जग्गा खण्डीकरण र बाँझो जग्गाका समस्या समाधान विषयमा राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानको सह-आयोजनामा नीति संवाद कार्यक्रम सम्पन्न

January 8, 2024

२०८० पौष २३

जग्गा खण्डीकरण र बाँझो जग्गाका समस्या समाधानका उपायहरू सुझाउन राष्ट्रिय योजना आयोगका मा. सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा एक समितिले अध्ययन गरिरहेको छ । सो अध्ययनलाई सहयोग पुर्‍याउनको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रतिष्ठान र राष्ट्रिय योजना आयोगको सह-आयोजनामा विषयविज्ञहरूको सहभागितामा एक नीति संवाद कार्यक्रम गरियो ।

कार्यक्रममा अध्ययन समितिका सदस्य भोजराज सापकोटा (सह-सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय) ले अध्ययनको सारांश र पृष्ठपोषणका लागि प्रश्नहरूसहितको एक प्रस्तुति दिनुभएपछि सहभागीहरूले आफ्ना सुझावहरू मौखिक र लिखित रूपमा समेत दिनुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण भट्टराईले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. दीपक कुमार खड्काले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा माननीय डा. जयकान्त राउतले प्राप्त सुझावहरूको महत्त्व र उपयोगिताबारे बोल्दै समापन मन्तव्य दिनुभएको थियो भने प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. हरि शर्मा न्यौपानेले सहभागीहरूलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले तीव्र गतिमा बढिरहेको भूमि खण्डीकरण र पछिल्लो समयमा देखा पर्न थालेको बाँझो जग्गाका समस्या समाधानका लागि राज्यका तर्फबाट नीतिगत, कानूनी, संरचनागत, योजना तथा कार्यक्रम र तिनका कार्यान्वयन विधि आदि विषयमा लिनुपर्ने पहलकदमीका सम्बन्धमा सुझावहरू दिनुभएको थियो ।

नीति अनुसन्धान प्रतिष्ठानले सहभागी विज्ञहरू र थप विज्ञहरूको सुझाव समेत सङ्कलित गरेर अध्ययन समितिलाई बुझाउने छ ।

सहभागीहरू
राष्ट्रिय योजना आयोग
o डा. जयकान्त राउत (मा. सदस्य, राष्ट्रिय योजना आयोग)
o भगवान अर्याल (सहसचिव, राष्ट्रिय योजना आयोग)
o निशा थापा राउत (कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोग)
o प्रीति सुवेदी (योजना अधिकृत, राष्ट्रिय योजना आयोग)

प्रतिनिधि तथा विज्ञहरू
o राजेन्द्र कोइराला (प्रदेश सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश)
o ई. गणेश राज वस्ती (प्रदेश सचिव, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश)
o भोजराज सापकोटा (सह-सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
o सुशिल चन्द्र आचार्य (सह-सचिव, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय)
o डा. राजेन्द्र प्रसाद मिश्र (सह-सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
o कुमार दाहाल (सह-सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
o चुर्ण बहादुर ओली (महानिर्देशक, जलस्रोत तथा सिंचाइ विभाग)
o डा. उमेश दाहाल (महानिर्देशक, पशु सेवा विभाग)
o गणेश प्रसाद भट्ट (सह-सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
o राम एकवाल दास (संरक्षण अधिकृत, वन तथा वातावरण मन्त्रालय)
o देव बहादुर बोगटी (सदस्य, राष्ट्रिय किसान आयोग)
o डा. राम नन्दन तिवारी (सदस्य सचिव, राष्ट्रिय किसान आयोग)
o जानुका ढकाल (विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण)
o नवराज प्याकुरेल (नायव विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण)
o वेद प्रसाद अर्याल (प्रवक्ता, भूमि व्यवस्था तथा अभिलेख विभाग)
o रामकृष्ण निरौला (महाप्रबन्धक, राष्ट्रिय आवास कम्पनी)
o सूर्य बहादुर कार्की (उप-प्रबन्धक, नगर विकास कोष)
o ओम धरानन्द राजोपाध्याय (आवास नीति विज्ञ, नगर विकास कोष)
o डा. विश्व विजय पराजुली (पूर्व कन्ट्री प्रतिनिधि, विश्व खाद्य कार्यक्रम)
o डा. सूर्यराज आचार्य (सदस्य, नेपाल विश्वविद्यालय विकास समिति)
o डा. कृष्ण पहारी (अध्यक्ष, नेपाल विकास अनुसन्धान प्रतिष्ठान)
o देवेन्द्र रमण खनाल (नायव प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक)
o धनेज थापा ( कार्यकारी निर्देशक, कन्सोर्टिएम फर ल्याण्ड रिसर्च एण्ड पोलिसी डाएलग)
o डा. अरुणा पालिखे (सर्वाङ्गिण विकास अध्ययन केन्द्र)
o नारायण अधिकारी (सञ्चारकर्मी)

नीति अनुसन्धान प्रतिष्ठान
o लक्ष्मण प्रसाद भट्टराई
o डा. दीपक कुमार खड्का
o डा. हरि शर्मा न्यौपाने
o डा. मुक्ति रिजाल
o डा. गिरिराज शर्मा
o राजेन्द्र सेन्चुरी
o अस्बिन पोखरेल
o सोनिया बस्याल
o सन्जोग सिंह कडायत
o उर्मिला कोजु