नेपालमा संरचनात्मक रूपान्तरणको लागि दोस्रो पुस्ताको सुधारसम्बन्धी अध्ययनबारे सार्वजनिक नीति संवाद कार्यक्रमको आयोजना

January 4, 2024

२०८० पौष १९

नीति अनुसन्धान प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधमा नेपालमा संरचनात्मक रूपान्तरणको लागि दोस्रो पुस्ताको सुधार सम्बन्धमा एक बृहत् अध्ययनलाई अघि बढाएको छ । यस अध्ययनमा निजी क्षेत्र, पूर्वाधार, उद्योग, व्यापार, वैदेशिक लगानी, विप्रेषण, वित्त, डिजिटल अर्थतन्त्र, कर, सहकारी, शासन प्रबन्ध र राजनीति, समन्यायिक आर्थिक विकास, जलवायु वित्त, शैक्षिक सुधार, आर्थिक कूटनीति, विकास प्रबन्ध, वित्तीय संघीयता र कृषि लगायतका क्षेत्रहरू छानिएका छन् । नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनालको संयोजकत्वमा विभिन्न क्षेत्रहरूका विज्ञहरूको एक अध्ययन टोली गठन भएको छ । यस टोलीका अध्ययनकर्ताहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका पदाधिकारीहरूको राय सुझाव लिन र आपसमा विचार आदानप्रदानको लागि नीति अनुसन्धान प्रतिष्ठानले एक सार्वजनिक नीति संवादको आयोजना गरेको छ ।

सो कार्यक्रममा अध्ययन टोलीका सदस्यहरूका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका पदाधिकारीहरू सहभागी हुनुभएको थियो । कार्यक्रममा अध्ययन टोलीका सदस्यहरूले नेपालमा दोस्रो पुस्ताको संरचनागत सुधारबारे र आफुले गर्ने अध्ययनको ढाँचा र अन्तर्वस्तुबारे आफ्ना योजना र विचार बाँड्नुभएको थियो । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका पदाधिकारीहरूले यस अध्ययनको सान्दर्भिकता, महत्त्व र अपेक्षाबारे बोल्नुभएको थियो ।

यस नीति संवादमा उजागर भएका मुख्य टिप्पणी तथा रायहरू यस प्रकार छन्:

  • यो अध्ययन १५औं आवधिक योजनाको समीक्षा एवं १६ औं आवधिक योजनाको तयारीका लागि समेत महत्त्वपूर्ण रहेको
  • सुशाशन, सामाजिक न्याय र आर्थिक विकासका लागि नेपालमा संरचनात्मक रूपान्तरणको अति आवश्यकता रहेको
  • अहिलेको नेपालको आर्थिक परिस्थिति अस्थिर रहेको अवस्थामा संरचनात्मक रूपान्तरणको निकै ठुलो आवश्यकता भएको
  • कमजोर निर्यात परिस्थिति, उच्च आयात, एवं अस्थिर सोधनांतर स्थितिले गर्दा अस्थिर बनेको अर्थतन्त्र सुधारका लागि आर्थिक एवं व्यावसायिक प्रतिफल सहितको पूर्वाधार विकास योजना र स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी संरचनात्मक रूपान्तरण आवश्यक
  • अव्यवस्थित विकास निर्माणका योजनामा र स्रोतसाधनको अनुपयोगी खर्च घटाई कम लगानीमा धेरै प्रतिफल दिने प्रभावकारी परियोजनाको लागि अध्ययन र तिनमा लगानी आवश्यक
  • नेपालको अर्थतन्त्रको सुधारका लागि संरचनात्मक रूपान्तरण आहिलेको प्रमुख आवश्यकता रहेको र निर्यात प्रवर्धन, आयात प्रतिस्थापन, निजी क्षेत्रको क्षमता अभिवृद्धि र उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नुका साथै निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने
  • राज्यको अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्रको संरचनात्मक रूपान्तरणको आवश्यकता रहेको 
  • नेपालले संसारभर आएको आर्थिक भूमण्डलीकरणको लहरलाई सदुपयोग गरेमा आर्थिक विकासमा टेवा पुग्ने । नेपाल निम्न मध्यम आयको पासोमा फसेको अवस्थामा वित्तीय क्षेत्रको संरचनात्मक सुधार गरी निजी क्षेत्रलाई सुदृढ बनाउनुपर्ने र यसका लागि गतिशील हिसाबले अन्य देशहरूसँग द्विपक्षीय एवं बहुपक्षीय सम्झौता अघि सार्नुपर्ने
  • नेपालले क्षेत्रीय व्यापारको पृष्ठभूमिमा आफ्नो प्रभावकारी सहभागिता सुनिश्चित गर्दै निर्यातलाई विविधीकरण एवं प्रवर्धन गर्न आवश्यक रहेको र राष्ट्रिय हित सुरक्षित गर्दै आयात प्रतिस्थापन गर्न संरचनात्मक रूपान्तरण आवश्यक रहेको
  • आहिलेको अवस्थामा मुलुकमा विद्यमान कर प्रणालीको संरचनात्मक रूपान्तरण एवं सुधार आवश्यक र यसका लागि राज्यको ध्यान उत्पादन प्रणाली, लगानीको क्षेत्र र निजी क्षेत्रको अर्थतन्त्रमा रहेको भूमिकामा आधारित भएर नीतिगत सुधार गर्नुपर्ने
  • प्रविधिको प्रयोग गरी स्रोतसाधनको अधिकतम उपयोग गर्न सुशाशन र सामाजिक न्यायको भूमिका
  • राज्यको केन्द्र भन्दा टाढाका प्रादेशिक एवं स्थानीय क्षेत्रहरू सुगम भइकन सुस्त गतिको विकास, सामाजिक असमानताको परिस्थिति र कुशासनले ग्रस्त हुनाको कारणबारे अनुसन्धान हुनुपर्ने
  • अहिलेको बदलिँदो भूराजनीतिक परिस्थितिमा बाह्य क्षेत्र प्रतिको दृष्टिकोण र कुटनीति प्रति नेपालले रूपान्तरण ल्याउन आवश्यक रहेको र नेपालले तुलनात्मक लाभ रहेका क्षेत्रमा अभिवृद्धि गर्नुपर्ने
  • राज्यले परिकल्पना गरेको समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि सहकारीको भूमिका उच्च रहेको र यस क्षेत्रमा विद्यमान विविध समस्याका समाधानको लागि संरचनात्मक रूपान्तरण आवश्यक रहेको
  • शिक्षालाई सार्वजनिक हित वा उपभोग्य वस्तु के हो र नेपालको शैक्षिक संस्थाको सान्दर्भिकताका के हो स्पष्ट पार्नुका साथै शिक्षा क्षेत्रमा स्पष्ट र प्रभावकारी सुधारको आवश्यकता
  • संरचनात्मक रूपान्तरणका लागि राजनीतिक सँस्थाहरूको रूपान्तरण, संविधानको संसोधन, नीतिगत संसोधन, कानुनी संसोधन तथा राज्यको प्रसाशनको रूपान्तरण आवश्यक रहेको र यसका साथै राजनीतिक सँस्थाहरूमा जवाफदेहिता र पारदर्शिता आवश्यक
  • नेपालको पुँजीबजारको संरचनात्मक रूपान्तरण, वैदेशिक लगानीसम्बन्धी कानून तथा नीतिहरूको संसोधन र विप्रेषणको विषयमा राय व्यक्त
  • आहिलेको प्रविधिको युगमा नेपालमा पनि सूचना तथा प्रविधिका साधन, डिजिटल नेपालको निर्माण प्रक्रियाका आयामहरू, संचार माध्यमको विस्तार तथा प्रभावकारिता एवं डिजिटल अर्थतन्त्रको नियमनका उपायहरूबारे अध्ययनका आधारमा सुधार हुन जरुरी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिले नीतिगत प्रभावसहितका सान्दर्भिक विषयमा अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याउदै अनुसन्धान गर्नुपर्ने विषयहरूको बारेमा मन्तव्य दिनुभएको थियो । वहाँले राष्ट्र विकासका लागि आवश्यक नीतिगत सुधारका लागि नीति अनुसन्धान संस्थान र सरकारबीच अझ बढी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

उपस्थिति

अतिथिहरू:

  • डा. रामकुमार फुँयाल (माननीय सदस्य, राष्ट्रिय योजना आयोग)
  • डा. प्रकाश कुमार श्रेष्ठ (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक)
  • डा. गोविन्दराज पोखरेल (वरिष्ठ क्षेत्रगत विज्ञ, नीति अनुसन्धान प्रतिष्ठान)
  • श्री बाबुराम सुवेदी (सहसचिव, अर्थ मन्त्रालयका)
  • प्रा. डा. अच्युत वाग्ले (प्राध्यापक, काठमाडौँ विश्वविद्यालय)
  • डा. विश्वास गौचन (कार्यकारी निर्देशक, आई.आई.डी.एस)
  • श्री चन्द्र घिमिरे (पूर्व सचिव)
  • डा. चन्द्रमणि अधिकारी (वरिष्ठ अर्थविद)
  • डा. सोहन कुमार साह (सदस्य, नीति तथा योजना आयोग, मधेश प्रदेश)
  • श्री मधुरमण आचार्य (पूर्व सचिव)
  • श्री गोपीनाथ मैनाली ((पूर्व सचिव)
  • डा. अमिना सिंह (सदस्य, नेपालका विश्वविद्यालय विकास बोर्ड)
  • डा. तिर्थ राज ढकाल (पूर्व सचिव)
  • श्री शारदा प्रसाद त्रिताल (पूर्व सचिव)
  • डा. नर बाहदुर थापा (पूर्व कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक)
  • डा. बाबुराम दवाडी (उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
  • श्री उमेश राज रिमाल (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
  • डा. संजय आचार्य (प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

नीति अनुसन्धान प्रतिष्ठान:

  • श्री लक्ष्मण प्रसाद भट्टरार्इ
  • डा. मुक्तिराम रिजाल
  • डा. खग नाथ अधिकारी
  • डा. हरि शर्मा न्यौपाने
  • डा. दीपक कुमार खड्का
  • डा. कल्पना खनाल
  • डा. झम कुमार विश्वकर्मा
  • श्री राजेन्द्र सेन्चुरी
  • श्री प्राञ्जल रिजाल
  • श्री अस्मिता रिजाल
  • श्री उर्मिला कोजु
  • श्री लक्ष्मी कँडेल