राष्ट्रिय जनशक्ति विकास नीति, २०८० (मस्यौदा) सम्बन्धी नीति संवाद कार्यक्रम

November 10, 2023

२० कार्तिक, २०८०

नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय जनशक्ति विकास नीति, २०८० (मस्यौदा) उपर नीति संवाद कार्यक्रम” शीर्षकमा एक कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तर्जुमा गरेको नीति मस्यौदालाई  पृष्ठपोषण गर्ने उद्देश्यले गरिएको हो । प्रतिष्ठानले नीति दस्ताबेजलाई सान्दर्भिक शोध साहित्य समीक्षा सहितको आन्तरिक समीक्षा, वाह्य विज्ञ समीक्षा र सरोकारवाला परामर्श गरी संश्लेषित निष्कर्षको आधारमा पृष्ठपोषण गर्दछ । यसै प्रयोजनको लागि आयोजना गरिएको नीति संवाद कार्यक्रममा जनशक्ति विकाससँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञ, प्राज्ञ र उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

विषयगत क्षेत्रमा विशिष्टता तथा पेशागत रूपमा प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारीमूलक र उत्पादनशील मानव पुँजी विकास गर्ने लक्ष्य तथा जनशक्ति प्रक्षेपण, राष्ट्रिय मापदण्ड, जनशक्ति निर्माण, कानूनी र संस्थागत आधार एवं अध्ययन अनुसन्धानको उद्देश्य परिपूर्ति गर्न १० नीतिहरू, २५ रणनीतिहरू र १०१ कार्यनीतिहरू रहेको यो नीतिको मस्यौदाको परिमार्जनको लागि वक्ताहरूले मौखिक एवं लिखित सुझावहरू प्रस्तुत गर्नुभएको थियो । सहभागीहरूले जनशक्तिको फराकिलो परिभाषा, नयाँ सीप, माग अनुसारको उत्पादन, खपत, आप्रवासनको सन्दर्भमा अवधारण (retention), वैदेशिक श्रम सम्झौता, विद्यार्थीको आयमैत्री शिक्षा आर्जन ढाँचा लगायत विविध विषयमा राय दिनुभएको थियो ।

उपस्थितिः

  • अनिल केशरी शाह, विषयविज्ञ
  • अर्जुन बहादुर श्रेष्ठ, उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • इन्दिरा अर्याल, उपसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • ईश्वर बज्राचार्य, वरिष्ठ प्राविधिक अधिकृत, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
  • कन्चन न्यौपाने, संवाददाता, नेपालवाच
  • कमला घिमिरे, उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • कानूनलाल  चौधरी, कार्यकारी निर्देशक, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
  • केशवराज सुबेदी, उपसचिव, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
  • खगेन्द्र प्रसाद अधिकारी, उपाध्यक्ष, प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद
  • डा. कृष्ण तिम्सिना, प्रमुख, कृषि नीति अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्
  • डा. प्रदीप ज्ञवाली, कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
  • डा. रमेश चन्द्र पौडेल, सदस्य, राष्ट्रिय योजना आयोग
  • थानेश्वर गौतम, सहसचिव, गृह मन्त्रालय
  • थामलाल भट्टराई, शाखा अधिकृत, अर्थ मन्त्रालय
  • प्रयषा केसी, सीप निर्देशक, नेपाल उद्योग परिसंघ
  • प्रा.  दुर्गा खड्का मिश्र, डीन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • प्रा. डा. अन्जनी कुमार झा, उपाध्यक्ष, चिकित्सा शिक्षा आयोग
  • प्रा. डा. दिनेश कुमार लम्साल, विभागीय प्रमुख, निजामती कर्मचारी अस्पताल
  • प्रा. डा. देवराज अधिकारी, अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग
  • प्रा. डा. लोचना श्रेष्ठ, प्रमुख, सामुदायिक चिकित्सा विभाग, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
  • प्रा. डा. शरद वन्त, वरिष्ठ विधागत विज्ञ, कानुनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्र, नी.अ.प्र
  • प्रा. डा. शिलु मानन्धर बज्राचार्य, उपकुलपति, नेपाल खुला विश्वविद्यालय
  • प्रा. डा. शिवलाल भुसाल, उपकुलपति, त्रिभुवन विश्वविद्यालय
  • महेश दाहाल, पूर्व राजदुत
  • महेश्वरी विष्ट रावल, प्रमुख, महिला विकास अधिकृत, ललितपुर महानगरपालिका
  • यज्ञ पुरी, उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
  • राज कुमार आचार्य, केन्द्रीय सदस्य, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ
  • राजु श्रेष्ठ, उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • रीता खतिवडा, शाखा अधिकृत, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश
  • रोसनी  तुइतुइ, पूर्व निर्देशक, नर्सिंग तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभाग
  • शरद राज अरान, सहसचिव, परराष्ट्र मन्त्रालय
  • शालिग्राम भण्डारी, सि.डि.इ., उर्जा, जलशस्रोत तथा सिँचाई मन्त्रालय
  • सगुन पौडेल, विषय विज्ञ
  • सरोज बानियाँ, अध्यक्ष, नेपाल युवा परिषद
  • सुभाष कोइराला, कार्यकारी निर्देशक, नेपाल व्यवस्थापन संघ
  • हरिप्रसाद अधिकारी, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय
  • हरिप्रसाद निरौला, उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय