प्राध्यापक अविदित आचार्य र नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ताहरूबिच प्राज्ञिक अन्तर्क्रिया सम्पन्न

December 11, 2023

२०८० मङ्सिर २५
आज नीति अनुसन्धान प्रतिष्ठानको निमन्त्रणामा स्टान्फोर्ड विश्वविद्यालयका राजनीतिशास्त्र र राजनीतिक अर्थशास्त्रका प्राध्यापक डा.अविदित आचार्यले प्रतिष्ठानका अनुसन्धानकर्ताहरूसँग भेटघाट र समसामयिक नीतिगत विषयहरूमा विद्वत् अन्तर्क्रिया गर्नुभयो । अन्तर्क्रियामा नेपालको अर्थतन्त्रको सुधारको दिशा र गति, सार्वजनिक नीतिको राजनीतिक अर्थशास्त्र, नीति नवप्रवर्तन,निर्वाचन पद्धतिको गतिशीलता, सरकारी थिङ्क ट्याङ्कको भूमिका र प्रमाणमा आधारित नीति निर्माण लगायतका विषयहरू समेटिएका थिए । अन्तर्क्रियापछि प्रतिष्ठानको तर्फबाट कार्यालय प्रबन्धक श्री लक्ष्मण भट्टराईले प्राध्यापक आचार्यलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

उपस्थितिः
प्रा डा अविदित आचार्य
अशोक पाण्डे
अस्विन पोख्रेल
डा कल्पना खनाल
डा गिरिराज शर्मा
गोपाल आचार्य
डा झम कुमार विश्वकर्मा
डा दीपक कुमार खड्का
दीपेन्द्र प्रसाद पन
बिमल चन्द्र शर्मा
डा भोगेन्द्र मिश्र
डा मनिता कुसी
डा मन्दिरा लामिछाने धिमाल
डा राजेन्द्र खनाल
राजेन्द्र सेन्चुरी
रिजा मानन्धर
लक्ष्मण प्रसाद भट्टराई
डा सबिन बसी
संजु कुमारी सरबरिया
डा हरि शर्मा न्यौपाने