्रिया

December 6, 2023

२०८० मङ्सिर २०

नीति अनुसन्धान प्रतिष्ठानको आतिथ्यमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (मभविप्रवि) ले विद्यालयको दूरदृष्टि, वर्तमान अवस्था र स्नातकोत्तर र विद्यावारिधि तहमा पहिलो ब्याचको विद्यार्थीहरू भर्ना गरेर शैक्षिक कार्यक्रमको शुरूवात भएको सम्बन्धमा जानकारी दिन एक भेटघाट र अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा मभविप्रवि का बोर्ड अफ ट्रष्टिजका स्वदेशी र विदेशी सदस्यहरू, विभिन्न विश्वविद्यालयका पूर्व र वर्तमान उपकुलपतिहरू, प्राज्ञ र नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ताहरू सहभागी हुनुभएको थियो । कार्यक्रममा मभविप्रवि का अध्यक्ष प्राडा राजेन्द्र ध्वज जोशीले एक प्रस्तुति दिनुभएपछि सहभागीहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो । सहभागीहरूले विश्व-स्तर को विश्वविद्यालय हुने आकाङ्क्षाको अर्थबारेमा, परम्परागत प्रबन्धमा चलिरहेका विश्वविद्यालयहरूले भोग्नु परिरहेको समस्या र चुनौतीको बारेमा र मभविप्रवि को सफलताले कसरी नेपालका विश्वविद्यालयहरूका सुधारको लागि प्रेरणा उपलब्ध गराउँछ भन्ने बारे आफ्ना विचारहरू राख्नुभएको थियो ।

उपस्थितिः

प्रा डा राजेन्द्र ध्वज जोशी (अध्यक्ष, मभविप्रवि)

प्रा डा पद्म सुन्दर जोशी (उपाध्यक्ष, मभविप्रवि)

श्री पद्म ज्योती (अध्यक्ष, मभविप्रवि बोर्ड अफ ट्रस्टिज)

प्रा डा सुजान फोर्टी (सदस्य, मभविप्रवि बोर्ड अफ ट्रस्टिज; म्याकगिल विश्वविद्यालय)

प्रा डा सीराम रामकृष्ण (सदस्य, मभविप्रवि बोर्ड अफ ट्रस्टिज; सिङ्गापुर राष्ट्रिय विश्वविद्यालय)

प्रा डा सञ्जयनाथ खनाल (शैक्षिक सल्लाहकार, मभविप्रवि)

प्रा डा सुरेन्द्रराज शर्मा (पूर्व भीसी, काठमाडौँ विश्वविद्यालय)

प्रा डा पुण्य प्रसाद रेग्मी (भीसी, कृषि तथा वन विश्वविद्यालय)

प्रा डा नन्द बहादुर सिंह (भीसी, सुदूर पश्चिम विश्वविद्यालय)

डा अर्जुन कार्की (अध्यक्ष, नेपाल विश्वविद्यालय विकास समिति)

डा कैलाश तिमल्सिना (रजिस्ट्रार, गण्डकी विश्वविद्यालय)

प्रा डा आनन्द शर्मा (अध्यक्ष, नेपाल विश्वविद्यालय विकास समिति)

श्री लक्ष्मण प्रसाद भट्टराई (नीति अनुसन्धान प्रतिष्ठान)

डा मुक्ति रिजाल (नीति अनुसन्धान प्रतिष्ठान)

डा कल्पना खनाल (नीति अनुसन्धान प्रतिष्ठान)

डा दीपक कुमार खड्का (नीति अनुसन्धान प्रतिष्ठान)

डा भोगेन्द्र मिश्र (नीति अनुसन्धान प्रतिष्ठान)

श्री अशोक पाण्डे (नीति अनुसन्धान प्रतिष्ठान)

श्री राजेन्द्र सेन्चुरी (नीति अनुसन्धान प्रतिष्ठान)