सल्लाहकार समिति

नीति अनुसन्धान प्रतिष्ठानले रणनीतिक महत्वत्त्वका विषयहरुमा सल्लाह एवंम् परामर्श लिन चार सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तित्त्वहरु रहेको यो समिति मार्फत नीति अनुसन्धान प्रतिष्ठानलाई कर्मचारीतन्त्र, उच्च शिक्षा, प्राज्ञिक अनुसन्धान र संस्थागत विकासका क्षेत्रमा आर्जित बृहत् ज्ञान र अनुभव प्राप्त हुनेछ । यसले नीति अनुसन्धान प्रतिष्ठानको लक्ष्य प्राप्त गर्न थप बल प्रदान गर्नेछ । यसका साथ अनुसन्धानको सम्बन्धित विधागत समूहलाई सुझाव तथा मार्ग निर्देश गर्ने उद्देश्यले प्रतिष्ठान विकास समितिले एक वरिष्ठ विधागत विज्ञहरूको समूह गठन गर्ने निर्णय समेत गरेको छ ।